समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर# सञ्जय दत्तकी छोरी त्रिशालाको फोटो इन्टरनेटमा भयो भाइरल ! #आहा खबर# खेलकूदको विकासका लागि विशेष पहल आवश्यक : राष्ट्रपति भण्डारी #आहा खबर#
    घुमघाम

    सुन्दरीजल–वाग्द्वार क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न महोत्सव

    आईतवार, १ बैशाख २०७६, –पूर्णप्रसाद मिश्र.
    काठमाडौँ, १ वैशाख
     
    वाग्मतीको उद्गमस्थल वाग्द्वारलाई चिनाइ यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सुन्दरीजल–वाग्द्वार पर्यटन महोत्सव आयोजना गरिएको छ । गोकर्णेश्वर नगरपालिकाले वाग्द्वारमा स्नान मेला लाग्ने वैशाख १ गतेको अवसर पारेर नगरपालिकाको वडा नं १ स्थित देउरालीमा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा हजारौँको सहभागिता थियो । 
       
    शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिका एवं काठमाडौँ, नुवाकोट र सिन्धुपाल्चोकको सीमा नजिकमा रहेको वाग्मतीको उद्गमस्थल वाग्द्वारबाट निस्किएको पानी गोकर्णेश्वर महादेव मन्दिर हुँदै राजधानी प्रवेश गर्छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट निस्किएपछि गङ्गा नदीमा नमिसिएसम्म वाग्मतीकै नामले प्रसिद्ध छ । यसैले यो स्थानको महत्व रहेको स्थानीयवासीको भनाइ छ ।
     
    कार्यक्रमको उद्घाटन गर्नुहुँदै पूर्वखेलकूदमन्त्री एवं सांसद राजेन्द्रकुमार केसीले प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुन्दरीजल–वाग्द्वार क्षेत्रको विकासमा तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्यत्रय छिरिङदोर्जे लामा, रामेश्वर फुयाँल र राधा घलेले राजधानी नजिकैको पर्यटकीय महत्व बोकेको स्थललाई हालसम्मका सरकारले विकास गर्न नसकेको टिप्पणी गर्नुभयो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले स्थानीय तहसँग समन्वय नगरी वडा नं १ को मूलखर्क, ओखरेनी, चिलाउनेलगायत बस्ती सार्ने हल्ला गरिएको भन्दै आपत्ति जनाउनुभयो । नगर उपप्रमुख शान्ति नेपालले निकुञ्जभित्रै बस्ती गरेर बसेका मानिससँग पनि बाहिर गएर आउँदा रु १२५ शुल्क उठाइएकामा आपत्ति जनाउनुभयो । 
     
    कार्यक्रममा वडा नं १ का अध्यक्ष राम मानन्धर, स्थानीय पर्यटन विकास समितिका अध्यक्ष कान्छाराम तामाङलगायतले सुन्दरीजल–वाग्द्वार क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न तिनै तहका सरकारले समन्वयात्मकरुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । 
     
    वाग्द्वारमा भक्तजन 
     
    वैशाख १ गते स्नान मेला लाग्ने वाग्मतीको उद्गमस्थल वाग्द्वारमा आज हजारौं स्वदेशी एवं विदेशी पर्यटक तथा भक्तजनले स्नान गरेको वडा अध्यक्ष राम मानन्धरले जानकारी दिनुभयो । वैशाख १ गते स्नानका लागि वाग्द्वार पवित्र तीर्थस्थल मानिन्छ ।
      
    वैशाख १ गतेका दिनमा त्यहाँ पुगी स्नान गरेमा पाप पखालिइ अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । वाग्मतीको वर्णन विभिन्न पुराणमा गरिएको छ । सृष्टिको शुरुमा ब्रह्माजी मृगेन्द्रशिखरको मध्यभागमा तपस्या गरेर बस्दा पानीको अभाव भएपछि शिवजीको ध्यान गरी शिवजीको वाग् अर्थात् बोलीबाट प्रकट भएकाले यस नदीको नाम वाग्मती रहेको विषय नेपाल माहात्म्यको हिमवत्खण्ड लगायतका धार्मिक ग्रन्थमा व्याख्या गरिएको वेदमा विद्यावारिधि गर्नुभएका प्रा डा ऋषिराम पोखरेल बताउनुहुन्छ ।
       
    “ब्रह्माजीले शिवजीको तपस्या गर्दा सबै देवता आई देवसभा नै यहीँ भएको वर्णन धार्मिक ग्रन्थमा पाइन्छ, यही सभाका समयमा शिवजीको बोलीबाट वाग्मती प्रकट भएकाले यस नदीलाई ब्राह्मी, सरस्वती, भारती, वाग्वती र वाग्मती आदि नामले पुकारिन्छ”, उहाँले भन्नुभयो ।
     
    वाग्मती प्रकट भइसकेपछि शिवजीले यस नदीमा स्नान गर्न हिँडेमा मात्र पनि अश्वमेध यज्ञ गरे बराबरको फल प्राप्त हुनेछ भनी वरदान दिनुभएको पौराणिक मान्यता छ । यहाँ स्नान गरेमा भुक्ति र मुक्ति प्राप्त हुनेछ भनी वरदान दिएकाले अहिलेसम्म पनि स्नान मेला लागेको हो भन्ने विश्वास छ ।
       
    वाग्मती नदी प्रकट भएको मृगेन्द्र शिखरको जल खाएमा भक्भके बोली भएकाको बोलीमा शुद्धता आउने धार्मिक विश्वाससमेत छ । यही विश्वासका कारण पनि वैशाख १ गते हजारौँ स्नान र जल सेवनका लागि वाग्द्वारमा जाने गरेका छन् ।
       
    शिवजीको बोलीबाट वाग्मती प्रकट भइसकेपछि अरु नदी मिसिने प्रत्येक स्थानमा तीर्थ बन्नेछ र यहाँ स्नान एवं दान गरेमा पुण्य प्राप्त हुनेछ भनी भगवान् विष्णुले वरदान दिएको धार्मिक विश्वास छ । यसैले सूर्यग्रहण, चन्द्रग्रहण र औँसी आदि पर्वमा वाग्मतीमा स्नान गरी दान दिने परम्परा सनातनदेखि चलिआएको हो । वाग्मती नदी भारतमा रहेको जमुना नदीसित नमिलुञ्जेल अविछिन्नरुपमा वाग्मतीकै नामले चिनिने र यसबीचमा एक हजार आठ तीर्थस्थल रहेको प्रा डा पोखरेल बताउनुहुन्छ । 
            
    हाल चिसापानी, हेलम्बु, मेलम्ची, पाटीभञ्ज्याङ, लाङ्टाङ, झुले, जहरसिंहपौवा, नगरकोटलगायत पर्यटकीयस्थलमा सुन्दरीजलकै मार्गबाट पदयात्रा गर्ने गरिन्छ । यो पदमार्गबाट विदेशी एवं स्वदेशी पर्यटकले यात्रा गर्ने भए पनि यहाँ पूर्वाधारका विकास हुन नसकेको पर्यटन व्यवसायी नारायण श्रेष्ठले गुनासो गर्नुभयो । 
     
     
                    
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      अङ्ग्रेजी नयाँ वर्षको रौनक : चितवन-सौराहा पर्यटकले भरिभराउ, शतप्रतिशत होटल बुकिङ
      स्वदेशी-विदेशी पर्यटकलाई थप सुविधा, धौलागिरिका दर्जनौं घरमा होमस्टे सेवा
      नारायणहिटी दरबार सङ्ग्रहालयका थप कोठाहरु सर्वसाधारणको अवलोकनका लागि खुला
      पहिलोपटक काठमाडौँ–जनकपुर पर्यटकीय बस सञ्चालन, काभ्रे–सिन्धुली–बर्दिबास हुँदै आवत-जावत
      चितवनको ‘धर्मधाम’मा पर्यटकीय आकर्षण बढ्दो, जिल्लाकै नमूना मन्दिरको पहिचान
      विश्वमै दुर्लभ तथा लोपोन्मुख अवस्थामा पुगेको सेतो गिद्धको गुँड बारेकोटमा !
      विश्वको सातौं अग्लो धौलागिरि हिमालको आधार शिविरमा पुग्न फराकिलो पदमार्ग निर्माण
      अन्नपूर्ण क्षेत्रलाई ‘पर्या पर्यावरण कुमारी क्षेत्र’ घोषणा गरिने, विकासका नाममा मेसिनरी औजार प्रयोगमा रोक !
      चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकसँगै राजश्व पनि वृद्धि, यसवर्ष सबैभन्दा बढी पर्यटक आउने अपेक्षा
      धादिङको थाँक्रे–६ स्थित रानीझरनामा व्यावसायिक रुपमै क्यानोनिङ शुरु
      सगरमाथा आधार शिविरदेखि क्याम्प ४ सम्मको बाटो खुलेर संचालनमा
      जंगल सफारीकालागि म्याग्दीको ‘करबाकेली इको ट्रेक’ आर्कषक गन्तब्य
      नयाँ पर्यटकीय गन्तव्य पहिल्याउने उद्देश्यसहित पूर्वको पदयात्रा शुरु
      म्याग्दीको सुन्दर पर्यटकीय क्षेत्र 'थामकोट' मा भ्यूटावर निर्माण गरिने
      पर्यटकलाई आकर्षित गर्दै सुन्दर तिम्बुपोखरी, पदयात्राका लागि उपयुक्त गन्तव्य
      पञ्चकन्यास्थित नुवाकोटको घलेभञ्ज्याङमा पर्यटनको सम्भावना बढ्दै
      चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा 'पहिलोपटक' पर्यटकका लागि 'जिप सफारी' शुरु
      यसअघि चर्चामा मात्रै सीमित सुनसरीको धरानमा पदमार्ग र होमस्टेबारे अध्ययन शुरु
      सन् २०१८ नयाँ साल, जाने होइन त घुम्न मनाङको तिलिचो ताल ?
      धनगढी फनपार्क निर्माणको काम अन्तिम चरणमा
      इण्डोनेशिया : इतिहास, प्रकृति र अध्यात्मको नजिक (फोटो फिचर)
      पर्यटक लोभ्याउँदै पाल्पाका ऐतिहासिक भुरे राजाको जुरे गुफा
      म्याग्दीको ‘बेलढुंगा’बन्यो दृश्यावलोकनको सुन्दर गन्तव्य
      ओखलढुंगामा सिद्धिचरण सङ्ग्रहालय बन्दै, स्रष्टा पार्क निर्माण अन्तिम चरणमा
      यी हुन् लोन्ली प्लानेटले रोजेका नेपालका उत्कृष्ट पदयात्रा मार्ग
      पदमार्गले संसार चिनाएको क्षेत्र, जहाँका पर्यटक बल्ल होटल सर्न थाले
      लाङटाङमा पर्यटकको आगमन बढ्यो, दैनिक ६० बढी पर्यटक
      दशैंमा नेपाली सेनाको बसमा निःशुल्क सरर... यस्तो छ है रुट !
      राष्ट्रपतिद्वारा चन्द्रागिरिमा सम्राट ‘पृथ्वीनारायण शाह’को शालिक अनावरण
      खप्तड क्षेत्र अर्थात ‘धर्तीमा स्वर्ग’
      Weather Forecast