मंगलवार, भाद्र ३१, २०७६
    मुभी-थिएटर

    लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको आज ६९औं जन्मदिन

    शुक्रबार, ६ बैशाख २०७६, आहाखबर

    काठमाडौं, ६ वैशाख । 

    लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको आज जन्मदिन । १९५० अप्रिल १९ का दिन उनको जन्म काठमाडौंमा भएको हो । यस आधारमा उनी आज आफ्नो ६९औं जन्मदिन मनाउँदैछन् ।

    एक वर्षअघि मात्र कलाकार श्रेष्ठले श्रीमती यशोदा श्रेष्ठ गुमाएका थिए । उनका यमन श्रेष्ठ र सराना श्रेष्ठ गरी दुई सन्तान छन् । नेपाली कलाकारितामा सर्वप्रिय व्यक्तित्वको छवि बनाएका श्रेष्ठ ‘मह’ जोडीको ‘म’ हुन् । उनी र हरिवंश आचार्यले पाँच दशकदेखि जोडी बनेर नेपाली कलाकारितामा आफ्नो योगदान दिइरहेका छन् ।

    रंगमञ्च, टेलिफिल्म, फिल्म, गीत संगीतका साथै साहित्य लेखनमा पनि मदनकृष्ण अब्बल नै छन् । उनी जति राम्रो अभिनय गर्छन् त्यो भन्दा मिठो उनको स्वर छ । नेपाली सुगम संगीत र नेवारी भाषाको गीतमा मदनकृष्ण लोकप्रिय छन् ।

    उमेरले सात दशक लाग्न खोज्दा पनि फाट्टफुटबाहेक उनी सधैं जवान नै देखिन्छन् । मुटुरोगबाट पीडित कलाकार श्रेष्ठ अहिले आफ्नो नयाँ चलचित्र ‘दाल भात तरकारी’ को प्रोमोसनमा जिल्ला दौडाहमा छन् । कलाकार श्रेष्ठ समाजसेवीका रूपमा पनि परिचित छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast