रसुवागढी सुरुङ मार्गमा सुख्खा पहिरो, १५ कामदार थुनिए, आफैं बाहिर आउन सक्ने अवस्था छैन #आहा खबर# प्रहरीसँगको भिडन्तमा मारिएका 'विप्लव नेता' कुमार पौडेल को हुन् ? #आहा खबर# जापानमा ट्रम्प र पुृटिनबीच बहुप्रतिक्षित भेट हुँदै #आहा खबर# किन आउँछ बारम्बार अमिलो डकार ? यस्तो छ कारण #आहा खबर# विश्वकप क्रिकेट : डेभिड वार्नरको सानदार 'कमब्याक', विश्वकपमा कीर्तिमानी ब्याटिङ #आहा खबर# ४१ चेपाङ बालबालिकाको चितवनमा यसरी गरियो उद्धार #आहा खबर# सहकारी संस्था स्थापना गरी ठगी गर्ने जेल चलान #आहा खबर# अलपत्र परेको मेलम्चीको काम पुनःशुरु, ‘भेन्टिलेसन साफ्ट’को काम हुँदै #आहा खबर# न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा #आहा खबर# १० महिनामा ५५ अर्बको शेयर सूचीकृत, पुनरकर्जाको उपयोग बढ्यो, नेप्सेमा ६ अङ्कको बृद्धि #आहा खबर# विभिन्न शीर्षकमाथि विनियोजन विधेयकमा खर्च कटौतीका ५ प्रस्ताव #आहा खबर# इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि #आहा खबर# सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते #आहा खबर# संवेदनशील पारमाणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति नदिइने #आहा खबर# सर्लाहीमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए #आहा खबर#
    शेयर बजार

    नयाँ वर्षलाई शेयर बजारको स्वागत, ४ अङ्कले बढ्यो

    सोमबार, २ बैशाख २०७६, आहाखबर

    काठमाडौँ, २ बैशाख

    नयाँ वर्षको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्यमा ४.७ विन्दुले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक करीब पाँच अङ्कले वृद्धि भई एक हजार १८८.७१ विन्दुमा पुगेको छ ।

    ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सन्सेटिभ परिसूचक १.१३ विन्दुले बढेर २५४.७७ विन्दुमा पुगेको छ । आज कूल १६५ कम्पनीको नौ लाख ६४ हजार ५९८ कित्ता शेयर रु ३० करोड ४५ लाख ७६ हजार ७८२ मूल्यमा खरीद बिक्री भएको छ । स्टकका अनुसार कारोवार भएका कूल दश उपसमूहमध्ये आज चार उपसमूहको शेयर घटेको छ भने छ उपसमूहको शेयर भने बढेको छ । जलविद्युत् ५.३२, वित्त २.०१, अन्य ५.२८ र जीवन बीमा ११.२५ विन्दुले घटेको छ ।

    यस्तै बैंकिङ ५.८९, होटल २२.४९, विकास बैंक ४.१३, निर्जीवन बीमा ६.९५, उत्पादन १०.३५, लघुवित्त ४२.४४ विन्दुले बढेको छ । स्टकका अनुसार नेको इस्योरेन्स कम्पनीको कारोवार आज सबैभन्दा बढी भएको छ । सो कम्पनीको रु दुई करोड ७५ लाख ५० हजार २०१, कुमारी बैंक रु एक करोड ९७ लाख ३८ हजार १८०, एनआइसी एशिया बैंक रु एक करोड ८३ लाख ४८ हजार ४६८, एभरेष्ट इन्स्योरेन्स कम्पनी रु एक करोड ६८ लाख ८५ हजार ९७७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

    स्टकका अनुसार आज इभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ७.५६ प्रतिशतले बढेको छ । साना किसान विकास बैंकको ६.४५, डिप्रोक्स लघुवित्त वित्तीय संस्था ६.२४, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था ६.०४, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.९३ प्रतिशतले कमाएका छन् ।

    यस्तै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले ६.८९, नाडेप लघुवित्त वित्तीय संस्था ४.४४, विजय लघुवित्त वित्तीय संस्था ४.२१, खानीखोला हाइड्रोपावर कम्पनीका शेयरधनीले ३.८४ गुमाएका छन् । ​

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast