रसुवागढी सुरुङ मार्गमा सुख्खा पहिरो, १५ कामदार थुनिए, आफैं बाहिर आउन सक्ने अवस्था छैन #आहा खबर# प्रहरीसँगको भिडन्तमा मारिएका 'विप्लव नेता' कुमार पौडेल को हुन् ? #आहा खबर# जापानमा ट्रम्प र पुृटिनबीच बहुप्रतिक्षित भेट हुँदै #आहा खबर# किन आउँछ बारम्बार अमिलो डकार ? यस्तो छ कारण #आहा खबर# विश्वकप क्रिकेट : डेभिड वार्नरको सानदार 'कमब्याक', विश्वकपमा कीर्तिमानी ब्याटिङ #आहा खबर# ४१ चेपाङ बालबालिकाको चितवनमा यसरी गरियो उद्धार #आहा खबर# सहकारी संस्था स्थापना गरी ठगी गर्ने जेल चलान #आहा खबर# अलपत्र परेको मेलम्चीको काम पुनःशुरु, ‘भेन्टिलेसन साफ्ट’को काम हुँदै #आहा खबर# न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा #आहा खबर# १० महिनामा ५५ अर्बको शेयर सूचीकृत, पुनरकर्जाको उपयोग बढ्यो, नेप्सेमा ६ अङ्कको बृद्धि #आहा खबर# विभिन्न शीर्षकमाथि विनियोजन विधेयकमा खर्च कटौतीका ५ प्रस्ताव #आहा खबर# इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि #आहा खबर# सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते #आहा खबर# संवेदनशील पारमाणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति नदिइने #आहा खबर# सर्लाहीमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए #आहा खबर#
    कला-सौन्दर्य

    'मेकअप नगरी किन आएकाे' भन्ने निर्णायकले दिईन् यस्तो स्पष्टीकरण

    सोमबार, २५ चैत्र २०७५, आहाखबर

    काठमाडौँ, २५ चैत

    मिस नेपाल २०१९ का लागि लिइएको अडिशनका क्रममा एक किशोरीप्रति निर्णायकमण्डलकी सदस्य रचना गुरुङले गरेको व्यवहारको सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो ।

    ट्विटर, फेसबुक र इन्स्टाग्राममा 'भाइरल' भएको एउटा भिडिओमा रचना गुरुङले रुखो शैलीमा ती किशोरीलाई शृङ्गार किन नगरेको, चस्माको सट्टा कन्ट्याक्ट लेन्सको प्रयोग किन नगरेको भनेर प्रश्न गरेको देखिन्छ।

    अहिले आएर मिस नेपाल २०१९ काे अडिसनमा सहभागी एक युवतीलाई मेकअप नगरी किन आएकाे भन्ने प्रश्न गरेर आलाेचना खेपिरहेकी निर्णायक (जज) रचना गुरुङले आफ्नाे बचाउ गरेकी छन् । 

    उनले भिडियाे क्लिपका अन्य भाग हटाएर आफ्नाे उक्त बाेली मात्र देखिने गरी नियाेजित रुपमा बदनाम गर्ने उद्देश्यले भाइरल बनाइएकाे बताएकी छन् ।

    मिस नेपालमा २५ वर्षदेखि आबद्ध गुरुङले आफूले कसैलाई हताेत्साहित पार्ने मनशाय नरहेकाे भन्दै कुराको प्रसंग नखुलाई अघिपछिको भाग काटेर आफूलाई नराम्रो देखाउन उक्त भिडियाे सार्वजनिक गराइएकाे बताएकी हुन् ।

    मिस नेपालमा सहभागी हुन मेकअप नै नगरेर आएकी ललितपुरकी अस्मिता महर्जनलाई निर्यायक गुरुङले साे प्रश्न तेर्साइएकाे भिडियाे सामाजिक सञ्जालमार्फत भाइरल भइरहेकाे छ ।

    भिडियाेमा देखिए अनुसार गुरुङले सहभागी महर्जनलाई प्रश्न सोध्छिन्, ‘तिमी किन मेकअप नगरी आयौ ?’ प्रतियोगीले जवाफ दिन्छिन्, ‘वास्तवमा मलाई मेकअप नै गर्न आउँदैन ।’

    यसपछि निर्णायक गुरुङ रुखो आवाजमा भन्छिन्, ‘मेकअप गर्न नजान्ने भए किन मिस नेपालमा आएको ? अहिलेको एक्काइसौँ शताब्दीमा मेकअप नै गर्न नआउने मान्छे यहाँ भाग लिन आएर मिस नेपालको गरिमालाई कमजोर बनाउन खोजेको हाे ?’ उनकाे हाउभाउ नै उत्तेजक देखिन्छ । यसरी सहभागीलाई निरुत्साहित गर्ने उनकाे साे हर्कतकाे सर्वत्र आलाेचना भइरहेकाे छ ।

    तर गुरुङ भने उत्कृष्ट २५ मा छानिएकी महर्जन देखेर आफूलाई गर्व लागेकाे बताउँछिन् । वास्तविक प्रसंग नराखी साे प्रश्न मात्र देखिनेगरी कसैले नियाेजित रुपमा आफ्नाे बदनाम गर्न भिडियाे सार्वजनिक गराएकाे उनकाे आराेप छ ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast