अफगानिस्तानलाई फेरि झड्का, बँग्लादेश ६२ रनले विजयी, शकिबको नयाँ रेकर्ड #आहा खबर# के गरिस मंगले, आफ्नै ढङ्गले ! आफ्नै कार्यशैलीका कारण सरकार ‘घेराबन्दी’मा #आहा खबर# पहिरामा थुनिएका ५१ जना सुरक्षित स्थानमा #आहा खबर# आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा #आहा खबर# विश्वकप क्रिकेट : वेष्ट इण्डिजलाई ठूलो धक्का, चोटका कारण आन्द्रे रसेल बाहिरिए #आहा खबर# विप्लव समूहमा संलग्न भएको आरोपमा फिल्म ‘मालिका’ का निर्माता नरबहादुर कार्की पक्राउ #आहा खबर# तल्लो मोदी जलविद्युत् आयोजना पुनः सञ्चालनमा #आहा खबर# दुधसँग भुलेर पनि नखानुहोस यी ८ चिजहरु #आहा खबर# 'क्लीन फिड' नीतिले हंगामा ! टेलिभिजन प्रशारण बन्द, व्यवसायीहरु भन्छन् - सरकारलाई दबाब दिएका हौं #आहा खबर# आठबीसकोट नगरपालिका बन्यो मदिरामुक्त नगरपालिका #आहा खबर# राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु #आहा खबर# भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन यस्तो 'मास्टर प्लान' #आहा खबर# अर्घाखाँचीमा 'खानेपानीको मुहान बचाऔं, प्राण बचाऔं' अभियान तीब्र #आहा खबर# क्रिकेट विश्वकप : बंगलादेशद्वारा अफगानिस्तानलाई २ सय ६३ रनको लक्ष्य #आहा खबर# नेकपा कास्कीका ७२ वडाका अध्यक्ष र सचिवको शपथ #आहा खबर#
    स्कुल-कलेज

    क्याम्पसलाई पुस्तक सहयोग, गुणस्तरीय शिक्षामा जोड

    सोमबार, २ बैशाख २०७६, आहाखबर
    बेझाड, २ वैशाख 
     
    गण्डकी सामाजिक गुठी काठमाडौँले चापाकोट क्याम्पसलाई पुस्तक सहयोग गरेको छ । गुठीले आइतबार रु १६ लाख ५० हजार मूल्य बराबरको साहित्य र अन्य विषयका पुस्तक क्याम्पसलाई सहयोग गरेको हो । 
     
    विभिन्न व्यक्ति तथा सामाजिक सङ्घ संस्थाको सहयोगमा सङ्कलित पुस्तक तथा खेलकूदका सामग्री क्याम्पसलाई सहयोगस्वरुप प्रदान गरिएको गुठीका सदस्य कृष्ण आचार्यले बताउनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहनप्रसाद आचार्यले क्याम्पसमै आएर पुस्तक तथा खेलकूदका सामग्री सहयोग गरेकोमा गुठीलाई धन्यवाद दिनुभयो । 
     
    सोही अवसरमा भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्ममाकुमारी अर्यालले चापाकोट क्याम्पसका जग्गादान गर्ने दाता स्व टीकानिधि आचार्यको प्रतिमा र त्रिभुवन विश्वविद्यालयको लोगो अनावरण गर्नुभयो । मन्त्री अर्यालले गण्डकी सामाजिक गुठीले शिक्षाको क्षेत्रमा राम्रो काम गरेको बताउँदै यस क्याम्पसले गुणस्तरीय शिक्षामा जोड दिएर नमूना क्याम्पसका रुपमा पहिचान बनाउनु पर्नेमा जोड दिनुभयो ।   
     
    सो अवसरमा कवि गोष्ठी तथा कवितावाचन प्रतियोगितासमेत गरिएको थियो । प्रतियोगितामा टीकाराम पौडेल प्रथम, सिर्जना अधिकारी द्धितीय र रामचन्द्र भट्टराई तृतीय हुनुभएको छ । प्रतियोगितमा विजयी साहित्य सर्जकलाई मन्त्री अर्यालले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast