पर्यटन विकासका लागि कालीगण्डकीमा राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा #आहा खबर# भागेर बिहे गरेका कारण १ घण्टा कुखुरा बनि भोग्नु पर्यो सजाय (भिडियो सहित) #आहा खबर# प्रदेश नं ३ मा लगानी भित्र्याउन चितवनमा बृहत् सम्मेलन #आहा खबर# याद राख्नुहोस्, बिहिवार भुलेर पनि यी काम गर्दा हुनसक्छ ठुलो दुर्घटना ! #आहा खबर# नेपाल भ्रमण वर्ष २०२० - सगरमाथाको चुचुरोमा झन्डा फहराउने लक्ष्य #आहा खबर# लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको आज ६९औं जन्मदिन #आहा खबर# समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर#
    आर्थिक खबर

    फालेलुङमा चौँरी महोत्सव, चौँरीपालकको पृथक नृत्य विशेष आकर्षण

    सोमबार, २ बैशाख २०७६, आहाखबर
    फिदिम, २ वैशाख 
     
    पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आइतबार चौँरी महोत्सव आयोजना गरिएको छ ।
     
    चौँरीको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित महोत्सवमा चौँरीका उत्पादन र चौँरीसँग सम्बन्धित वस्तु प्रदर्शनमा राखिएका थिए । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गर्नुभएको महोत्सवमा सयौँको सङ्ख्यामा चौँरी प्रदर्शनका लागि चारराते क्षेत्रमा ल्याइएको थियो । महोत्सवको उद्घाटन गर्दै मन्त्री आङ्बोले पर्यटन प्रवद्र्धनका लागि चौँरीपालनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । 
     
    चौँरीपालनलाई पर्यटकको आकर्षणका रुपमा विकास गरी स्थानीयको आयआर्जनमा टेवा पु¥याउने, चौँरी संस्कृतिको विकास गर्ने, चौँरीजन्य उत्पादनको प्रवद्र्धन गर्ने, लोपोन्मुख वन्यजन्तु तथा जडीबुटीको संरक्षण गर्ने, वातावरण संरक्षण तथा जलवायु परिवर्तनका जोखिम न्यूनीकरण गर्ने सन्देश प्रवाह गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मौसम ढुङ्गेलले वताउनुभयो । गाउँपालिकाले गरेको अध्ययनअनुसार उक्त गाउँपालिकाभित्र पर्ने फालोट क्षेत्रमा २१ वटा चौँरी गोठमा ५०४ वटा चौँरी रहेका छन् । चौँरीपालनमा करीब १०० मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न छन् । महोत्सव आयोजना गरिएको स्थल समुद्र सतहबाट तीन हजार ४०० मिटरको उचाइमा छ । महोत्सवमा चौँरीपालकको पृथक नृत्य विशेष आकर्षण थियो । महोत्सवमा पूर्वी नेपालका जिल्लासहित छिमेकी मुलुक भारत, भुटान र चीनबाट समेत महोत्सव अवलोकन गर्नेको भीड लागेको थियो ।
     
    चौँरीपालनलाई व्यवस्थित बनाई चौँरीपालकको आयआर्जनमा बढोत्तरी ल्याउन महोत्सवबाट प्रोत्साहित गर्ने गाउँपालिकाको योजना छ । यसका लागि गाउँपालिकाले चौँरीगोठ व्यवस्थित गर्ने कार्यक्रमलाई चालू आर्थिक वर्षबाट अघि बढाइसकेको गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले बताउनुभयो । 
     
    यसअघि यहाँका सुर्केथाम दुग्ध सहकारी तथा फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन विकास समितिको आयोजनामा दुई पटक चौँरी महोत्सव सम्पन्न भइसकेको छ ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      आर्थिक अनुशासन लत्याउँदै अर्थ मन्त्रालय, एकै महिनामा ११ अर्ब ८८ करोड रकमान्तर
      प्रदेश ३ का मुख्यमन्त्रीद्वारा हावाहुरी पीडितलाई १ करोड सहयोग
      शिक्षक र स्वास्थ्यकर्मीका गुनासा : तलब छैन, तनाव मात्रै
      सातै प्रदेशमा : आजदेखि विदेशबाट फर्किएकाको सीप परीक्षण
      'सरकार भनेको एक हातले अनुदान दिने हो, अर्काेले कर लगाउने हो'
      फालेलुङमा चौँरी महोत्सव, चौँरीपालकको पृथक नृत्य विशेष आकर्षण
      हिमाल आरोहणबाट रु ४५ करोड बढी रोयल्टी सङ्कलन
      जब मन्त्रीज्यूले भन्नुभयो - के भनौँ र खै ! तिमी हाँस है, मै बसौँला रोई !
      भारत र बंगलादेशपछि दक्षिण एसियामा नेपालको आर्थिक वृद्धिदर उच्च हुने
      प्रदेश नं ३ सरकारले लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन गर्दै
      अछाम महोत्सवमा ४० लाखको कारोवार
      यी हुन् विश्वका सबैभन्दा धनी ७ महिला, कसरी पुगे त्यहाँसम्म ?
      विद्युत् सर्ट हुँदा छापाखानामा आगलागी, ३० लाखको क्षति
      लालीगुराँस फूलको सदुपयोग नहुँदा लाखौँ रुपैयाँ नोक्सान
      ग्यासको अभाव हुने सम्भावना, देशभरका उद्योग बन्द गर्दै ग्यास व्यवसायी
      गाउँपालिकाको काम राम-राम ! विकासलाई थातिराखि 'विन्दास' गाडीको सवारी
      धनाढ्य भारतीयहरू : दानदातव्यमा पछाडि, कारोबारमा अब्बल
      नेपाल बारको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ र महासचिवमा लीलामणि पौडेल विजयी
      किसानलाई अनुदानै अनुदान, जीबनस्तर उकासियला ?
      हेटौँडा उपमहानगरको आन्तरिक आय १५ प्रतिशतले वृद्धि
      झापाका स्थानीय तहबाट बारामा २३ लाख राहत प्रदान
      आँधिबेहरी प्रभावित क्षेत्रमा भारतद्वारा राहत वितरण
      राष्ट्रिय विकास परिषद् बैठक : आर्थिक वृद्धिले असमानता नहुने गरी योजना निर्माण
      अर्थतन्त्रका सूचक सकारात्मक, आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण
      लगानी सम्मेलनमा सीएमइसी ! खानेपानी, सडक र तमोरमा प्रस्ताव
      त्रियुगा नदीक्षेत्रको ६८ बिघामा वृहत औद्योगिक ग्राम परियोजना शुरु
      राष्ट्रिय विकास परिषद् बैठक : प्रतिव्यक्ति आय १२ हजार ५ सय डलर पुर्याउने मार्गचित्र
      नेपालको पानी कतारमा बेच्न सिंहदरबारमा यस्तो प्लान !
      पन्ध्रौँ योजनाले अन्तिम रुप पाउँदैः प्रतिव्यक्ति आय १२ हजार ५ सय डलर पुर्याउने
      राजश्व कार्यालय भरतपुरद्धारा २७ करदाताको सम्पत्ति रोक्काको तयारी
      Weather Forecast