आईतवार, असोज ५, २०७६
    मुभी-थिएटर

    बलिउडका चर्चित अभिनेता रणबीर कपुर र अभिनेत्री आलिया भट्ट ‘लिभिङ टुगेदर’मा बस्दै

    मंगलवार, १७ बैशाख २०७६, आहाखबर

    काठमाडौँ,  १७ वैशाख 

    विवाहको कारण अहिले बलिउडका चर्चित अभिनेता रणबीर कपुर र अभिनेत्री आलिया भट्ट निकै चर्चामा छन् । 

    फिल्म ब्रम्हास्त्रको शुटिङको क्रममा नजिकिएका यी जोडीले गोप्य इनगेजमेन्ट गरेको खबर पनि बाहिर आएको थियो । त्यसका साथै रणबीरको बुबा ऋषि कपुरले पनि आफ्नो छोराको लागी आलिया राम्रो रहेको बताएका थिए । त्यस्तै उनले रणबीरको आमाले पनि आलियालाई मन पराएको बताए ।

    पछिल्लो समय विवाहको हल्ला चलेको आलिया र रणबीर कपूर लिभिङ टुगेदर’मा बस्ने भएका छन् । रणबीरको आमा नितुको अनुसार विवाहको लागी एकअर्कालाई बुझ्न थप जरुरी रहेकाले लिभिङ टुगेदर’मा बस्न सुझाव दिएकी हुन् । त्यसैले उनीहरु अब छिट्टै लिभिङ टुगेदर’मा बस्ने उनले बताइन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast