अफगानिस्तानलाई फेरि झड्का, बँग्लादेश ६२ रनले विजयी, शकिबको नयाँ रेकर्ड #आहा खबर# के गरिस मंगले, आफ्नै ढङ्गले ! आफ्नै कार्यशैलीका कारण सरकार ‘घेराबन्दी’मा #आहा खबर# पहिरामा थुनिएका ५१ जना सुरक्षित स्थानमा #आहा खबर# आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा #आहा खबर# विश्वकप क्रिकेट : वेष्ट इण्डिजलाई ठूलो धक्का, चोटका कारण आन्द्रे रसेल बाहिरिए #आहा खबर# विप्लव समूहमा संलग्न भएको आरोपमा फिल्म ‘मालिका’ का निर्माता नरबहादुर कार्की पक्राउ #आहा खबर# तल्लो मोदी जलविद्युत् आयोजना पुनः सञ्चालनमा #आहा खबर# दुधसँग भुलेर पनि नखानुहोस यी ८ चिजहरु #आहा खबर# 'क्लीन फिड' नीतिले हंगामा ! टेलिभिजन प्रशारण बन्द, व्यवसायीहरु भन्छन् - सरकारलाई दबाब दिएका हौं #आहा खबर# आठबीसकोट नगरपालिका बन्यो मदिरामुक्त नगरपालिका #आहा खबर# राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु #आहा खबर# भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन यस्तो 'मास्टर प्लान' #आहा खबर# अर्घाखाँचीमा 'खानेपानीको मुहान बचाऔं, प्राण बचाऔं' अभियान तीब्र #आहा खबर# क्रिकेट विश्वकप : बंगलादेशद्वारा अफगानिस्तानलाई २ सय ६३ रनको लक्ष्य #आहा खबर# नेकपा कास्कीका ७२ वडाका अध्यक्ष र सचिवको शपथ #आहा खबर#
    धर्म-संस्कृति

    पूर्वी तराईका जिल्लामा मनाइने सिरुवा पर्व पोखरामा पनि मनाइयो

    सोमबार, २ बैशाख २०७६, आहाखबर
    पोखरा, २ वैशाख
     
    नववर्षको आगमणसँगै पूर्वी तराईका जिल्लामा मनाइने गरिएका सिरुवा पर्व पोखरामा बस्दै आएका मिथिलावासीले पनि आज धार्मिक विधिपूर्वक हर्षोल्लासका साथ मनाएका छन् ।
     
    यस पर्वलाई ‘जुडशीतल’ पर्वपनि भन्ने गरिन्छ । यस पर्वमा परिवारका ठूलावडाले अञ्जुलीमा जल लिएर कान्छोको टाउको राखेर आर्शीवाद दिने गर्छन् । वर्षभरि ‘तिम्रो दिमाग ठण्डा रहोस्, सोच विचार गरी काम गर्नु र कसैसँग रिस नराखी मेलमिलापका साथ बस्नु’ भनेर आर्शीवचन दिने गरिएकाले यस पर्वलाई जुडशीतल पर्व भन्ने गरिएको हो । 
     
    खासगरी, तराईका ग्रामीण क्षेत्रमा अग्रजहरुले जलले भरिएका लोटा बोकेर टोल–टोलमा घुमेर आर्शीवाद दिने गर्नुहुन्छ । पोखरामा मैथिल समुदायको जनसङ्ख्या न्यून भए पनि उत्साहका साथ आफ्ना धार्मिक एवं सांस्कृतिक पर्व मनाउँदै आइरहेको सप्तरीका ललनकुमार झाले बताउनुभयो । 
     
    कृषिका साथै सरसफाइसँग पनि जोडिएको पर्वको रुपमा सिरुवा पर्वलाई लिने गरिन्छ । नयाँ वर्षको आगमनसँगै नयाँ बालीको रुपमा गहूँ, दलहन र तेलहन भित्रिने गरिएको खुशीमा पनि यो पर्व मनाइने गरिएको हो । 
     
    वैशाख महीनामा हावाहुरी चल्ने, वर्षा कम हुने गरेकाले प्रत्येक व्यक्तिले बिहानै सडकमा पानी छर्कने र आ–आफ्ना रुख बिरुवाको जरामा अनिवार्य रुपमा पानी हाल्नुपर्ने हुन्छ । सूर्यको तापबाट तुलसीबोटलाई जोगाउनका एक महीनासम्म निरन्तर पानीको व्यवस्था गर्छन् । बोटको दुई भागमा खम्बा गाडेर त्यसमा डोरीको सहयोगमा नयाँ माटोको गाग्रो बोटमाथि झुण््याइन्छ । सो गाग्रोको मुनिको भागमा सानो प्वाल पारेर कुशको टुक्रा पसाइन्छ । गाग्रोमा पानी भरिएपछि सो कुशको माध्यमबाट थोपा–थोपा पानी बोटमाथि चुहिँने गरिन्छ । वैशाख महीनामा पानीको अभावमा बोट सुक्ने भएकाले यस प्रक्रियालाई पर्वको विधिसँग जोडिएको देखिन्छ ।
     
    यसका साथै, इनार, नालाको सरसफाइ गर्दै एक अर्कासँग हिलो छ्याप्दै पर्व मनाउनु यसको अर्को मुख्य विशेषता हो । यो पर्व मनाउनमा खासगरी महिला तुलनात्मक रुपमा बढी खुशी हुने गरिएको देखिन्छ । यस पर्वमा कुनै विशेष पकवान पकाउनुपर्दैन र बेलुकीको खानामा पनि पकाउनु नपर्ने भएकाले राहतको अनुभूति गर्न पाउँदा उनीहरु बढी खुशी हुने गर्छन् । 
     
    घरको देउतालाई नयाँ माटोको भाँडोमा पकाइएका वासीभात, आँपको चिचिलाको चटनीलगायतका परिकार चढाइन्छ । त्यसपछि विधिवत् रुपमा पर्वको शुभारम्भ हुन्छ । यस पर्वमा भात, दाल, तरकारी र दहीका साथै आँपको चिचिलाको चटनी अनिवार्य रुपमा खानुपर्ने हुन्छ ।
     
    यस पर्वको अवसरमा चुलोे पूजा गरिन्छ । पूजा गरिएपछि अर्को दिनमात्र खाना पकाउने परम्परा छ । दिनमै पकाइएका खाना बेलुकी खाने नियम रहेको छ ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast