मंगलवार, भाद्र ३१, २०७६
    मुभी-थिएटर

    सलमानले गरे अक्षयलाई फोन, बलिउडको दुई प्रतिक्षित चलचित्र एक साथ भिड्ने

    बुधबार, १८ बैशाख २०७६, आहाखबर

    काठमाडौँ बैशाख १८, ।

    बलिउडको दुई बहु प्रतिक्षित चलचित्र ‘सुर्यवंशी’ र ‘इन्शाअल्ला’ एक साथ भिडने भएपछि सलमान खानले अक्षय कुमारलाई फोन गरेर एकैसाथ रिलिज हुन नदिने बताएका छन् । सन् २०२०मा सलमान खानले नयाँ चलचित्र घोषणा गर्न नभ्याउदै अक्षय कुमारले ‘सुर्यवंशी’को रिलिज मिति पक्का गरेपनि यस विषयमा कुराकानी गर्न फोन गरेका थिए । किनभने सलमानको लागी इदको समय आफ्नो नयाँ फिल्म रिलिज मिति हो । त्यसैले उनले प्रत्येक वर्ष निरन्तर रुपमा इदमा नयाँ फिल्म रिलिज गदै आइराखेका छन् । भारतीय मिडियाका अनुसार सलमान खान आफ्नो रिलिज मितीमा अक्षय कुमारको फिल्म एकसाथ रिलिज नगर्ने पक्षमा रहेका छन् ।

    त्यस्तै केही समय अगाडि अभिनेत्री कट्रिना कैफले पनि सलमानले अक्षय कुमारलाई एकदमै माया गर्ने भएकाले यी दुवैको फिल्म एकसाथ रिलिज नहुने बताएकी छिन् । अक्षय कुमार चलचित्र ‘सुर्यवंशी’मा एक प्रहरीको भूमिका देखिदै छन् । यस फिल्मको रोहित सेट्ठीले निर्देशन गर्दै छन् । यता चलचित्र इन्शाअल्लामा सलमान र आलियाको लभ स्टारी हेर्न पाइने छ । जसको सञ्जयलीला भन्सालीले निर्देशन गर्दै छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast