पर्यटन विकासका लागि कालीगण्डकीमा राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा #आहा खबर# भागेर बिहे गरेका कारण १ घण्टा कुखुरा बनि भोग्नु पर्यो सजाय (भिडियो सहित) #आहा खबर# प्रदेश नं ३ मा लगानी भित्र्याउन चितवनमा बृहत् सम्मेलन #आहा खबर# याद राख्नुहोस्, बिहिवार भुलेर पनि यी काम गर्दा हुनसक्छ ठुलो दुर्घटना ! #आहा खबर# नेपाल भ्रमण वर्ष २०२० - सगरमाथाको चुचुरोमा झन्डा फहराउने लक्ष्य #आहा खबर# लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको आज ६९औं जन्मदिन #आहा खबर# समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर#
    धर्म-संस्कृति

    सेतो मच्छेन्द्रनाथको दर्शन गर्न भक्तजनको घुइँचो

    आईतवार, १ बैशाख २०७६, आहाखबर

    वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई असनमा पु¥याएपछि पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । 
     
    चैत्र शुक्ल नवमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु गरिन्छ । पहिलो दिन रथलाई असनमा पु¥याइएको थियो । शनिबार राति नै राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मच्छेन्द्रनाथको दर्शन गर्नुभएको रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिनुभयो । 
     
    आइतबार बेलुकी ५ बजेसम्म असन क्षेत्रका स्थानीयवासीलाई पूजा एवं दर्शन गर्नका लागि रथ त्यहीँ राखिन्छ । आज ५ बजेपछि रथयात्रा शुरु गरी हनुमानढोका पु¥याइनेछ । १७ औँ शताब्दीमा शुरु भएको रथयात्रा यहाँको सभ्यताको पहिचानका रुपमा स्थापित छ । 
     
    रथ यात्राले धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा सहयोग पुग्ने समितिले जनाएको छ । वैशाख २ गते हनुमानढोकाबाट लगनटोलमा रथ लगिनेछ । वैशाख ३ गते लगनटोलमा रहेको सेतो मच्छेन्द्रनाथकी आमा (माँ सीमा) लाई तीन पटक घुमाइन्छ । वैशाख ४ गते मच्छेन्द्रबहालस्थित मन्दिरमा प्रवेश गराएपछि यो जात्रा समाप्त हुन्छ । 

     सेतो मच्छेन्द्रनाथको रथ तानेर रात्रि विश्राम गर्ने स्थलमा भक्तजनको भीड लाग्ने गर्छ । रथयात्रा गरेपछि वर्षा हुने र अनिकाल हटी सहकाल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      सेतो मच्छेन्द्रनाथको रथ लगनटोलमा
      विश्व शान्तिको कामना गर्दै त्रिपुरासुन्दरी मन्दिरमा पूजा
      'सुथः सिया' जात्रा - सिन्दुरले रंगिएको मध्यपुर थिमि (फोटोफिचर)
      पूर्वी तराईका जिल्लामा मनाइने सिरुवा पर्व पोखरामा पनि मनाइयो
      सेतो मच्छेन्द्रनाथको दर्शन गर्न भक्तजनको घुइँचो
      आजदेखि नयाँ वर्ष प्रारम्भ, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
      चैतेदशैँ र रामनवमी : देशभरका शक्तिपीठ र राममन्दिरमा भक्तजनको भीड
      मिथिला अञ्चलमा सोमबारदेखि चैतीछठ शुरु
      चैत्र नवरात्र शुरु : शक्तिपीठमा भक्तजनको भीड
      आजबाट आगामी वैशाख ६ गतेसम्म विक्रमबाबा मेला शुरु
      त्रियुगा खोला बीचमा त्रिवेणी देवीको मन्दिर निर्माण हुँदै
      संस्कृति बचाउन अघि सरे युवा, गरियो नचारु नाँच प्रदर्शन
      ऐतिहासिक पोखरी भाज्या पुखुः को प्रतिवेदन तयार
      नेपाललाई हिन्दुराष्ट्र बनाउन राप्रपाले थाल्यो यस्तो अभियान
      बिस्केट जात्रा: अव्यस्थित रुपमा राखिएका तार व्यवस्थित गरिने
      पशुपतिमा महायज्ञका लागि प्रचारप्रसार अभियान
      सङ्गमेश्वर महादेव मन्दिरमा महायज्ञ चैत २२ गतेदेखि शुरु
      तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होलीपर्व मनाइँदै
      फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै
      विगत ५० वर्षदेखि ‘रुपाली’ होली निरन्तर, यसकारण महत्व बढ्दै ...
      देवघाटमा पूर्वीय दर्शन अध्ययन केन्द्र बनाइने
      मगर जाति हुर्रा नाच संरक्षणको अभियानमा
      देवघाटधाममा शिवमूर्ति निर्माणका लागि पशुपतिमा महायज्ञ
      रैथाने धर्मको संरक्षणका लागि धार्मिक सहृदयता सम्मेलन
      सांस्कृतिक विविधता नेपालको पहिचान, ग्याल्बो ल्होसारको शुभकामना : प्रम
      थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा
      महायज्ञबाट ७५ लाख सङ्कलन, मन्दिरको पुनःनिर्माण गरिदै
      महायज्ञमा ४ करोड ८४ लाख सङ्कलन
      पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड
      पशुपतिनाथमा माछामासु, गाँजा बिक्रीवितरण र सेवन निषेध
      Weather Forecast