जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर# सञ्जय दत्तकी छोरी त्रिशालाको फोटो इन्टरनेटमा भयो भाइरल ! #आहा खबर# खेलकूदको विकासका लागि विशेष पहल आवश्यक : राष्ट्रपति भण्डारी #आहा खबर# भारतमा दोस्रो चरणको लोकसभा निर्वाचन : शान्तिपूर्णरूपमा ६१ % मत खस्यो #आहा खबर#
    राज्य-समाज

    सरकारद्वारा विमान दुर्घटनाको छानबिन गर्न समिति गठन

    सोमबार, २ बैशाख २०७६, आहाखबर
    काठमाडौँ, २ वैशाख
     
    सरकारले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनाको बारेमा छानबिन गर्न एक समिति गठन गरेको छ ।
     
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले राससलाई जानकारी दिनुभयो ।
     
    सो समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डङ्गोल सदस्य रहनुभएको छ भने समितिको सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ ।
     
    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा रहेको लुक्ला विमानस्थलमा आइतबार बिहान ९ः२२ बजेको समयमा भएको सो दुर्घटनामा दुई प्रहरीसहित तीनको मृत्यु भएको थियो भने चार जना घाइते भएका छन् ।
     
    लुक्लाबाट रामेछाप उड्ने क्रममा रहेको ‘नाइन एन एएमएच’ कलसाइन विमान धावनमार्गबाट चिप्लिएर पार्किङ गरी राखिएको श्री एयर र मनाङ एयरको ‘नाइनएन एएलसी’ कल साइन हेलिकप्टरसँग ठक्कर खाई दुर्घटना भएको थियो ।
     
    दुर्घटनामा परी समिट एयरका सहायक पाइलट सुजित ढुङ्गाना, प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको थियो । उक्त घटनामा समिट एयरका पाइलट रवीनाथ रोकाय र मनाङ एयरको हेलिकप्टरका पाइलट चेतबहादुर सामान्य उपचारपश्चात् घर फर्किसकेको मन्त्रालयद्वारा आइतबार साँझ जारी विज्ञप्तिमा उल्लेख छ । सोही दुर्घटनामा मनाङ एयरका कर्मचारीको उपचार भइरहेको जनाइएको छ । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      सर्वोच्च अदालतमा ५ न्यायाधीश अनुमोदित
      ट्राफिक प्रहरीको भत्ता ४० प्रतिशतसम्म वृद्धि हुने !
      प्रहरी हिरासतमा रहेका पत्रकार अर्जुन गिरी रिहा
      प्रकाण्ड भए विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज
      सिके राउत मधेसवादी दलप्रति आक्रामक, दिए ‘दलाल’को उपनाम
      विप्लव नेकपाको नेपाल बन्दको प्रभाव काठमाडौंमा न्यून
      बाग्लुङमा बम ? नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु डिस्पोज
      प्रधानमन्त्री कृषि परियोजनाः व्यर्थैमा ६० करोड स्वाहा !
      प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया अनुमोदित
      ललिता निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न गएकाहरु गिरफ्तार
      चन्द नेतृत्वको समूहसँग वार्ता प्रक्रिया भइरहेको छ : गृहमन्त्री
      समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन
      स्थानीय सरकारलाई थप बलियो बनाउछौँ : मन्त्री विष्ट
      यस्ता छन् काङ्ग्रेसको ‘हिपतम’ जागरण अभियानका १५ उद्देश्य
      ललिता निवास हिनामिना प्रकरणः अख्तियारभित्रै सेटिङ प्रयास
      नेपाल-भारत सीमा ३ दिन बन्द, थप सुरक्षाकर्मी तैनाथ
      समायोजन चित्त नबुझेपछि संशोधनका लागि मन्त्रालय धाउँदै कर्मचारी
      प्रदेश नं ५ : प्रदेशसभाले ३० विधेयक पारित गर्यो
      विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा
      वैशाख ९ गतेभित्रमा पार्टी एकताले मूर्तरुप लिने छ : नेता आचार्य
      हलेसीमा बस दुर्घटना : एकको मृत्यु, १४ गम्भीर घाइते
      विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त
      नेकपाको सांगठनिक एकता वैशाख ९ गते होला त ? यस्तो छ तयारी..
      पार्टीमा एकता भए कसैले काङ्ग्रेसलाई हराउन सक्दैन : देउवा
      शान्ति मिसनमा जाने सशस्त्र प्रहरीका लागि खुसीको खबर
      पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न चिनियाँ टोली नेपाल आउँदै
      राजश्वमा गुणात्मक वृद्धि गर्न मन्त्री खतिवडाको निर्देशन
      सरकारद्वारा विमान दुर्घटनाको छानबिन गर्न समिति गठन
      केन्द्रले पठाएको कर्मचारी स्थानीय तहले फिर्ता गरेपछि ...
      सोलुखुम्बु जहाज दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो
      Weather Forecast