प्रधानमन्त्री ओलीद्वारा अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर# संविधानविपरित संसदमै मृत्युदण्डको माग #आहा खबर# प्रतिनिधिसभामा आज - नर्स र शिक्षकको मागदेखि सांसदको क्षमायाचनासम्म #आहा खबर# ज्येष्ठ नागरिकलाई घरदैलोमै निःशुल्क स्वास्थ्योपचार सेवा #आहा खबर# पुर्पुरोमा हात राख्नुपर्ने दिन गए : मुख्यमन्त्री राई #आहा खबर# जुनार किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार #आहा खबर#

    aahakhabar

    स्वाद/परिकार

    काँक्रो, आलु र केराउको मिक्स अचार बनाउने तरिका

    सोमबार, ९ बैशाख २०७६, आहाखबर

    काठमाडौँ, ९ वैशाख

    अचार नेपाली खानामा पर्ने एक परिकार हो । अचार ताजा तथा गलौटा गरी विभिन्न वर्गमा विभाजित गर्न सकिन्छ । अचार प्रायः पिरो , अमिलो या तिखो स्वादको हुन्छ । कहिले काहीँ यसलाई चटनी भन्ने पनि गरिन्छ। काँक्रो, आलु र केराउको मिक्स अचार नेपाली समाजमा लोकप्रिय हुँदै गईरहेको छ । 

    अचार बनाउने तरिका: 

    आवश्यक सामग्री 

    काँक्रो, उसिनेको आलु, हरियो केराउ
    भुटेको रातो खुर्सानी, अदुवा, लसुन, हरियो खुर्सानी
    नुन, बेसार, भुटेर पिसेको तिल, कागती
    भुटेको जिरा, तेल, मेथी, धनियाँको दाना

    विधि :

    सुरुमा भुटेको जिरा, धनियाँको दाना र खुर्सानी पिस्ने ।
    त्यसमा लसुन र अदुवा पनि थिचेर पेस्ट बनाउने ।
    एउटा भाँडोमा आलु, काँक्रो, केराउ राख्ने र ती माथी हरियो खुर्सानी, तिल, अघि पिसेको मसला, नुन, कागती राख्ने र एकछिन यत्तिकै छोडिदिने ।

    अब एउटा प्यानमा तेल तताउने र त्यसमा मेथी फुराउने ।
    त्यो तेललाई अचारमा झानिदिने र राम्रोसंग मिक्स गर्ने, अनि अचार खानको लागि तयार भयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast