परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर# गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट #आहा खबर# नगद लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या, अभियुक्तको खोजी शुरु #आहा खबर# ३३ करोडको लागतमा बन्ने भयो जाजरकोटमा आधुनिक अस्पताल #आहा खबर# नरैनापुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजदेखि शुरु #आहा खबर#
    स्वास्थ्य

    स्वास्थ्यचौकीमा कार्यरत अनमी नै उच्च रक्तस्रावको चपेटामा

    मंगलवार, १७ बैशाख २०७६, आहाखबर

    हुम्ला, १७ वैशाख

    चंखेली गाउँपालिका वडा नं ६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली गए राति २ बजेदेखि उच्च रक्तस्रावले थला पर्नुभएको छ । 

    दाङ, घोराही उपमहानगरपालिका १५ स्थायी घर हुनुभएका ३५ वर्षीय अनमी नेपाली अत्यधिक रक्तस्रावले थला परेको हुनाले उद्धारका लागि गृह मन्त्रालयमा हेलिकप्टरका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिनुभयो ।

    तीन महिना पहिले गर्भ खसेपछि औषधि गरेर आउनुभएका नेपाली रातिदेखि बिरामी भएर स्वास्थ्यचौकीमा छट्पटाइरहेको मेल्छाम स्वास्थ्यचौकीकी अनमी बेलसरा बुढाले जानकारी दिनुभयो । 

    अनमी नेपाली रातिदेखि छट्पटाइरहेको खबर पाउनासाथ उद्धारका लागि पहल गरिएको ढकालले जानकारी दिनुभयो । नेपाली सेनाको हेलिकप्टर काठमाडौँबाट आउने तयारी भइरहेको  जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो । बिरामी नेपालीलाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा लगिने जनाइएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast