बिहिवार, असोज ३०, २०७६
    मुभी-थिएटर

    सलमान खानको ‘बिइङ्ग ह्युमन’ कालोसूचीमा

    सोमबार, २ बैशाख २०७६, आहाखबर

    एजेन्सी, २ वैशाख

    सामाजिक सेवाका लागि बलिउड अभिनेता सलमान खानले सञ्चालन गरेको गैरसरकारी संस्था ‘बिइङ्ग ह्युमन’ कालोसूचीमा परेको छ । बिइङ्ग ह्युमनलाई मुम्बइ महानगरपालिकाले कालोसूचीमा राखेको छ ।

    सम्झौता अनुसार महानगरले उपलब्ध गराएको ठाउँमा डाइलासिस केन्द्र स्थापना नगरेपछि उनको संस्थालाई मुम्बइ महानगरपालिकाले कालोसूचीमा राखेको हो । सन् २०१६मा मुम्बइ महानगरपालिका र ‘बिइङ्ग ह्युमन’बीच मुम्बइमा १२ वटा डाइलाइसीस केन्द्र स्थापना गर्ने परियोजनामा साझेदारीको सम्झौता भएको थियो ।

    जसमा महानगरपालिकाले ठाउँ उपलब्ध गराउने र खानको संस्थाले कर्मचारी र आवश्यक सामग्री व्यवस्था गरी केन्द्र चलाउने उल्लेख थियो । तर, महानगरपालिकाले उपलब्ध गराएका सबै ठाउँमा डाइलाइसीस केन्द्र नचालाएपछि उक्त संस्था कालोसूचीमा परेको हो ।

    ‘बिइङ्ग ह्युमन’का प्रतिनिधिले भने महानगरपालिकासँग वार्ता भइरहेको जनाएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast