अफगानिस्तानलाई फेरि झड्का, बँग्लादेश ६२ रनले विजयी, शकिबको नयाँ रेकर्ड #आहा खबर# के गरिस मंगले, आफ्नै ढङ्गले ! आफ्नै कार्यशैलीका कारण सरकार ‘घेराबन्दी’मा #आहा खबर# पहिरामा थुनिएका ५१ जना सुरक्षित स्थानमा #आहा खबर# आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा #आहा खबर# विश्वकप क्रिकेट : वेष्ट इण्डिजलाई ठूलो धक्का, चोटका कारण आन्द्रे रसेल बाहिरिए #आहा खबर# विप्लव समूहमा संलग्न भएको आरोपमा फिल्म ‘मालिका’ का निर्माता नरबहादुर कार्की पक्राउ #आहा खबर# तल्लो मोदी जलविद्युत् आयोजना पुनः सञ्चालनमा #आहा खबर# दुधसँग भुलेर पनि नखानुहोस यी ८ चिजहरु #आहा खबर# 'क्लीन फिड' नीतिले हंगामा ! टेलिभिजन प्रशारण बन्द, व्यवसायीहरु भन्छन् - सरकारलाई दबाब दिएका हौं #आहा खबर# आठबीसकोट नगरपालिका बन्यो मदिरामुक्त नगरपालिका #आहा खबर# राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु #आहा खबर# भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन यस्तो 'मास्टर प्लान' #आहा खबर# अर्घाखाँचीमा 'खानेपानीको मुहान बचाऔं, प्राण बचाऔं' अभियान तीब्र #आहा खबर# क्रिकेट विश्वकप : बंगलादेशद्वारा अफगानिस्तानलाई २ सय ६३ रनको लक्ष्य #आहा खबर# नेकपा कास्कीका ७२ वडाका अध्यक्ष र सचिवको शपथ #आहा खबर#
    यातायात

    म्याग्दीको मोना–बेनी–लभ्लीहिल पदमार्गको निर्माण कार्य अलपत्र

    सोमबार, २ बैशाख २०७६, आहाखबर

    म्याग्दी, २ वैशाख

    स्थानीय सरकार, प्रवासी र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा सञ्चालित म्याग्दीको मोना–बेनी–लभ्लीहिल पदमार्गको निर्माण कार्य अलपत्र बनेको छ । 

    गत भदौमा शिलान्यास भएर चार महीनापछि पुस पहिलो हप्तादेखि निर्माण शुरु भएको बेनीदेखि पर्यटकीयस्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य विगत एक महीनादेखि रोकिएको छ । 

    साझेदार निकायबीचको असमझदारी, अविश्वास र ढिलासुस्तीका कारण बेनी नगरपालिकाले म्याग्दी उद्योग वाणिज्य सङ्घ र प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना)सँगको साझेदारीमा बेनपा–२ हाँडेभिरदेखि लभ्लीहिलसम्मको उकालोमा बनाउन लागेको पदमार्ग अलपत्र परेको हो । 

    उपभोक्ता समितिले आफूले गर्नुपर्ने काम दोस्रो व्यक्तिलाई ठेक्कामा दिएपछि साझेदार निकायबीच अविश्वास पैदा भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्य उपभोक्ता समितिको अध्यक्ष रहनुभएको यो पदमार्ग निर्माणको काम दोस्रो व्यक्तिलाई ठेक्कामा दिएको भन्दै नगरपालिका र मोनाले असन्तुष्टि जनाएका छन् । 

    अध्यक्ष कर्माचार्यले भने पदमार्गका मजदूर बेनी बजार संरक्षण आयोजनामा परिचालन भएकाले काम रोकिएको बताउनुभयो । बजार संरक्षण योजनामा छोटो समयमा धेरै काम गर्नुपर्ने तर मजदूर नपाएकाले पदमार्गका मजदूरसमेत नदी नियन्त्रण योजनामा परिचालन गरिएको उहाँले बताउनुभयो । 

    नगरपालिकाले तीनवटै पक्षले कूल परिणामको कामको भुक्तानी समानुपातिक रुपमा गर्नुपर्ने अडान लिएपछि उद्योग वाणिज्य सङ्घ र मोनाले आर्थिक स्रोत जुटाउन नसकेपछि पदमार्ग निर्माण रोकिनुको अर्को कारण हो । 

    अध्यक्ष कर्माचार्यले भने सङ्घ र मोनाले समितिको खातामा जम्मा गर्नुपर्ने रकम व्यवस्थापन भइसकेको दाबी गर्नुभयो । ६७७ मिटर पदमार्ग बनाउनुपर्नेमा हालसम्म ३५० मिटर मात्र बनेको बेनी नगरपालिकाका इञ्जिनीयर विमलरञ्जन कार्कीले बताउनुभयो । 

    १.८ मिटर चौडाइ भएको दायाँबायाँ दुवैतर्फ रेलिङसहितको पदमार्ग निर्माणमा रु ७६ लाख लागत अनुमान गरिएको छ । नगरपालिका, मोना र सङ्घले क्रमशः ५०, ४० र १० प्रतिशत लगानी गर्ने सम्झौता भएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast