समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर# सञ्जय दत्तकी छोरी त्रिशालाको फोटो इन्टरनेटमा भयो भाइरल ! #आहा खबर# खेलकूदको विकासका लागि विशेष पहल आवश्यक : राष्ट्रपति भण्डारी #आहा खबर#
    अध्यात्म चर्चा

    जानिराख्नुस् ! जीवनमा के त्याग गर्दा के पाईन्छ ?

    सोमबार, २ बैशाख २०७६, आहाखबर

    काठमाडौँ, २ वैशाख । 

    त्यागबाट मोह नाश हुन्छ भन्ने मान्यता छ । तर त्याग्नको लागि आफूसँग हुनुप¥यो । त्याग्न जरुरी छ । त्याग्ने अभ्यास हुनुपर्छ । एक–एक कुरा गरेर छोड्दै छोड्दै जानु छ । किनभने अन्तिममा शिवस्वरुपमा आफूलाई लिएर जानु छ । यी बिकारहरु लिएर जान सकिन्न । मेरा कमाइहरु लिएर जान सकिन्न । किनभने मेरा प्रत्येक कमाइहरुमा अहं हुन्छ । अहंकार हुन्छ । मैले गरेँ भन्ने हुन्छ र यो अहंले अवरोध हुन्छ । त्यसैले त्याग्नुपर्छ । मेरा सबै कृत्यहरु त्याग्दै–त्याग्दै जाऊँ, सुध्द हुँदै जाऊँ र अन्तिममा मेरो कमाइ केही पनि बाँकी नबसोस् । मैले यति चाहिँ कमाएर लिएर आएँ भन्ने नै नहोस् । सबै खाली बनाऔं ।

    मेरा कुनै पनि कार्य, कुनै पनि कर्मका फलहरु मेरो साथमा छैन, सबै कर्मफलहरु मैले त्यागिदिएँ । पाप त ल्याइनँ छोडेँ छोडेँ, पुण्य पनि लिएर आइनँँ किनभने पुण्य मेरो साथमा गयो भने मलाई अहं हुन्छ । यो पुण्य मैले कमाएको हो नि । मैले आफ्नो भलाइमा प्रयोग गरेको छु । यसले अहं हुन्छ । यो अहंले हामीलाई सत्यको नजिक जान दिँदैन । त्यसैले पुण्य पनि सबै त्याग्नु छ । पूजा पनि त्याग्नु छ, पाठ पनि त्याग्नु छ, मन्त्र, जप सबै कुरालाई त्याग्नु छ । अशुभलाई त त्याग्यौंत्याग्यौं, शुभलाई पनि छोड्नु छ र निर्मल, कञ्चन बन्नु छ । शिवोहम्, शिवोहम्, शिवस्वरुप ।

    यदि आफू शिवस्वरुपमा उपलब्ध हुनु छ भने यी मोहका तानावानाहरुलाई त छोडेर जानुपर्छ । यी अहंकारका क्षेत्रहरुलाई त घटाउँदै–घटाउँदै जानुपर्छ । त्यसकारणले आफ्नो सबै कृत्यहरुलाई त्यागौं । तर हामीले यसलाई बुझ्न सकेनौं । जे कमाएकै छैन, त्यसलाई त्याग्न खोज्यौं । मैले सम्पत्ति कमाएको छु भने अनि न त्याग्ने । जोसँग एक रुपैयाँ छैन उसले के त्याग्ने ? कमाएकै छैन उसले के त्याग्छ ? त्यागको मजा कसरी लिन  सक्छ ? र त्यो मोहलाई कसरी काट्न सक्छ ? मोह बन्यो भने न त्यसलाई हटाउन सकिन्छ कि सकिँदैन, परीक्षण हुन्छ । मसँग धेरै पैसा छ भने म यो पैसा त्याग्न सक्छु कि त्याग्न सक्दो रहेनछु, परीक्षण हुन्छ । आफ्नो जाँच हुन्छ । त्यत्रो पैसै कमाएको छैन अनि त्यागको कुरा हुन्छ । त्याग्नुपर्छ सब त्याग । ईश्वर भेटिन्छ । कमाइ भए पो त्याग्नु ? पूजा गरेको भए पो पूजालाई त्याग्नु, प्रार्थना गरेको भए पो प्रार्थनालाई पनि छोड्नु, मन्त्र जप गरेको भए पो मन्त्रलाई छोड्नु, केही गरेकै छैन, कसलाई छोडौं ? त्यसैले धर्मको पहिलो शुरुवात पूजा, प्रार्थना हो । 

    शुरुमा मन्दिर स्थापना गर्नुपर्छ । पूजा गर्नुपर्छ । अनि पूजा छोड्न पनि मजा आउँछ । अनि परीक्षण गरौं आफूलाई, म पूजा छोड्न सक्छु कि सक्दिनँ । पूजाले मलाई खिचेको त छैन, एउटा बन्धन त भएन । पहिले मलाई अवगुणहरुको बन्धन थियो । नराम्रा कामहरुले बाँधिएको थिएँ । म पहिला दानवीय कर्मको बन्धनमा थिएँ । अब म सत्वगुणहरुको बन्धनमा त परिनँ । अब म देवताहरुको बन्धनमा त परिनँ । आखिर बन्धन त बन्धन हो । अशुभको बन्धन पनि बन्धन नै हो, शुभको बन्धन पनि बन्धन नै हो । त्यो दुईटैले बाँध्छ । दुईटैमा हामी अड्किएर बस्छौं । यो शुभबाट पनि हट्यौं, आपूmलाई कञ्चन निर्मल बनायौं, कुनै पनि प्रकारको मेरो कमाइ रहेन, अशुभको कमाइ गरेको थिएँ, त्यसलाई त छोडिदिएँ, त्यागी नै दिएँ, अब अशुभ मलाई चाहिएन ।

    म कसैको अपमान गर्दिनँ । कसैको चित्त दुःखाउँदिनँ । कसैलाई दुःख दिन्न । यो त मैले छोडिदिएँ । अब अरुलाई सुख दिने, सबैलाई भलाइ गर्ने, अरुको मान, सम्मान, इज्जत गर्ने मेरा स्वभावहरु थिएँ, यसबाट पनि मैले केही पाएँ । राम्रो गरेको छु भन्ने अहंकार बन्यो । यसलाई म छोड्न सक्छु कि सक्दिनँ ? परीक्षण गरौं । नराम्रो छोड्न अति सजिलो हुन्छ । राम्रो छोड्न अति नै कठिन हुन्छ । सबै कुरा त्यागेर गुरुको शरणमा पर्न गाह्रो त छ, तर पनि सजिलो छ । तर गुरुलाई छोडेर जान अति कठिन छ । सबै कुराहरुलाई त्यागेर भगवान्को शरणमा पर्न सजिलो छ । भगवानलाई त्याग्न अति नै कठिन छ । 

    सबैभन्दा ठूलो बन्धन हो यो, अब यहाँबाट कसरी पार हुने होला ? यो भगवान्को, गुरुको मोहबाट कहिले मुक्त हुने होला ? र जुन दिन हामीले गुरुको मोहलाई पनि छोड्यौं, भगवान्को मोहबाट पनि मुक्त भयौं, अब मैले केही कमाएँ, मेरो कमाइ भन्ने साथमा जाँदै गएन, कुनै कमाइ छैन । अब मेरो कमाइ छैन, कर्मफल छैन, अब केको अहंकार ? 

    पूर्ण रुपमा अहंकारको विसर्जन नै मुक्ति हो । कुनै चीजले हामीलाई बाँधेको छ भने अहंले बाँधेको छ । अहंकारबाट मुक्ति नै मुक्ति हो । अन्तिम अहंकारको म भक्त छु । म भगवान्को भक्त छु र मैले खूब भगवान्को पूजा गरेँ, प्रार्थना गरेँ, मैले केही शुभ गरें राम्रो गरें, यो राम्रो गरेको कारणले यो फल, यो सुख भोगिराखेको छु । यहाँबाट कडा अहंकारको जन्म हुन्छ । यो सबै राम्रो जति मेरो कमाइ हो । अब यहाँ ईश्वरको के काम ? सब कमाइ त मेरो हो । मै गर्न सक्छु । यहाँ प्रयास मात्रै महत्वपूर्ण भयो । यहाँ त प्रश्नहरुको ठाउँ नै रहेन र प्रयास पहिलो हो । प्रसाद अन्तिम हो । तर जसले प्रयास गरेन उसले प्रसादचाहिँ पाउँदैन । एक–एक श्रेणी भएर जानुपर्छ । पहिला खूब प्रयास गरौं अन्तिममा सबै प्रयासलाई त्यागिदिऔं । त्याग । अब प्रसादको प्रतीक्षा गरौं । सम्पूर्ण प्रकारका मेरा कमाइहरुलाई म त्याग्न सक्छु । यति हिम्मत छ, यति आँट छ भने यति मात्रै परमात्मा ज्ञानमा उपलब्ध हुन सक्छ । परम सुख आनन्दमा डुबुल्की मार्न सक्छ । यो त्याग गर्ने हिम्मत छ कि छैन ? जबसम्म मोह छ, कहाँको धन, जबसम्म म हुन्छु, त्यहाँसम्म ईश्वर हुँदैन । जहाँ म समाप्त हुन्छु अनि ईश्वर शुरु हुन्छ ।

    अहिले म जस्तो अवस्थामा छु, यस्तो अवस्थामा मेरो र ईश्वरको भेट हुनै सक्दैन । कहिल्यै भेट्दैन र म भनेको के हो ? अहिले म जसलाई म भन्छु, यो सबै अहंकार हो । ‘म’ अहंकारबाट बनेको छ । यो अहंकार र ईश्वरको कहिल्यै भेट हुँदैन । जसरी अँध्यारो र उज्यालोको कहिल्यै भेट हुँदैन । जसरी उज्यालोको नजिक अँध्यारो आउन सक्दैन । त्यसैगरी परमात्माको नजिक अहंकार जान सक्दैन र मैले शुभ काम गरेर, मैले भगवान्को पूजा प्रार्थना, ध्यान गरेर मैले भगवान्लाई पाएँ भन्ने हो भने उसले भगवान्लाई त पाउँदै पाउँदैन । यो कुनै पनि कर्म अहंकारले गर्छ । मैले गरेर के पाउँछु ? जति पनि कामहरु हुन्छ, अहंकारले गराउँछ । कर्म गराउने नै अहंकार हो । अहंकार सकियो कर्म पनि सकियो । केही कर्म रहँदैन अनि ईश्वरको दुनियाँ शुरु हुन्छ ।

    यसको अर्थ बाहिरबाट गर्ने काम रोक्नु भनेको हैन, मनले गर्ने काम रोक्नु भनेको हो, मेरो मनको अहंकार रोक्नु भनेको हो । आफ्नो  कर्मबाट अहंकार आउने हैन, अहंकार मनको भावबाट, बिचारबाट आउने हो । मैले गरेँ, मैले कमाएँ भन्ने भावबाट अहंकारको जन्म हुन्छ । त्यसैले त्यागको महत्व छ । तर त्यसले त्याग गर्न सक्छ, जुन व्यक्तिसँग छ, कमाइ गरेको छ । पहिला त खूब खूब कमाइ गर्नु छ । शुभकर्म गर्नु छ, पूजा गर्नु छ, प्रार्थना गर्नु छ, ध्यान गर्नु छ, गुरुको शरणमा जानु छ । सब कुरा गर्नु छ । गरिसकेपछि अहंकार नबनोस् भनेर आपूmले गरेका शुभकर्महरु पनि स्वाहा । होम गर्न तयार हुनुपर्छ । मैले गरेका सबै शुभकर्महरु यज्ञमा आहुति दिएँ । पहिला हरेक दिन यज्ञ गर्ने परम्परा थियो । भगवान्को पूजा ग¥यौं, स्तुति–वन्दना ग¥यौं, अनि होम ग¥यौं । यज्ञ ग¥यो, छोडिदियो । यज्ञको अर्थ थियो मैले गरेको सबै कर्महरु, धर्महरु पनि म लिएर जान्न, जे–जे गरें, जति शुभ गरें, ती सबै स्वाहा । होम गरौं । सबैलाई आहुति दिऔं । जसले आफूले गरेका पुण्य कर्महरुलाई पनि आहुति दिन जान्यो, यही व्यक्ति कर्मबन्धनबाट मुक्त भयो ।

    हैन भने पहिला नर्कले समातेको थियो, पछि स्वर्गले समात्छ । पिँजडा त पिँजडा हो पहिला फलामको पिँजडा थियो, अब सुनको पिँजडा भयो । जो मानिस जेलमा छ, म सुनको जेलमा छु भनेर अहंकार गर्नुको के अर्थ भयो र ? फलामको होस् कि सुनको होस् जेल त जेल हो । यसैगरी यो सबै जेलबाट व्यक्ति मुक्त हुन सकोस्, त्यसैले यो त्यागको महिमा शुरु भयो । त्यागबाट समर्पण जन्मिन्छ । समर्पणबाट भक्ति जन्मिन्छ । जहाँ भक्ति, त्यहीँ ईश्वर प्रकट हुन्छ । यदि हामीलाई ईश्वरसम्मको यात्रा गर्नु छ भने पहिला खूब–खूब कर्म, कर्मबाट आएको फल त्याग्नु, कर्मफल त्याग पछाडि समर्पण, समर्पण पछाडि भक्ति, भक्ति पछाडि धर्म । 

    हामी सबैलाई पनि आफ्नो अहंकारप्रति सजग हुने अवसर मिलोस् । हामी सबैलाई पनि ध्यान गर्ने अवसर मिलोस् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      चैत्र २४ गते देखि ३० गते शनिवारसम्मको तपाईको राशिफल कस्तो ?
      नेवार समुदायको पाँहाचेह् पर्व, लुकुमहाद्योको पूजा
      तपाई भाडाको घरमा बस्नुहुन्छ भने ध्यान दिनुहोस् यी कुरामा !
      कहिल्यै नछुट्ने जोडी भएका राशीहरु यी हुन ! हेर्नुहोस आफ्नो राशी
      कम मेहनतबाट धेरै आम्दानी गर्न चाहानुहुन्छ ? चाल्नुहोस् यी कदम
      नयाँ काम सुरु गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस् !
      हेर्नुहोस् यस्तो भन्छ शास्त्रले ! यी सपना देखेको १० दिनमा नै पुरा हुन्छ
      विश्वभर एकसाथ सामूहिक भावातीत ध्यान
      यसरी भएको थियो भगवान रामको मृत्यु...
      पूर्वीय निर्माण शैली परिपक्व र टिकाउ, संस्कृत भाषाको महत्व बुझौँ !
      ​घरमा खुशी र सुख भित्र्याउन राख्नुहोस् यी ५ मूर्ति
      देशमै पहिलोपटक वेद कण्ठस्थ प्रतियोगिता
      नेपाली एकतालाई कसैले हल्लाउन सक्दैन : मुख्यमन्त्री राई
      गायत्री महायज्ञ सम्पन्न, ६० हजार श्रद्धालु भक्तजनद्वारा हबन
      जलेश्वरनाथ र गलेश्वरधाममा भक्तजनको भीड, पुराणमा शिवरात्रि महत्व !
      महाशिवरात्रि पर्व : आशुतोष भगवान् शिवको अति प्यारो दिन
      मन्दिरमा प्रवेश निषेध - भ्रष्टाचारी, नेता, मन्त्री तथा सरकारी अधिकारीलाई विशेष
      हरेक दिनको यो ९० मिनेटबाट बच्नुस ! जीवनमा आउछ परिवर्तन !
      पशुपति महामहोत्सव : केशवको संयोजकत्वमा मूल समिति निर्माण
      महाशिवरात्रिको तयारी शुरु, ११ लाखभन्दा बढीले दर्शन गर्ने अड्कल !
      अध्यात्म अनुभूतिको शास्त्र हो, यसरी बुझ्दा सजिलो...
      आउदो २०७६ सालमा बिहेको लगन धेरै, कुन महिनामा कति ?
      जलवायु परिवर्तन : यो दशक सबैभन्दा गर्मी हुने अनुमान
      अब नेपाली ज्योतिषीले अमेरिकाको पात्रो बनाउने
      'यो युगलाई ओशोले दिनुभएको उपहार : नव सन्यास', यस्तो छ
      भारतमा ४९ दिन लामो कुम्भ मेला सुरु, शरीरमा भष्म, अस्त्र–शस्त्र र डुबुल्की
      देशभर माघे सङ्क्रान्तिको रौनक, हर्षोल्लासका साथ मनाइदै, ईतिहास र ज्योतिषशास्त्रमा यसको महत्व !
      महर्षि महेश योगीको १०२औँ जन्मजयन्ती, वैदिक अभियानका बारेमा जानकारी
      “ऊर्जालाई सिर्जना वा नष्ट गर्न सकिंदैन बरु रुपान्तरण गर्न सकिन्छ”
      २ धर्म एक आस्था : सामरिक महत्वको हिन्दू र बौद्धको श्राद्धस्थल वेत्रावती
      Weather Forecast