समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर# सञ्जय दत्तकी छोरी त्रिशालाको फोटो इन्टरनेटमा भयो भाइरल ! #आहा खबर# खेलकूदको विकासका लागि विशेष पहल आवश्यक : राष्ट्रपति भण्डारी #आहा खबर#
    लाइफस्टाइल

    राजधानीमा राति १० बजेसम्म गाडी चल्ने, ताकियो सवारी सञ्चालन अवधि

    सोमबार, २५ चैत्र २०७५, आहाखबर

    काठमाडौँ, २५ चैत :

    काठमाडौँ महानगरपालिकाले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने चार विधेयक स्वीकृत गर्दै चौथो नगरसभा सम्पन्न गरेको छ ।
    उक्त अवसरमा  काठमाडौं महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक यातायात सञ्चालनको समय सीमा समेत तोकिएको छ।

    जसअनुशार अब महानगरभित्रका सार्वजनिक सवारीका साधन कात्तिकदेखि माघ मसान्तसम्म विहान ५ बजेदेखि राति ९ बजेसम्म र बाँकी महिनामा ५ बजेदेखि १० बजेसम्म सञ्चालन गर्नुपर्ने निर्णय महानगरपालिकाले जनाएको छ। 


    काठमाडौं महानगरपालिका सवारी तथा यातायात सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको पनि महानगरपालिकाले प्रष्ट्याएको छ। 
     
    कामपाको आइतबार बसेको चौथो नगरसभाले कामपाको शहरी योजना आयोग ९गठन तथा सञ्चालन कार्यविधि० विधेयक ऐन– २०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक ऐन– २०७५, कामपाको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक ऐन–२०७५, सवारी तथा यातायात व्यवस्थापन विधेयक ऐन– २०७५ स्वीकृत गरेको हो ।
     
    विधेयकसँगै चालू आर्थिक वर्षको स्वीकृत बजेटका विभिन्न शीर्षकबाट खर्च हुन नसकेको रु ६७ करोड १० लाख रकम तत्काल कार्यान्वयन गर्न जरुरी महत्वका कार्यक्रममा रकमान्तर गरिएको छ । विद्युतीय शासनलाई प्रभावकारी बनाउने घोषित नीतिअनुरुप सम्पूर्ण तथ्याङ्क सङ्कलन गर्न बजेट थप गरेको छ । जसअन्तर्गत ‘जीआइएस डाटा कलेक्सन’ शीर्षकमा रु तीन करोड ८७ लाख रकम थप गरिएको छ ।
     
    नेपाल एम्बुलेन्स सेवा सञ्चालन खर्च अनुदान शीर्षकमा खर्च हुन नसकेको रकम रकमान्तर गरिएको छ । त्यसैगरी संयन्त्र उपकरण ९दमकल खरीद शीर्षकमा रु १३ करोड०, बु्रमर खरीद शीर्षकमा रु १० करोड रकमान्तर गरिएको छ ।
     
    त्यसैगरी सङ्घीय संसद् कोषबाट सञ्चालन हुने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, प्रदेश सरकारको सशर्त अनुदानबाट सञ्चालन हुने कार्यक्रम, जग्गा विकास कार्यक्रमलगायतका शीर्षकमा पनि रकम थप गरिएको छ । महानगर विशेष कार्यक्रमअन्तर्गत शीर्षकको रकम कम गरिएको छ । यससँगै हनुमानढोका दरबार संरक्षण कार्यक्रमको रु ३९ लाख बजेट पनि रकमान्तर गरिएको छ ।

    नगरसभा सञ्चालन गर्दै सभाका अध्यक्ष एवं महानगर प्रमुख विद्यासुन्दर शाक्यले कानून तर्जुमा गर्ने अधिवेशन भएकाले नगरसभा शहरी व्यवस्थापनमा आवश्यक पर्ने कानुन तर्जुमा गर्न केन्द्रित भएको बताउनुभयो ।
     
    त्यस्तै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कानून निर्माण चित्तबुझ्दो ढङ्गबाट अघि बढेकाले यसको व्यवस्था कार्यान्वयन गरेर नागरिकलाई जनप्रतिनिधि भएको महसुस गराउनुपर्ने धारणा राख्नुभयो ।

    नगरसभा सदस्यले विषेश समय लिएर सुशासन अभिवृद्धि गर्ने, धुवाँधुलोमुक्त काठमाडौँ बनाउने, सार्वजनिक जग्गा संरक्षण गर्ने, खर्चमा मितव्ययिता अपनाउने, कार्यसम्पादनमा देखिएको प्रक्रियागत झन्झट कम गर्ने विषयमा धारणा राख्नुभएको थियो । त्यस्तै सूचना अधिकारी वसन्त आचार्यले सभाबाट स्वीकृत भएका ऐनहरु १५ दिनभित्र प्रमाणीकरण र त्यसपछि लागू हुने बताउनुभयो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      वंशजको नागरिकता लिनका लागि बिहानैदेखि घुइँचो !
      जया प्रदाको भित्रीवस्त्रबारे टिप्पणी गर्ने आजम खानको उम्मेदवारी खारेज माग
      सोमबार पनि मेघगर्जन सहित वर्षा हुने, यस्तो छ देशको मौसमी विवरण
      ब्रेल लिपीबाट दृष्टिविहीन लाभान्वित हुँदै
      राजधानीमा राति १० बजेसम्म गाडी चल्ने, ताकियो सवारी सञ्चालन अवधि
      विसु मनाउन घर फर्किंदै सुदूरपश्चिमेलीहरु
      हुरी प्रभावित क्षेत्रमा नेपाली सेना : धमाधम अस्थायी टहरा बनाउँदै
      मौसम बिहानैदेखि अँध्यारो, देशका कैयौं भागमा वर्षा र हुरीबतासको त्रास
      देशभरको मौसम बदलीसँगै वर्षा, तराईमा हावाहुरी चल्ने
      प्रयोग गर्ने एक शब्द यस्तो पार्नुस्, बनाउछ सम्बन्धलाई सुमधुर
      हावाहुरी पीडित भन्छन् : राहतभन्दा आहत बढी, के हो वास्तविकता ?
      नमूना व्यावसायिक पशुपालनमा परासीका युवाहरु
      प्रतिमृतक परिवारलाई ३ लाख राहत
      शेष घले र जमुना गुरुङ अर्बपति क्लबमा, दुवैको सम्पत्ति १.१ अर्ब डलर
      दयनीय बन्दै भारत गएका सुदूरपश्चिमेलीको अवस्था
      राज्यको आधारभूत सुविधाबाट बञ्चित सुस्तावासी
      दाँत माझ्न जान्दैनन् अधिकांश
      देशका विभिन्न भेगमा ३ दिन बदली र वर्षा
      पक्षी तथा जनावरको अनुसन्धान केन्द्र बन्दै दाङ, ६५ प्रतिशत वन
      स्वास्थ जीवन अभियानअन्तर्गत निःशुल्क बृहत् योग शिविर शुरु
      देशका अधिकांश स्थानमा वर्षा, बुधबारदेखि मौसम खुल्ने
      एम्बुलेन्स आएपछि गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यताको अन्त्य
      हुम्लामा हिमपात, एसइई परीक्षार्थी प्रभावित, तापक्रम माइनसमा
      छाउपडी प्रथा अन्त्यका लागि विशेष अभियान सञ्चालन
      घरघरमा पुग्यो पानीको धारा, स्थानीयवासी खुशी
      “जबर्जस्ती छाउगोठमा राख्नेलाई कारवाही नगरेसम्म यो प्रथा हट्ने देखिन्न”
      प्राकृतिक कारणले मरे धेरै गैँडा, बन्यो हालसम्मकै पहिलो रेकर्ड
      काठमाडौँ उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन
      गाउँका ५ सय घरमा पानीका धारा जडान, स्थानीय खुशी
      बच्चा जन्माउन अमेरिका पुग्ने, रुसीहरुलाई अमेरिका मोह
      Weather Forecast