याद राख्नुहोस्, बिहिवार भुलेर पनि यी काम गर्दा हुनसक्छ ठुलो दुर्घटना ! #आहा खबर# नेपाल भ्रमण वर्ष २०२० - सगरमाथाको चुचुरोमा झन्डा फहराउने लक्ष्य #आहा खबर# लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको आज ६९औं जन्मदिन #आहा खबर# समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर#
    पर्यटक

    गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर पारेर ‘गुराँस उत्सव’

    सोमबार, २ बैशाख २०७६, आहाखबर

    बागलुङ, २ वैशाख

    यहाँको पर्यटकीय लेक घुम्टेमा आयोजित ‘गुराँस उत्सव’मा प्रकृतिप्रेमी पर्यटक रमाएका छन् । उत्सव हेर्न पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन हजार १२० मिटर उचाइबाट नयाँ वर्ष–२०७६ लाई स्वागत गरे ।

    शनिबार र आइतबार गरी दुई दिनसम्म गुराँस उत्सव चलेको आयोजक गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ । गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर पारेर केन्द्रले विगत सात वर्षदेखि ‘गुराँस उत्सव’ गर्दै आएको छ । वसन्तमा फुल्ने थरीथरीका गुराँसले घुम्टेको जङ्गल राताम्मे हुने गर्छ ।

    घुम्टेको प्रवद्र्धन र राष्ट्रिय फूल लालीगुराँस संरक्षणको सन्देश दिन उत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो । वर्षको अन्तिम सूर्यास्त र नयाँ वर्षको पहिलो सूर्योदय हेर्न कतिपय अघिल्यै दिन घुम्टे पुग्छन् ।

    बढीजसो पर्यटक नयाँ वर्षको दिन घुम्टे चढ्ने गरेका छन् । उत्सवको पहिलो दिन शनिबार पदयात्रा, अवलोकन भ्रमण, ‘क्याम्प फायर’ र सांस्कृतिक साँझको आयोजना गरिएको थियो । आइतबार सूर्योदय अवलोकन, पूजापाठ, झण्डोत्तलन, मौलिक कला, संस्कृतिकोे प्रदर्शनीसहित मूल समारोह सम्पन्न भएको केन्द्रले जनाएको छ । केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । 

    विसं २०७० मा घुम्टेको धुरीमै मैत्रीपूर्ण पर्यटन भेला गरी केन्द्रले घुम्टेको पर्यटन प्रवद्र्धन शुरु गरेको थियो । धार्मिक, प्राकृतिक र जैविक हिसाबले महत्वपूर्ण मानिने घुम्टेको पर्यटकीय विकासमा गुराँस उत्सवले टेवा पु¥याएको छ । 

    केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वनक्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना अघि सारेको छ । “पर्यटकीय गन्तव्यमा सूचीकृत गराउन पहल भइरहेको छ”, केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले भन्नुभयो ।

    मन्दिर पुनःनिर्माण, पदमार्गलगायत पर्यटकीय पूर्वाधार निर्माणको काम भइरहेको केन्द्रले जनाएको छ । सरकारी निकायको सहयोग र स्थानीयको जनश्रमदानमा हाल घुम्टेसम्म जाने छ किलोमिटर पदमार्ग निर्माण भइसकेको छ । 

    घुम्टेको धुरीदेखि तल देउरालीसम्म सडक पु¥याउने योजना गलकोट नगरपालिकाले बनाएको छ । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने घुम्टेमा वैशाखे पूर्णिमामा परम्परागत मेला लाग्दै आएको छ ।

    उक्त मेला भर्न हजाराँै पर्यटक तथा भक्तजन घुम्टे चढ्छन् । पौराणिककालमा पाण्डवले घुम्टेमा तपस्या गरेको जनश्रुती पाइन्छ । सदरमुकाम बागलुङ बजारदेखि ५० किमि मोटरको यात्रापछि तीन घण्टाको पैदलदूरीमा घुम्टे पुगिन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      तनहुँमा होमस्टेको सङ्ख्या बढ्यो, प्रदेश सरकारमार्फत सहयोग
      गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर पारेर ‘गुराँस उत्सव’
      आठौँ राष्ट्रिय खेलकूद - प्याराग्लाइडिङमा ५५ खेलाडीको प्रतिष्पर्धा
      नेपाल भ्रमण वर्ष २०२० - ३ हजारले अवलोकन गरे शुक्लाफाँटा निकुञ्ज
      चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकलाई टिफिन बक्स
      प्रचारप्रसार हुन नसक्दा पर्यटकीयगन्तव्य सिद्धबाबा ओमधाम ओझेलमा
      साहसिक पर्यटन ! चीनमा खुल्दै १५ सय मिटर लामो स्ट्रोप रोप वे
      पोखरेलीको पाहुनालाई निम्तो : ‘जाउँ है पोखरा’
      पर्यटकीयस्थल बन्दै ‘बालपुरी मठधुनी मन्दिर’
      पर्यटन महोत्सव चैत २१ देखि, यस्ता छन् योजना !
      पर्यटकीय गन्तव्य बन्दै रानी झरना
      सगरमाथा आरोहणको मुख्य याम, व्यवस्थान गर्न विभागको सक्रियता !
      म्याग्दी उद्योग बाणिज्य संघको टोलीद्वारा हिमशृङ्गखलाको अवलोकन
      वसन्त ऋतु : पर्यटकको चहल पहल बढ्यो
      वसन्त ऋतुको आगमन,बढ्यो लालीगुराँसको रौनक
      पर्यटकको मुख्य आकर्षण केन्द्र पुरन्धरा झरना
      “१ पटक खप्तड घुम्न आउने पर्यटक अर्कोपल्ट नआई रहनै सक्दैन”
      पर्यटन क्षेत्रमा देखिएका उपलब्धि - नीतिदेखि उडानसम्मका उछाल !
      फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया
      निकुञ्जमा विशेष सुरक्षा अभियान, अब यसरी गरिन्छ गस्ती !
      रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै
      धुलिखेलमा ‘सुपरम्यान फ्लाइङ’, अब मजा लिन धेरै टाढा धाउन नपर्ने
      घरवास कार्यक्रमले गाउँमा उत्साह, पर्यटन प्रवद्र्धनमा नयाँ आशा
      जिल्लामै पहिलोपटक सञ्चालन गरिएको हट एयर बेलुनमा रमाउँदै पर्यटक
      पर्यटन वर्षको प्रचार गर्न जनप्रतिनिधिसहितको जलयात्रा
      पूर्वाधारको अभाव भएपनि सोलेडाँडामा पर्यटक दिनानुदिन बढ्दै
      मनोरम हिमशृङ्खलाका मनोरम दृश्य
      सेतीमा जलयात्रा बढ्दै, पर्यटक भीड
      पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, विदेशी पर्यटकको मृत्यु
      सुर्खेत बुलबुल ताल हेर्न पर्यटकको बाक्लो भीड
      Weather Forecast