जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर# सञ्जय दत्तकी छोरी त्रिशालाको फोटो इन्टरनेटमा भयो भाइरल ! #आहा खबर# खेलकूदको विकासका लागि विशेष पहल आवश्यक : राष्ट्रपति भण्डारी #आहा खबर# भारतमा दोस्रो चरणको लोकसभा निर्वाचन : शान्तिपूर्णरूपमा ६१ % मत खस्यो #आहा खबर#
    कृषि-उर्जा

    तरकारी खेतीबाट जीवनस्तर सुधार

    सोमबार, २ बैशाख २०७६, आहाखबर
    गलेश्वर, २ वैशाख 
     
    सीप र जाँगर भए पैसा कमाउन विदेश जानु पर्दैन, आफ्नै गाउँघरमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखाउनुभएकोे छ म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका शोभित शर्माले ।
     
    जिल्ला सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका–२ का शर्माले खबरा र रोहोटेमा  व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु आठ लाख रुपैयाँभन्दा बढी कमाई गर्दै आउनुभएको छ । विसं २०५२ सालदेखि व्यावसायिक तरकारी खेतीमा लाग्नुभएका ४३ वर्षीय शर्माको जीवनस्तर तरकारी खेतीबाट नै बदलिएको छ । विगत २३ वर्षअघिसम्म के खाउँ र के लाउँको अवस्थामा रहनुभएका शर्माले सो अवधिमा ठाउँठाउँमा घरघडेरीसहितका जग्गा जोड्नुका साथै सदरमुकाम बेनीका बैंक तथा वित्तीय संस्थामा रकमसमेत बचत गर्नुभएको छ ।
     
    शुरुमा तीन रोपनी जग्गाबाट तरकारी खेती शुरु गर्नुभएका शर्माले अहिले १२ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती र ३८ रोपनीमा बाख्राका लागि घाँस उत्पादन तथा फलफूल खेती गर्दै आउनुभएको छ । सापकोटा कृषि फार्म स्थापना गरेर प्राङ्गारिक तरकारी खेती गर्दै आउनुभएका शर्माले उत्पादन गरेको तरकारीको माग बजारमा उच्च रहेको छ । ‘अग्र्यानिक’ पद्धतिद्वारा व्यावसायिक तरकारी खेतीमा लाग्नुभएका शर्मा जिल्लाका अगुवा कृषक हुुनुहुन्छ ।
     
    शर्माको तरकारी खेती र त्यसबाट प्राप्त हुने आम्दानी देखेर खबराका सबै किसान तरकारी र फलफूल खेतीमा लागेका छन् । “अहिले खबराको गाउँ नै तरकारी र फलफूलको गाउँ भएको छ,” अगुवा कृषक शर्माले भन्नुभयो, “तरकारी र फलफूल बेचेर यहाँका किसानले वार्षिक रु दुई देखि आठ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।
     
    उर्वर माटोमा गाईभैँसीको मलबाट कीटनाशक औषधि प्रयोग नगरी उत्पादन गरिएको गोलभँेडा, सिमी, केराउ, साग, काउली, मूला लगायतका तरकारी उत्पादन गरी नजीकैको बजारमा लगेर राम्रो भाउमा बिक्री वितरण गर्न पाउँदा खबराका किसान दङ्ग छन् । कृषि ज्ञान केन्द्र लगायतका विभिन्न सङ्घसंस्थाले गाउँमा कृषक समूह गठन गरी गरीब किसानलाई तरकारी खेती गर्ने तालीम, बीउबिजन दिएपछि अहिले यस गाउँका किसानको जीवनस्तरमाथि उठ्दै गएको छ ।
     
    मौसम–बेमौसममा समेत राम्रो किसिमले गोलभँेडा खेती गर्न टनेल (प्लास्टिक घर) बनाई दिएपछि किसानले बोटैभरि लटरम्म गोलभेँडा फलाउन सफल भएका छन् । प्रतिकेजी रु ४५ देखि ८० सम्म गोलभँेडा बिक्री–वितरण गरेर तुरुन्तै नगद हातमा पार्न सफल भएपछि रोजगारीका लागि विदेश गएका आफ्नो छोराभतिजालाई समेत आफ्नै गाउँ फर्कन खबर गरेको अगुवा कृषक शर्माले बताउनुभयो ।
          
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      किसानसंँग कृषि ज्ञान केन्द्रको सम्झौता
      मौरीपालनबाट मनग्य आम्दानी
      नेपालमा कफी उत्पादन : किसानका लागि रोजगारी
      आशा गरेको भन्दा दोब्बर नाफामा विद्युत प्राधिकरण, कुलमानलाई राहत
      २ सय २० केभी प्रसारणलाइन बनाउँदै विद्युत् प्राधिकरण
      तरकारी खेतीबाट जीवनस्तर सुधार
      २५ लाखको आलुको कारोवार, कृषिमा आधुनिकीकरणको खाँचो
      खानेपानीका लागि बैतडीमा रिचार्ज पोखरी निर्माण
      गाउँगाउँमा बिजुली, स्थानीयवासीलाई सहज
      केही दिनदेखि लगातार परेको असिनाले अन्नबाली नष्ट
      दर्जन बढी गाउँका ३ हजार जनता कृषिबाटै आत्मनिर्भर
      तनहुँमा सवस्टेशन सञ्चालन, गोरखाको विद्युत् प्रणालीमा सुधार
      मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइनको काम अन्तिम चरणमा
      लोकप्रियता एकाएक बढेको मार्सीधानको बेर्ना राखे जुम्ली किसानले
      कृषि उपज सङ्कलन केन्द्र बन्ने
      काँक्रोखेतीमा व्यस्त चुखाका किसान
      चियाको पहिलो यामको उत्पादन उत्साहजनक, माग अत्यन्तै बढी
      नेपाल विद्युत् प्राधिकरण : २ दिन उपत्यकाका यी स्थानमा बिजुली काटिने
      आलु गाउँका रुपमा परिचित हुँदै हेम्जा
      हाइटेक प्रविधिको तरकारी खेतीमा महिला उत्साहित
      किसानको गुनासो - दूधको भाउ बढेन मारमा परियो
      नेपालको जलविद्युत् दक्षिण एशियाकै विकासको आधार
      ​बगरखेतीको भरमा बाढीपीडित, परिवारको खर्च टर्च
      नेपाल–बङ्गलादेश ऊर्जा साझेदारी, सम्बन्ध उचाईमा !
      आफ्नै माटोमा सफल भविष्य, कृषिबाटै नाम, दाम र इज्जत
      कृषकलाई हातेट्रयाक्टर वितरण, अधिकतम लाभ लिन सकिने
      अलैंँची खेतीमा किसानको आकर्षण
      मन्त्री पुन र बङ्गलादेशी राजदूतबीच भेटवार्ता, ऊर्जाको विषय उठान
      नयाँ आलुको बीउ उत्पादन, बिरुवामा ७ देखि १० दानासम्म फल्ने
      माडीमा सामूहिक खेती, १०० बिघा जमीन गरियो छनोट
      Weather Forecast