सोमबार, फागुन ५, २०७६
    खेल संसार

    'IPL'को २ खेल : पहिलो खेलमा सन्दीपको टिम दिल्ली र बैंग्लाेर भिड्दै

    आईतवार, १५ बैशाख २०७६, आहाखबर

    काठमाडौँ, १५ वैशाख ।

    इन्डियन प्रिमिएर लिग (आईपीएल) मा आइतबार दुई खेल हुँदैछन् ।

    पहिलो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लाेर तथा दोस्रो खेलमा कोलकात्ता नाईट राइडर्स र मुम्बई इन्डियन्स भिड्ने छन् ।

    अपरान्ह ४ बजेर १५ मिनेटमा हुने पहिलो खेलमा अंकतालिकामा तेस्रो स्थानमा रहेको दिल्ली र आठाैँ स्थानमा रहेको बैंग्लाेरबिच प्रतिस्पर्धा हुन लागेको हो ।

    हालसम्म खेलेका ११ खेलमध्ये सातमा जित निकालेको दिल्लीको १४ अंक छ। यस्तै ११ खेलमा ४ खेल मात्रै जितेको बैंग्लाेरको जम्मा ८ अंक छ। प्लेअफको सम्भावना कायमै राख्न बैंग्लाेरका लागि जित अनिवार्य छ ।

    दोस्रो खेल कोलकात्ता र मुम्बईबिच बेलुका ८ बजेर १५ मिनेटमा हुनेछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast