भागेर बिहे गरेका कारण १ घण्टा कुखुरा बनि भोग्नु पर्यो सजाय (भिडियो सहित) #आहा खबर# प्रदेश नं ३ मा लगानी भित्र्याउन चितवनमा बृहत् सम्मेलन #आहा खबर# याद राख्नुहोस्, बिहिवार भुलेर पनि यी काम गर्दा हुनसक्छ ठुलो दुर्घटना ! #आहा खबर# नेपाल भ्रमण वर्ष २०२० - सगरमाथाको चुचुरोमा झन्डा फहराउने लक्ष्य #आहा खबर# लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको आज ६९औं जन्मदिन #आहा खबर# समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर#
    बिदेश

    पुटिन र किमबीच पूर्वी रुसमा भेटवार्ताको तयारी

    सोमबार, २ बैशाख २०७६, आहाखबर

    सियोल, २ बैशाख

    उत्तर कोरियाली नेता किम जोङ–अनले अर्को साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पूर्वी रुसमा भेटवार्ता गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् । 

    चीनमा आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेक्रममा रुसको पूर्वी क्षेत्रको भ्रमणमा आउन लाग्नुभएका रुसी राष्ट्रपति पुटिनसँग किमले भेटवार्ता गर्ने सम्भावना छ । 

    स्रोतले योनहापलाई भनेको छ, “रुसी राष्ट्रपति पुटिन अप्रिल २४ मा रुसको पूर्वी क्षेत्रको भ्रमणमा आउँदै हुनुहुन्छ । त्यही समयमा दुबै नेताबीच रुसमै भेटवार्ता हुने सम्भावना छ ।”

    राष्ट्रपति पुटिन आगामी अप्रिल २६–२७ मा बेइजिङमा आयोजना हुने “वान बेल्ट, वान रोड” अर्थात् बिआरआईको सम्मेलनमा सहभागी हुनुहुनेछ । 

    मस्कोले कोरियाली नेतासँगको भेटवार्ताका बारेमा केही बताएको छैन, तर रुसको सरकारी समाचार संस्था तासले मार्चमा प्रकाशन गरेको एक समाचारमा क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै मस्को र प्योङयाङबीच किमको भ्रमणका विषयमा छलफल भइरहेको जनाएको थियो । ती प्रवक्ताले जतिसक्दो चाँडो किमसँगको भेटवार्ताका बारेमा निर्णय लिइने बताएका थिए ।

    दुबै देशका नेताबीचको भेटवार्ताकै सन्दर्भमा दुबै देशका वरिष्ट कुटनीतिक अधिकारीहरुको भेटघाट पछिल्ला दिनमा बाक्लिएको छ । 

    किम जोङ–अनका अति निकट ठानिएका किम चाङ–सोनले गन मार्च १९ देखि २५ सम्म मस्को र भ्लाडिभोस्टकको भ्रमण गर्नुभएको थियो । नेता किमको विदेश भ्रमणका सन्दर्भमा सम्पूर्ण तयारीको जिम्मेवारी किम चाङले हेर्ने गर्नुभएको छ ।

    यसै महिनाको शुरुमा रुसी गृहमन्त्री भ्लादिमिर कोलोकोच्सेभले प्योङयाङको भ्रमण गर्नुभएको थियो । पुटिनले गत वर्ष मे महिनामै नेता किमलाई रुस भ्रमणको निम्ता दिनुभएको थियो, तर भ्रमण हुन सकेको थिएन ।

    उत्तर कोरियाले नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत फेब्रुअरीको भियतनामको हनोईमा सम्पन्न वार्ता बिफल भएसँगै रुससँगको सम्बन्ध विस्तारमा विशेष ध्यान दिएको छ । 

    नेता किमले गत वर्षयता नै चीनको चार पटक भ्रमण गरिसक्नु भएको छ । तर सन् २०११ मा सत्तामा आएपछि नेता किमले रुसको भ्रमण गर्नुभएको छैन । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      अष्ट्रेलियाद्वारा अध्यागमन र पीआर आवेदन दिने नीतिमा परिवर्तन
      इन्डोनेसियामा चुनाव सम्पन्न, कडा प्रतिस्पर्धाको सम्भावना
      यमन गृहयुद्धमा साउदीको समेत हात ? ट्रम्पले लगाए 'भिटो'
      पेरिसमा आगलागी : पुननिर्माण गर्ने राष्ट्रपति म्याँक्रोको प्रतिबद्धता
      पुटिन र किमबीच पूर्वी रुसमा भेटवार्ताको तयारी
      यी हुन् विकिलिक्सले गरेका ‘संसार हल्लाउने’ ५ खुलासा
      इरानको बाढीबाट मृत्यु हुनेहरुको संख्या ७६ पुग्यो
      अमेरिकी आचरण सही भए वार्ताको लागि तयार छौं : उत्तर कोरिया
      अमेरिकाद्वारा इरानको सेनालाई आतङ्कवादी घोषित
      लिबिया संकट : अमेरिकी र भारतीय सैनिक फिर्ता, जिम्मा नेपाली सेनालाई !
      ‘विमान बङ्गलादेशको’ शौचालयबाट २३ किलो सुन बरामद
      मेक्सिको सीमा तनाव, अमेरिकी गृहमन्त्री निल्सनद्वारा राजीनामा
      मोदीलाई अत्याउंदै बिहारका एक कम्युनिष्ट उम्मेदवार 'कन्हैया कुमार'
      इन्डोनेसियामा ६.१ म्याग्नीच्यूडको भूकम्प
      वासिङ्टनमा २१ बर्षमुनिका व्यक्तिलाई धुम्रपान गर्न निषेध !
      शान्ति प्रक्रियाका लागि राष्ट्रसंघ महासचिव गुटेर्रेस लिबियामा
      दक्षिण कोरियामा राष्ट्रिय प्रकोपको घोषणा, डढेलोका कारण हाहाकार
      यमन युद्धमा सैनिक सहयोग रोक्न कङ्ग्रेसमा सहमति, ट्रम्प मानेनन्
      “अमेरिका र चीनबीच एक महिनाभित्रै महत्वपूर्ण व्यापार सम्झौता हुन्छ”
      बेलायतीलाई निःशुल्क भिसा दिने प्रस्ताव युरोपेली संसदद्वारा पारित
      अल्जेरिया राष्ट्रपतिको कार्यकालको अन्त्य - नागरिकद्वारा व्यापक परिवर्तनको माग
      सन् २०१९ - व्यापार वृद्धि दरमा न्युनता आउने डब्लुटिओको दाबी
      ब्रेक्जिट सम्झौताको मस्यौदा चौथो पटक अस्विकृत
      बेलायती संसदद्वारा ब्रेक्जीटमा नयाँ सहमतिको खोजी
      युक्रेन चुनाव : हास्यकलाकार जेलेन्स्की अग्रस्थानमा
      चिनियाँ कारखानाको उत्पादन मार्चमा बढ्यो – सर्वेक्षण
      अमेरिकामा नयाँ कानुन पारित ! कति समयमा गर्भपतन ठीक ?
      ब्रिटिश संसद्‍द्वारा 'ब्रेक्जिट' प्रस्ताव तेस्रोपल्ट अस्वीकृत, पक्षको २८६ विरुद्ध ३४४ मत
      अमेरिका–चीन व्यापार वार्ता सम्पन्न, वार्ता निकै “रचनात्मक”
      बंगलादेशमा भीषण आगलागी, २५ जनाको मृत्यु
      Weather Forecast