प्रधानमन्त्रीलाई मारिदिन्छु भन्दै सामाजिक सञ्‍जालमा टिप्पणी गर्ने १ जना पक्राउ #आहा खबर# “काफल बेचेर कमाएको पैसाले हामी कापीकलम किन्ने र नास्ता खाने गर्दछौँ” #आहा खबर# शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी, नेप्से ९ अंकले घटेर १ हजार ३ सय ७ अङ्कमा थामियो #आहा खबर# देउवाले गठन गरे छायाँ सरकार, कसलाई कुन मन्त्रालय ? #आहा खबर# ७५ आरोही सगरमाथाको चुचुरोमा, कामिरिता २४औ आरोहण #आहा खबर# प्रधानमन्त्री ओलीद्वारा अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सँगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर#

    aahakhabar

    अावास-निर्माण

    सबै निदाएका बेला त्रिभुवन विमानस्थलमा चहलपहल ! सुधार काम धमाधम [फोटोफिचर]

    बुधबार, ११ बैशाख २०७६, आहाखबर

    काठमाडौं, ११ वैशाख ।

    नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग 'रिह्याब्लिटेसन' (सुधार)को काम राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल नै बन्द गरेर भइरहेको छ । 

    सुरुको चरणमा धावनमार्गको मध्यभागमा रहेका कमजोर भागहरु कुल मिलिङ मेसिनले १० सेन्टिमीटर उप्काउन सुरु गर्छ ।

    मिलिङ मेसिनले उप्काएको पीचबाट निस्केका गेग्रान सिधै टिपरमा हालिन्छ । यहाँ चारवटा मिलिङ मेसिनले धावनमार्गको मध्यभाग दायाँ १० मिटर र बायाँ १० मिटर धमाधम पीच उप्काउँदै गेग्रान टिपरमा भर्छन् ।  एउटा टिपर गेग्रानले भरिने वित्तिकै अर्को स्ट्याण्ड बाइ रहन्छ। मिलिङ मेसिनको अलि पर पुरानो पीच उप्काएको ठाउँमा बडार्ने काम पनि भइरहेको छ ।

    टिपरबाट झरेका गेग्रान सफा गर्न नेपाली कामदार सावेल लिएर पन्छ्याइरहेका छन् । ट्रिपर र कुलिङ मेसिन संचालनका लागि अपरेटरलाई १० जनाभन्दा बढी प्राविधिकले निर्देशन दिइरहेका छन् भने १० जना भन्दा बढी प्राविधिक पुरानो पीच उप्काएको ठाउँको टिपोट र नाप लिइरहेका छन् ।

    बर्खा सुरु हुनु अगावै धावनमार्ग सुधारको काम सक्ने लक्ष्य चिनियाँ निर्माण कम्पनी एभीआईसीले राखेको छ ।

    यसअघि श्रीलंका, लाइवेरिया, अस्ट्रेलिया लगायतका देशमा रिह्याविलिटेसनको काम गरिसकेकोले नेपालमा काम गर्न धेरै सजिलो भएको कामदारको भनाई छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast