शनिबार, मंसिर २१, २०७६
    स्वाद/परिकार

    यसरी बनाउन सकिन्छ स्वादिष्ट ‘साँधेको चाउमिन’

    बिहिवार, ५ बैशाख २०७६, आहाखबर

    काठमाडौं, ५ वैशाख । 

    नुडल्स मध्ये चाउमिन बनाउन सजिलो, खाँदा मिठो र पाहुनालाई पस्किनको लागि पनि उपयुक्त हुन्छ । रेष्टुरेन्टको मेनुमा अत्यधिक रोजाइमा पर्ने यो परिकार घरमा पनि सजिलो तरिकाले पकाउन सकिन्छ । यहाँ साँधेको चाउमिन बनाउने तरिकाको चर्चा गरिएको छ ।

     

    आवश्यक सामग्री

    चाउमिन, टमाटर, प्याज, गाँजर, क्याप्सिकम

    रातो धुलो खुर्सानी, नुन, टमाटर सस, सोया सस

     

    विधि

    एउटा भाँडोमा पानी बसाल्ने ।

    त्यो पानी उमालिसकेपछि त्यसमा चाउमिन राखेर उमाल्ने ।

    चाउमिन दुई मिनेटसम्म उमाल्ने र एउटा जालीले छान्दै चाउमिन निकाल्ने ।

    चाउमिनमा थोरै तेल राखेर चलाउने, यसो गर्दा चाउमिन डल्लो पर्दैन ।

    अब एउटा प्यानमा तेल तताउने ।

    त्यसपछि चाउमिन राखेर चलाउँदै एकछिन पकाउने ।

    अब चाउमिनलाई एउटा भाँडोमा राख्ने र त्यसमाथि प्याज, टमाटर, क्याप्सिकम, नुन, सस, खुर्सानी राख्ने ।

    त्यसलाई काँटा चम्चाले राम्रो संग चलाउने ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast