नेपाल भ्रमण वर्ष २०२० - सगरमाथाको चुचुरोमा झन्डा फहराउने लक्ष्य #आहा खबर# लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको आज ६९औं जन्मदिन #आहा खबर# समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर#
    लेख/संवाद

    ‘के भनौँ र खै तिमी हाँस है, मै बसौँला रोई’

    शनिबार, ३० चैत्र २०७५, आहाखबर

    भक्तपुर, ३० चैत

    “के भनाँै र खै तिमी हाँस है, मै बसौँला रोई”, भक्तपुरको नापी कार्यालयमा शुक्रबार अनुगमनमा पुग्नुभएकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले यो गीतको टुक्का भनेर कर्मचारीहरुप्रति व्यङ्ग्य गर्नुभयो । 

    नापी कार्यालय भक्तपुरले सञ्चालनमा ल्याएको असहाय तथा ज्येष्ठ नागरिक र स्तनपान कक्षको सेवाको उद्घाटन गर्दै उहाँले मालपोत, नापी र भूमि सुधार कार्यालयमा हुने व्यापक भ्रष्टाचारले गीतमा भने जस्तै अवस्था आएको बताउनुभयो । 

    मन्त्री अर्यालले भन्नुभयो, “जताततै मालपोत, नापी र भूमिसुधार कार्यालय भ्रष्टको अखडा भएको चर्चा चलिरहँदा आफ्नो शिर निहुरिएको छ, मान्छे मरेर जाँदा कात्रोमा खल्ती हुँदैन, जीवन जिउन साह्रै निकृष्ट हुनु पर्दैन ।” 

    पहिलो नम्बरमा सुशासन कायम गर्ने उद्देश्य लिएर मन्त्रालय अगाडि बढेको उल्लेख गर्दै उहाँले केही रुपमा भएका कमजोरीमाथि क्लिन भए पनि तलबाट गिज्याउने काम भइरहेको बताउनुभयो । मन्त्री अर्यालले मालपोत, नापीमा भइरहेका बदमासी मन्त्रालयले प्रक्रियाबाटै अन्त्य गर्न लागिपरेको बताउँदै कर्मचारीलाई गाली गरेर मात्र होइन, पूर्णरुपमा सिस्टमबाट नै डिजिटल प्रविधिमा सबै सेवालाई ढाल्न लागिपरेको धारणा व्यक्त गर्नुभयो । 

    डिजिटल सेवाको शुरुआत कलङ्कीबाट नमूना कार्यालय बनाउन शुरु गरिएको भन्दै उहाँले यसबाट राजश्वमा हुने चुहावट बन्द हुने, सुशासन कायम हुने र जनताले सहजरूपमा सेवा प्राप्त हुने बताउनुभयो । मन्त्री अर्यालले अबको एक वर्षमा देशैभरका मालपोत र नापी कार्यालयलाई पूर्ण रुपमा प्रविधिमैत्री बनाउने बताउँदै डेढ वर्षमा स्थानीय तहलाई हस्तान्तरण गर्दा प्रविधिसहितको सेवा हस्तान्तरण गरिने भन्नुभयो । 

    मालपोत, नापी, भूमिसुधारलाई बिचौलियामुक्त कार्यालय बनाउन लागेको बताउँदै उहाँले सेवाग्राहीबाहेक अन्य व्यक्तिलाई कार्यालय हाताभित्र प्रवेश निषेध गरेर सेवाग्राहीमुखी सेवा दिन मन्त्रालय लागेको जानकारी दिनुभयो । 

    नापी कार्यालय भक्तपुरका प्रमुख ज्ञानेन्द्रकुमार विष्टले अनाधिकृत व्यक्तिको प्रवेश रोक्न डोरलक सिस्टम अपनाइएको, डिजिटल रुपमा सेवा दिइएको, दोहोरो स्क्रिन डिस्प्लेमार्फत कम्प्युटर सेवा दिइएको, टोकन प्रणालीमार्फत सेवा दिइएको जानकारी दिनुभयो । 

    मालपोत कार्यालय भक्तपुरका प्रमुख ध्रुवप्रसाद कोइरालाले कार्यालयमा भइरहेको सेवा तथा समस्याका बारेमा मन्त्री अर्याललाई जानकारी गराउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, भक्तपुरका प्रजिअ नारायण भट्ट लगायतले सेवाग्राहीलाई सहज सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      ‘के भनौँ र खै तिमी हाँस है, मै बसौँला रोई’
      तराई–मधेशमा गर्मीको जोखिम शीतलहरको तुलनामा उच्च
      हावाहुरीपीडितको घाउमा मल्हम लगाउँदै पहाडिया ठिटो
      कालो बादल देखेपछि तर्सिए हावाहुरीपीडित, यसो भन्छन् स्थानीय !
      प्रधानाध्यापक नै विभेदको शिकार ! छुवाछूतलाई 'साँचीराखी' पदबाटै हटाइयो
      शौखको रुपमा पालिने दाह्रीले लाग्न दिदैन यी प्राणघातक रोग
      मृतक भनी दाहसंस्कार गरिएका सुवास जीवितै फर्किएपछि...’
      'गिरिजाप्रसाद तथा मदन भण्डारी पुरस्कार' श्रेष्ठ, घिमिरे र जोशीलाई
      सीप र ज्ञान सिक्ने थलो बन्दै कारागार
      वैदेशिक रोजगारीः नेपालभित्रै हुने ठगीका उजूरी बढी
      बागमतीमा माछा पाउन छाडेपछि रहनसहन मै परिवर्तन
      'इच्छाशक्ति भए व्यावसायिक कृषिकर्म गर्न पैसाले छेक्दैन'
      घरवासका कारण रोजगारी वृद्धि र जैविक विविधताको संरक्षण
      इच्छाशक्ति भए ग्रामीण क्षेत्रमा बसेर गुणस्तरीय स्वास्थ्य सेवा गर्न सकिन्छ
      एसइई २०७५ : बटुक, किरियापुत्रीदेखि कैदीबन्दीसम्मका परीक्षार्थी
      ‘राजनीति पेशा होइन, समाजसेवा हो’
      रोगबाट मुक्त हुन धर्म परिवर्तन कतिको जायज ?
      दाङ र सुर्खेत जोड्ने सडक ४४ वर्षमा पनि बनेन
      कम्युनिष्ट धु्रवीकरणसँगै तरङ्गित प्रगतिशील साहित्य
      आरनमै बित्यो जीवन, आधुनिक आरन सञ्चालन गर्ने लाल बहादुरको धोको !
      डिल्लीबजार कारागार : भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या
      देवतालाई सन्तुष्ट बनाउने नाममा छाउप्रथा कायमै
      साफ महिला च्याम्पियनसिप फुटबल - नेपालको सुखद सुरुवात
      “त्यो कविता मेरो हैन, यहाँ त पीडाको व्यापार पो गरिएछ”
      आमा ! म छाउघर जानै पन्र्या हो ?
      अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : श्रम ज्यादा, ज्याला कम
      अन्तर्राष्ट्रिय महिला दिवस, लैङ्गिक समानतामुखी कार्यक्रममा जोड
      कथामा सङ्ग्रह ‘पल्टनेको फोटो’ बजारमा
      "केटी पनि केटा बराबर भएर हरेक काम गर्न सक्छन् "
      यस्ता छन् जीपलाइन खेलमा युवाको आकर्षण बढ्नुका कारण
      Weather Forecast