रसुवागढी सुरुङ मार्गमा सुख्खा पहिरो, १५ कामदार थुनिए, आफैं बाहिर आउन सक्ने अवस्था छैन #आहा खबर# प्रहरीसँगको भिडन्तमा मारिएका 'विप्लव नेता' कुमार पौडेल को हुन् ? #आहा खबर# जापानमा ट्रम्प र पुृटिनबीच बहुप्रतिक्षित भेट हुँदै #आहा खबर# किन आउँछ बारम्बार अमिलो डकार ? यस्तो छ कारण #आहा खबर# विश्वकप क्रिकेट : डेभिड वार्नरको सानदार 'कमब्याक', विश्वकपमा कीर्तिमानी ब्याटिङ #आहा खबर# ४१ चेपाङ बालबालिकाको चितवनमा यसरी गरियो उद्धार #आहा खबर# सहकारी संस्था स्थापना गरी ठगी गर्ने जेल चलान #आहा खबर# अलपत्र परेको मेलम्चीको काम पुनःशुरु, ‘भेन्टिलेसन साफ्ट’को काम हुँदै #आहा खबर# न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा #आहा खबर# १० महिनामा ५५ अर्बको शेयर सूचीकृत, पुनरकर्जाको उपयोग बढ्यो, नेप्सेमा ६ अङ्कको बृद्धि #आहा खबर# विभिन्न शीर्षकमाथि विनियोजन विधेयकमा खर्च कटौतीका ५ प्रस्ताव #आहा खबर# इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि #आहा खबर# सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते #आहा खबर# संवेदनशील पारमाणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति नदिइने #आहा खबर# सर्लाहीमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए #आहा खबर#
    कृषि-उर्जा

    आशा गरेको भन्दा दोब्बर नाफामा विद्युत प्राधिकरण, कुलमानलाई राहत

    सोमबार, २ बैशाख २०७६, आहाखबर

    काठमाडौँ, २ वैशाख

    यस पटक नेपाल विद्युत प्राधिकरण नाफामा गएको छ । लोडसेडिङको अन्त्यसँगै प्राधिकरणले खुद नाफा कमाएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ ।

    प्राधिकरणले गत आर्थिक वर्ष २०७४\७५ मा मात्रै २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत भदौमा आर्थिक वर्ष २०७४\७५ मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने अनुमान प्राधिकरणको थियो । तर अनुमान गरिएभन्दा बढि २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ नाफा देखिएको हो ।

    यता, कार्यकारी निर्देशक कुलमान घिसिङलाई अनियमितताको आरोप लागेको थियो । महालेखाको प्रतिवेदनले अनियमितता नभएको देखाएको छ । यसले घिसिङलाई राहत मिलेको छ । २०७३ भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो ।

    प्राधिकरणको दीर्घकालीन दायित्व १ खर्ब २० अर्ब ९५ करोड ४३ लाख र चालु दायित्व ८४ अर्ब ७७ करोड ८० लाख समेत गरी कुल पुँजी तथा दायित्व २ खर्ब ८४ अर्ब ५७ करोड २१ लाख रुपैयाँ छ । अचल सम्पत्तितर्फ स्थिर सम्पत्ति १ खर्ब १२ अर्ब ९८ करोड, निर्माणाधीन सम्पत्ति ७७ अर्ब ६१ करोड तथा लगानी २९ अर्ब ९४ करोड समेत २ खर्ब २० अर्ब ५३ करोड ३० लाख र चालु सम्पत्ति ६४ अर्ब ३ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

    गत वर्ष १ अर्ब ४६ करोड ७३ लाख रहेकोमा यस वर्ष २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ । प्राधिकरणले गत आर्थिक वर्षमा विद्युत चुहावट २०.४५ मा झारेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast