याद राख्नुहोस्, बिहिवार भुलेर पनि यी काम गर्दा हुनसक्छ ठुलो दुर्घटना ! #आहा खबर# नेपाल भ्रमण वर्ष २०२० - सगरमाथाको चुचुरोमा झन्डा फहराउने लक्ष्य #आहा खबर# लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको आज ६९औं जन्मदिन #आहा खबर# समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर#
    पर्यटन समाचार

    नयाँ वर्ष !

    पर्यटकले भरिभराउ सौराहा, अधिकांश होटलमा अग्रिम बुकिङ

    आईतवार, १ बैशाख २०७६, आहाखबर

    भरतपुर, १ वैशाख  :

    चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा नयाँ वर्ष २०७६ मा पर्यटक भरिभराउ छन् । यहाँ रहेका ११० पर्यटकीय होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो ।

    “करीब करीब २५/३० प्रतिशत बाह्य पर्यटक छन्”, घिमिरेले भन्नुभयो, “अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भएका छन् ।” पछिल्लो समय नेपाली समुदायमा घुम्ने परम्परा बढेका कारण सौराहामा आन्तरिक पर्यटक बढेको घिमिरेको भनाइ छ ।

    मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुङ्गा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको गैँडा, बाघलगायत जङ्गली जनावर हेर्न मन पराउँछन् । वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो गन्तव्य हो । 

    बाह्य पर्यटकमा भारतबाट धेरै आएका छन् । अन्य तेस्रो मुलुकका पर्यटक भने न्यून छन् । घिमिरेका अनुसार क्षेत्रीय होटल सङ्घ चितवनअन्तर्गत चितवन, नवलपुर र हेटाँैडामा डेढ सय पर्यटकीय होटल छन् । ती सबै होटल नयाँ वर्षमा अग्रिम बुकिङ भएका छन् ।

    “नयाँ वर्षमा सौराहा आउने पर्यटक कोठा नपाएर समेत फर्कनुपरेको छ, घिमिरेले भन्नुभयो, अधिकांश होटल अग्रिम बुकिङ हुने भएकाले आन्तरिक पर्यटकले पनि पहिले नै कोठा बुकिङमा ध्यान दिनुपर्छ ।” 

    सङ्घका सचिव दामोदर रेग्मीले यस वर्ष २० प्रतिशतले आन्तरिक पर्यटक बढेको जानकारी दिनुभयो ।

    करीब ३५ प्रतिशत वनजङ्गलले ढाकेको नेपाल वाइल्डलाइफ पर्यटनका लागि विश्वकै उत्कृष्ट देश मानिन्छ ।

    नेपालको वाइल्डलाइफमा रमाउनकै लागि वर्षेनी लाखौँ पर्यटक नेपाल भित्रिने गर्छन् । यो सँगै दोब्बर मात्रामा आन्तरिक पर्यटक पनि सौराहा पुगेकै हुन्छन् । 

    नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका लागि नेपालकै उत्कृष्ट गन्तव्य हो । सौराहामा सुविधायुक्त ११० होटलमा दैनिक करीब पाँच हजार ५०० पर्यटक राख्न सकिने क्षमता छ ।
    सौराहासँगै पश्चिम चितवनको पर्यटकीय क्षेत्र मेघौली पनि आन्तरिक पर्यटकले भरिएको छ । 

    मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुङ्गा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको गैँडा, बाघलगायत जङ्गली जनावर हेर्न मन पराउँछन् । वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो गन्तव्य हो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      सगरमाथा उचाइ नाप्ने टोली दिङ्बोचेमा, चुचुरो पुग्न कति दिन ?
      बाह्रसिङ्गाको गणना शुरु, सङ्ख्या बढ्ने निश्चित
      जुम्ला विमानस्थल २० दिन बन्द हुने ! यस्तो छ कारण...
      रामारोशनमा आन्तरिक पर्यटकको चहलपहल बढ्दो
      पर्यटकले भरिभराउ सौराहा, अधिकांश होटलमा अग्रिम बुकिङ
      पर्यटकलाई दिक्तेल भित्र्याउन हलेसीमा पर्यटन सूचना केन्द्र
      नेपाल भ्रमण वर्ष '२०२०' : पोखराबाट कार्यक्रमको ‘सफ्ट लञ्चिङ’ गरिँदै
      एचआइभी सङ्क्रमित श्रेष्ठले सगरमाथा आरोहण गर्ने, सफल होलान् ?
      नेपाल भ्रमण वर्ष : योजना २० लाख पर्यटक भित्र्याउने, कस्तो छ तयारी ?
      लुम्बिनी भ्रमण वर्ष कार्यक्रम सार्वजनिक, पछिल्लो तथ्याङ्क केलाउदा...
      गुल्मीमा सांस्कृतिक एवं पर्यटन महोत्सव शुरु
      वसन्त ऋतु शुरु भएसँगै ठूलो सङ्ख्यामा आरोही धमाधम हिमालतिर
      इण्डोनेशिया : इतिहास, प्रकृति र अध्यात्मको नजिक (फोटो फिचर)
      गैँडा मर्ने क्रम बढेपछि घाँसे मैदान र पोखरी व्यवस्थापन गरिँदै
      पर्यटन उद्योग : सम्भावना र अवसरको केन्द्र, कहिले कति भित्रिए पर्यटक ?
      जुगल हिमाल आरोहण खुलेसँगै आरोही दल त्यसतर्फ प्रस्थान
      पर्यटक लोभ्याउँदै इर्लुङ झरना
      सन् २०१९ - घुम्नैपर्ने १९औँ उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौँ
      होमस्टेको प्रवद्र्धनका लागि ९० लाख अनुदान
      विश्वकै दुर्लभ वन्यजन्तु 'कृष्णसार' लोप हुने अवस्थामा
      सगरमाथाको काखमा सडक, पर्यटक थप आकर्षित
      शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु
      दर्ता हुन अटेरी गर्ने पोखराका प्याराग्लाइडिङ कम्पनी बन्द
      पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष, भव्य समारोह
      विराटनगरबाट १४ क्षेत्रमा हवाई उडान सञ्चालन गरिने
      चारैतिर जङ्गल, बीचमा पोखरी, जहाँ यी बिभिन्न लोपोन्मुख माछा..
      अनुकुल वातावरणको अनुसन्धान गरि रातो हाब्रे संरक्षण शुरु
      सन् २०१९ - २ महीनामै २ लाख पर्यटकले गरे नेपाल भ्रमण
      पर्यटन गुरुयोजनाका लागि एकजुट, १० गन्तव्य छनोट
      ५० लाख तिरेपछि सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति
      Weather Forecast