समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर# सञ्जय दत्तकी छोरी त्रिशालाको फोटो इन्टरनेटमा भयो भाइरल ! #आहा खबर# खेलकूदको विकासका लागि विशेष पहल आवश्यक : राष्ट्रपति भण्डारी #आहा खबर#
    लाइफस्टाइल

    ब्रेल लिपीबाट दृष्टिविहीन लाभान्वित हुँदै

    शनिबार, ३० चैत्र २०७५, आहाखबर
    काठमाडौँ, ३० चैत
     
    नेपालमा ब्रेल लिपी भित्र्याउन महत्वपूर्ण योगदान दिने जङ्बहादुर बोगटीको ७९ औँ जयन्तीको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरुले दृष्टिविहीनलाई आत्मनिर्भर बनाउन हरेक कार्यालयमा हुने प्रमुख साइनबोर्डमा ब्रेल लिपीको सङ्केत राख्नुपर्नेमा सरोकारवालाको ध्यानाकर्षण गर्नुभएको छ ।
     
    त्यस्तै कार्यालयको विभागहरु, शौचालयजस्ता महत्वपूर्ण क्षेत्रमा पनि ब्रेल लिपीको सङ्केत राखिदिएको अवस्थामा आफू आत्मनिर्भर हुने र अरुको सहयोगको भर पर्ने अवस्थाबाट मुक्त हुने बताइयो ।
     
    सन् १८२४ मा फ्रान्सका दृष्टिविहीन लुइस बे्रलले ब्रेल लिपीको आविष्कार गरेपछि विश्वका लाखाँै दृष्टिविहीनले पनि शिक्षाआर्जन गर्ने अवसर पाएका थिए । यस अघिसम्म दृष्टिविहीनले केही पनि काम गर्न सक्दैन भन्ने आम धारणा थियो ।
     
    भारतमा दृष्टिविहीनले पनि शिक्षाआर्जन गरी जागीर खाएर आत्मनिर्भर भई काम गरेको सुनेपछि नेपालका जङ्गबहादुर बोगटीले महीनौँ दिन लगाएर भारतमा गई तत्कालीन भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुलाई भेटी नेपालमा बे्रललिपी भित्र्याउनुभएको थियो ।
     
    यही सम्झनामा नेत्रहीन युवा सङ्घ नेपालले आज जङ्बहादुर बोगटीको ७९ औँ जयन्तीको अवसरमा ब्रेल लिपीको महत्ववारे छलफल कार्यक्रमको आयोजना गरेको हो ।
     
    कार्यक्रममा नेत्रहीन युवा सङ्घ अध्यक्ष कलाधर भण्डारीले दृष्टिविहीनहरुलाई आत्मनिर्भर गर्न हरेक सरकारी कार्यालयको साइनबोर्डमा ब्रेल लिपिको सङ्केत राख्नुपर्ने बताउनुभयो ।
     
    उहाँले दृष्टिविहीनको बेरोजगार समस्या समाधान गर्न देशव्यापी रुपमा अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो । शिक्षा मन्त्रालयका शाखा अधिकृत दृष्टिविहीन दीपक माझीले नेपालमा कूल दुई लाख दृष्टिविहीन भएको र उनीहरुलाई शिक्षा दिने शिक्षकको सङ्ख्या ३०० रहेको बताउनुभयो ।
     
    कार्यपत्र प्रस्तोता जय लम्सालले ब्रेल दृष्टिविहीनको पहिचान भएको र यसबाट नै आफ्नो कुरा अभिव्यक्त गरिने भएकाले नयाँ प्रविधिसँगै बे्रललाई बिर्सन नहुने बताउनुभयो ।
     
    टिप्पणीकार डा वीरेन्द्रराज पोखरेलले ब्रेल लिपीलाई संरक्षण गर्दै वैज्ञानिक रुपमा रुपान्तरण गर्नुपर्नेमा जोडदिनुभयो । ललितपुर जिल्ला शिक्षा समन्वय समितिका सदस्य गुणराज पोखरेलले लुइस बे्रल जन्मनुभन्दा अघिसम्म फ्रान्समा दृष्टिविहीनका लागि पढ्ने विद्यायल नभएको बताउनुभयो ।
     
    कार्यक्रममा दृष्टिविहीनलाई लेखन सहयोगी गर्ने ३१ सहयोगीलाई प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      वंशजको नागरिकता लिनका लागि बिहानैदेखि घुइँचो !
      जया प्रदाको भित्रीवस्त्रबारे टिप्पणी गर्ने आजम खानको उम्मेदवारी खारेज माग
      सोमबार पनि मेघगर्जन सहित वर्षा हुने, यस्तो छ देशको मौसमी विवरण
      ब्रेल लिपीबाट दृष्टिविहीन लाभान्वित हुँदै
      राजधानीमा राति १० बजेसम्म गाडी चल्ने, ताकियो सवारी सञ्चालन अवधि
      विसु मनाउन घर फर्किंदै सुदूरपश्चिमेलीहरु
      हुरी प्रभावित क्षेत्रमा नेपाली सेना : धमाधम अस्थायी टहरा बनाउँदै
      मौसम बिहानैदेखि अँध्यारो, देशका कैयौं भागमा वर्षा र हुरीबतासको त्रास
      देशभरको मौसम बदलीसँगै वर्षा, तराईमा हावाहुरी चल्ने
      प्रयोग गर्ने एक शब्द यस्तो पार्नुस्, बनाउछ सम्बन्धलाई सुमधुर
      हावाहुरी पीडित भन्छन् : राहतभन्दा आहत बढी, के हो वास्तविकता ?
      नमूना व्यावसायिक पशुपालनमा परासीका युवाहरु
      प्रतिमृतक परिवारलाई ३ लाख राहत
      शेष घले र जमुना गुरुङ अर्बपति क्लबमा, दुवैको सम्पत्ति १.१ अर्ब डलर
      दयनीय बन्दै भारत गएका सुदूरपश्चिमेलीको अवस्था
      राज्यको आधारभूत सुविधाबाट बञ्चित सुस्तावासी
      दाँत माझ्न जान्दैनन् अधिकांश
      देशका विभिन्न भेगमा ३ दिन बदली र वर्षा
      पक्षी तथा जनावरको अनुसन्धान केन्द्र बन्दै दाङ, ६५ प्रतिशत वन
      स्वास्थ जीवन अभियानअन्तर्गत निःशुल्क बृहत् योग शिविर शुरु
      देशका अधिकांश स्थानमा वर्षा, बुधबारदेखि मौसम खुल्ने
      एम्बुलेन्स आएपछि गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यताको अन्त्य
      हुम्लामा हिमपात, एसइई परीक्षार्थी प्रभावित, तापक्रम माइनसमा
      छाउपडी प्रथा अन्त्यका लागि विशेष अभियान सञ्चालन
      घरघरमा पुग्यो पानीको धारा, स्थानीयवासी खुशी
      “जबर्जस्ती छाउगोठमा राख्नेलाई कारवाही नगरेसम्म यो प्रथा हट्ने देखिन्न”
      प्राकृतिक कारणले मरे धेरै गैँडा, बन्यो हालसम्मकै पहिलो रेकर्ड
      काठमाडौँ उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन
      गाउँका ५ सय घरमा पानीका धारा जडान, स्थानीय खुशी
      बच्चा जन्माउन अमेरिका पुग्ने, रुसीहरुलाई अमेरिका मोह
      Weather Forecast