जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर# सञ्जय दत्तकी छोरी त्रिशालाको फोटो इन्टरनेटमा भयो भाइरल ! #आहा खबर# खेलकूदको विकासका लागि विशेष पहल आवश्यक : राष्ट्रपति भण्डारी #आहा खबर# भारतमा दोस्रो चरणको लोकसभा निर्वाचन : शान्तिपूर्णरूपमा ६१ % मत खस्यो #आहा खबर#
    आर्थिक खबर

    'सरकार भनेको एक हातले अनुदान दिने हो, अर्काेले कर लगाउने हो'

    सोमबार, २ बैशाख २०७६, आहाखबर

    चितवन, २ वैशाख

    अर्थमन्त्री डा युवराज खतिवडाले व्यवसायीले मै खाउँ मै लाउँ नभनी हामीले खाउँ हामीले लाऔँ भन्ने भावनाका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले सरकार अनुदान दिने कुरामा भने धेरै लचिलो हुन नसक्ने बताउनुभयो । उद्योगलाई अत्याधिक अनुदान दिने पक्षमा सरकार नरहेको बताउँदै उहाँले भन्नुभयो, “अनुदान दिनु भनेको कसै न कसैलाई कर लगाउनु हो, सरकार भनेको एक हातले अनुदान दिने हो, अर्काे हातले कर लगाउने हो । सरकारसँगै स्रोतको सिर्जना केही पनि हुँदैन । तपाईंहरुको स्रोत हो, तपाईंहरुले नै प्राप्त गर्ने हो ।”

    उहाँले सरकार निजी क्षेत्रसँग काम गर्न तयार रहेको बताउनुभएको छ । नेपाल सरकार, नेपाल उद्योग परिसङ्घ र चितवन उद्योग सङ्घले आज यहाँ आयोजना गरेको प्रदेश नं ३ गण्डकी प्रदेश र प्रदेश नं ५ का उद्यमीबीच पूर्वबजेट छलफल एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी पाँच वर्षमा ५५ प्रतिशत लगानी निजी क्षेत्रबाट आओस् भन्ने सरकारले चाहेको बताउनुभयो ।

    उद्योगी व्यवसायीका धेरै समस्या हल हुँदै गएको बताउँदै उहाँले कतिपय समाधान हुने दिशातर्फ अगाडि बढ्को बताउनुभयो । उहाँले भन्नुभयो, “औद्योगिक वातावरण तयार हुने धेरै ऐन कानून बनिसकेका छन्, कतिपय बन्ने चरणमा छन् । केही समयपछि सबै समस्या समाधान हुनेछन् ।”

    सरकारले औद्योगिक सुरक्षा बलको व्यवस्था गर्ने बताउँदै उहाँले त्यसमा केही भाग लागत सहभागिता निजी क्षेत्रको पनि हुनुपर्ने बताउनुभयो । कतिपय जिल्लामा राज्यविरोधी र विध्वंसात्मक गतिविधि भइरहेको बताउँदै उहाँले विदेशी लगानीकर्तालाई तर्साउने खालका गतिविधि पनि भएको बताउनुभयो । सरकार औद्योगिक सुरक्षा दिन तयार रहेको उहाँको भनाइ थियो । 

    तयारी वस्तुभन्दा कच्चा पदार्थ आयातमा महङ्गो भन्सार शुल्क रहेको व्यवसायीको गुनासोलाई सम्बोधन गर्दै उहाँले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताउनुभयो । बैंकमा लगानीयोग्य रकमको अभाव रहेको बताउँदै उहाँले बैंकको ब्याजदर स्थिर बनाउन सरकार लागेको बताउनुभयो । 

    सो अवसरमा अर्थ मन्त्रालयका राजश्व सचिव लालशङ्कर घिमिरेले उद्योग व्यवसायको विस्तार होस् भन्ने सरकारको चाहना रहेको बताउनुभयो । उहाँँले भन्नुभयो, “उद्योग, व्यापार, व्यवसायलाई उत्प्रेरित गर्न अर्थ मन्त्रालय तयार छ ।” उहाँले सरकारले विभिन्न शीर्षकमा रु १ दशमलब २५ खर्बभन्दा बढी छुट दिएको पनि बताउनुभयो ।  

    नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले कच्चा पदार्थको भन्सार महङ्गो तर तयारी वस्तुको भन्सार सस्तो हुँदा धेरै उद्योग समस्यामा रहेको बताउनुभयो । 

    उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडीको सभापतित्वमा भएको कार्यक्रममा परिसङ्घ ३ नं प्रदेशका संयोजक ऋषिराम घिमिरे, परिसङ्घ गण्डकी प्रदेश अध्यक्ष विनोद न्यौपाने, चितनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतसहित विभिन्न वस्तुगत सङ्घका केन्द्रीय पदाधिकारी, उद्योग सङ्घका जिल्ला अध्यक्षले आगामी बजेटका लागि सुझावसहितको मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा तीनवटै प्रदेशका परिसङ्घको प्रदेश समिति र उद्योग सङ्घका जिल्लाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      प्रदेश ३ का मुख्यमन्त्रीद्वारा हावाहुरी पीडितलाई १ करोड सहयोग
      शिक्षक र स्वास्थ्यकर्मीका गुनासा : तलब छैन, तनाव मात्रै
      सातै प्रदेशमा : आजदेखि विदेशबाट फर्किएकाको सीप परीक्षण
      'सरकार भनेको एक हातले अनुदान दिने हो, अर्काेले कर लगाउने हो'
      फालेलुङमा चौँरी महोत्सव, चौँरीपालकको पृथक नृत्य विशेष आकर्षण
      हिमाल आरोहणबाट रु ४५ करोड बढी रोयल्टी सङ्कलन
      जब मन्त्रीज्यूले भन्नुभयो - के भनौँ र खै ! तिमी हाँस है, मै बसौँला रोई !
      भारत र बंगलादेशपछि दक्षिण एसियामा नेपालको आर्थिक वृद्धिदर उच्च हुने
      प्रदेश नं ३ सरकारले लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन गर्दै
      अछाम महोत्सवमा ४० लाखको कारोवार
      यी हुन् विश्वका सबैभन्दा धनी ७ महिला, कसरी पुगे त्यहाँसम्म ?
      विद्युत् सर्ट हुँदा छापाखानामा आगलागी, ३० लाखको क्षति
      लालीगुराँस फूलको सदुपयोग नहुँदा लाखौँ रुपैयाँ नोक्सान
      ग्यासको अभाव हुने सम्भावना, देशभरका उद्योग बन्द गर्दै ग्यास व्यवसायी
      गाउँपालिकाको काम राम-राम ! विकासलाई थातिराखि 'विन्दास' गाडीको सवारी
      धनाढ्य भारतीयहरू : दानदातव्यमा पछाडि, कारोबारमा अब्बल
      नेपाल बारको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ र महासचिवमा लीलामणि पौडेल विजयी
      किसानलाई अनुदानै अनुदान, जीबनस्तर उकासियला ?
      हेटौँडा उपमहानगरको आन्तरिक आय १५ प्रतिशतले वृद्धि
      झापाका स्थानीय तहबाट बारामा २३ लाख राहत प्रदान
      आँधिबेहरी प्रभावित क्षेत्रमा भारतद्वारा राहत वितरण
      राष्ट्रिय विकास परिषद् बैठक : आर्थिक वृद्धिले असमानता नहुने गरी योजना निर्माण
      अर्थतन्त्रका सूचक सकारात्मक, आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण
      लगानी सम्मेलनमा सीएमइसी ! खानेपानी, सडक र तमोरमा प्रस्ताव
      त्रियुगा नदीक्षेत्रको ६८ बिघामा वृहत औद्योगिक ग्राम परियोजना शुरु
      राष्ट्रिय विकास परिषद् बैठक : प्रतिव्यक्ति आय १२ हजार ५ सय डलर पुर्याउने मार्गचित्र
      नेपालको पानी कतारमा बेच्न सिंहदरबारमा यस्तो प्लान !
      पन्ध्रौँ योजनाले अन्तिम रुप पाउँदैः प्रतिव्यक्ति आय १२ हजार ५ सय डलर पुर्याउने
      राजश्व कार्यालय भरतपुरद्धारा २७ करदाताको सम्पत्ति रोक्काको तयारी
      हावाहुरी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले १ करोड राहत दिने
      Weather Forecast