अफगानिस्तानलाई फेरि झड्का, बँग्लादेश ६२ रनले विजयी, शकिबको नयाँ रेकर्ड #आहा खबर# के गरिस मंगले, आफ्नै ढङ्गले ! आफ्नै कार्यशैलीका कारण सरकार ‘घेराबन्दी’मा #आहा खबर# पहिरामा थुनिएका ५१ जना सुरक्षित स्थानमा #आहा खबर# आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा #आहा खबर# विश्वकप क्रिकेट : वेष्ट इण्डिजलाई ठूलो धक्का, चोटका कारण आन्द्रे रसेल बाहिरिए #आहा खबर# विप्लव समूहमा संलग्न भएको आरोपमा फिल्म ‘मालिका’ का निर्माता नरबहादुर कार्की पक्राउ #आहा खबर# तल्लो मोदी जलविद्युत् आयोजना पुनः सञ्चालनमा #आहा खबर# दुधसँग भुलेर पनि नखानुहोस यी ८ चिजहरु #आहा खबर# 'क्लीन फिड' नीतिले हंगामा ! टेलिभिजन प्रशारण बन्द, व्यवसायीहरु भन्छन् - सरकारलाई दबाब दिएका हौं #आहा खबर# आठबीसकोट नगरपालिका बन्यो मदिरामुक्त नगरपालिका #आहा खबर# राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु #आहा खबर# भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन यस्तो 'मास्टर प्लान' #आहा खबर# अर्घाखाँचीमा 'खानेपानीको मुहान बचाऔं, प्राण बचाऔं' अभियान तीब्र #आहा खबर# क्रिकेट विश्वकप : बंगलादेशद्वारा अफगानिस्तानलाई २ सय ६३ रनको लक्ष्य #आहा खबर# नेकपा कास्कीका ७२ वडाका अध्यक्ष र सचिवको शपथ #आहा खबर#
    शेयर बजार

    साल २०७५ : शेयर लगानीकर्ताले ३५ अर्ब ४० करोड गुमाएको वर्ष

    सोमबार, २ बैशाख २०७६, आहाखबर

    काठमाडौँ, २ वैशाख

    शेयर बजारका लगि वर्ष २०७५ निकै उतारचढावपूर्ण रहयो । लगानीकर्ताले ३५ अर्ब भन्दा बढी गुमाउन पुगे । नेप्सेमा पनि झण्डै एकसय अंकको गिरावट देखियो । बजारका विषयमा अर्थमन्त्री डा. युवराज खतिवडा जहिले आलोचित बनिरहे ।

    शेयर बजारमा वर्ष २०७५ लगानीकर्ताकालागि शुखद रहेन् । २०७५ बैशाख २ गते १ हजार २ सय ७७ दशमलव ५५ अंकबाट खुलेको नेप्से परिसूचक वर्षको अन्तिम कारोबार भएको दिन चैत २८ गते १ हजार १ सय ८४ दशमलव शुन्य २ अंकमा बन्द भएको छ । समग्रमा नेप्सेमा ९३ दशमलव ५३ अंकको गिरावट आएको छ । यो अवधिमा लगानीकर्ताले ३५ अर्ब ३९ करोड १९ लाख रुपैयाँ गुमाएका छन् ।

    अर्थमन्त्रालय, नेपाल धितोपत्र वोर्ड, नेपाल राष्ट्र बैंक लगायतले शेयर बजार सुधारका लागि विभिन्न प्रयास गरेपनि लगानीकर्ताले विश्वास गर्न नसक्दा बजार प्रभावित भएको देखिन्छ । त्यस्तै बैंक तथा वित्तीय बजारमा ब्याजदर उच्च हुँदा लगानीकर्ताले शेयर विक्री गरेर बैंकमा निक्षेप राख्दा बजार प्रभावित भयो । वर्षको सुरुमै हकप्रद र बोनस शेयर विक्रीमा पूँजीगत लाभकर गणना गर्ने विषयमा लगानीकर्ता र सरकारबीच विवाद भयो । यसले पनि शेयर बजारमा सरकार प्रति लगानीकर्ताले शंका गरिरहे ।

    यस वर्ष अर्थमन्त्री डा. युवराज खतिवडा आफ्नो अभिव्यक्तिका कारण लगानीकर्ताबीच आलोचित बने । नेपाल स्टक एक्सचेन्जले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली लागु गरेपछि बजार विस्तार हुने अपेक्षा राखेका लगानीकर्ताले अनलाइन दर्ता र यसको प्रयोगमा नेप्सेले प्रयाप्त जानकारी दिन नसक्दा उत्साहित हुन सकेनन् ।

    त्यस्तै अनलाइन प्रणालीमा पटक पटक आएको समस्याका कारण लगानीकर्ता निराश देखिए । वर्षको अन्त्य तिर अर्थमन्त्री डा. युवराज खतिवडाले मुद्रा तथा पूँजी बजारका लागि डोपुटी गभर्नर शिवराज श्रोष्ठको नेतृत्वमा समिति गठन गरे । समितिले दिएको अधिकांश सुझाव कार्यान्वयनमा आएपनि लगानीकर्ताले अझै विश्वास गर्न सकेनन् । यसैबीच केही लगानीकर्ता आन्दोलित पनि भए । उद्योगी व्यवसायीहरु पनि आन्दोलित भए । प्र्रधानमन्त्री केपी शर्मा ओलीले ब्याजदर घटाउन दबाब दिए । त्यसपछि ब्याजदरमा पनि केही कमि आयो । तरपनि बजारले लगानीकर्ताले सोचेजस्तो बाटो लिन भने सकेन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast