अफगानिस्तानलाई फेरि झड्का, बँग्लादेश ६२ रनले विजयी, शकिबको नयाँ रेकर्ड #आहा खबर# के गरिस मंगले, आफ्नै ढङ्गले ! आफ्नै कार्यशैलीका कारण सरकार ‘घेराबन्दी’मा #आहा खबर# पहिरामा थुनिएका ५१ जना सुरक्षित स्थानमा #आहा खबर# आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा #आहा खबर# विश्वकप क्रिकेट : वेष्ट इण्डिजलाई ठूलो धक्का, चोटका कारण आन्द्रे रसेल बाहिरिए #आहा खबर# विप्लव समूहमा संलग्न भएको आरोपमा फिल्म ‘मालिका’ का निर्माता नरबहादुर कार्की पक्राउ #आहा खबर# तल्लो मोदी जलविद्युत् आयोजना पुनः सञ्चालनमा #आहा खबर# दुधसँग भुलेर पनि नखानुहोस यी ८ चिजहरु #आहा खबर# 'क्लीन फिड' नीतिले हंगामा ! टेलिभिजन प्रशारण बन्द, व्यवसायीहरु भन्छन् - सरकारलाई दबाब दिएका हौं #आहा खबर# आठबीसकोट नगरपालिका बन्यो मदिरामुक्त नगरपालिका #आहा खबर# राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु #आहा खबर# भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन यस्तो 'मास्टर प्लान' #आहा खबर# अर्घाखाँचीमा 'खानेपानीको मुहान बचाऔं, प्राण बचाऔं' अभियान तीब्र #आहा खबर# क्रिकेट विश्वकप : बंगलादेशद्वारा अफगानिस्तानलाई २ सय ६३ रनको लक्ष्य #आहा खबर# नेकपा कास्कीका ७२ वडाका अध्यक्ष र सचिवको शपथ #आहा खबर#
    बिदेश

    मोदीलाई अत्याउंदै बिहारका एक कम्युनिष्ट उम्मेदवार 'कन्हैया कुमार'

    आईतवार, २४ चैत्र २०७५, आहाखबर

    काठमाडौँ, २४ चैत

    नेपालमा वामपन्थी शक्तिको बोलबाला रहेका बेला भारतमा वामविचारधारा बोक्ने राजनीतिक दल कमजोर बन्दै गएका छन् । चुनावी परिणामलाई आधार मान्ने हो भने कम्युनिस्ट पार्टीहरूको जनाधार खस्कँदो छ । मुख्य प्रतिस्पर्धा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आईबीच नै हुने पक्का पक्कि छ । भारतमा बिहीबारदेखि हुन गइरहेको लोकसभा चुनावमा वामविचारधाराका एक  उम्मेदवार निकै चर्चामा छन्, उनि हुन् बिहारका कम्युनिष्ट उम्मदेवार– कन्हैया कुमार ।

    नरेन्द्र मोदीको पार्टीलाई चुनौती दिन अहिले बिहारमा प्रखर युवा कन्हैया कुमार खडा भएका छन् । तर, ती युवाले बेग्लै पार्टी खोलेर नभई कम्युनिष्ट पार्टीको उम्मेदवारका रुपमा बीजेपीलाई वैचारिक चुनौती दिँदैछन् ।

    भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) बाट बिहारको बगुसरायमा खडा भएका यी युवाले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यान खिचेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध नारा लगाउँदा उनलाई राष्ट्रद्रोहको मुद्दामा जेल हालिएको थियो ।

    कन्हैया कुमार यतिबेला भाजपा सरकारको साम्प्रदायिक राजनीतिबाट पीडित अल्पसंख्यक भारतीयहरुका लागि एक विद्रोही आवाज बनेका छन् ।

    कन्हैया कुमारको पृष्ठभूमि

    कन्हैया कुमारको पृष्ठभूमि निकै दयनीय छ । खपडाले छाएको जीर्ण अवस्थाको उनको घरभित्र अहिले पनि दाउरामा खाना पाक्छ । मान्द्रोले बेरिएको भान्सा छ, जहाँ केही टेबुलहरु राखिएका छन् । घरमा एउटा असाध्यै थोत्रो साइकल छ ।

    घरको अवस्था हेर्दा नै कन्हैयाप्रति जो कसैको श्रद्धा जागृत हुन्छ । पीएचडीसम्मको अध्ययन सिध्याएका उनले चाहेमा गतिलो जागिर खाएर मज्जाको लाइफस्टाइल बिचाउन सक्थे । तर, उनी व्यक्तिगत सुख सयलको तृष्णालाई बिर्सेर एउटा निष्ठा र समर्पणको राजनीतिमा होमिएका छन् ।

    को हुन् कन्हैयाकुमार ?

    सन् १९८७ मा बिहारको बहुसराय जिल्लामा विपन्न किसान परिवारमा जन्मिएका हुन् कन्हैयाकुमार । उनका बुवा जयशंकर सिंह केही वर्षदेखि प्यारालाइसीसबाट थलिएका छन् । आमा मिनादेवी एउटा बालस्याहार केन्द्रमा काम गर्छिन् । दाजु मणिकान्त एउटा प्राइभेट अफिसका जागिरे हुन् । कन्हैया उपल्लो मानिने भूमिहर जातका व्यक्ति हुन् ।

    आफ्नो गाउँ नजिक रहेको मस्नापुरस्थित एक विद्यालयमा कन्हैयाले ६ कक्षासम्म पढेका थिए । त्यसपछि बराउनीमा रहेको आरकेसी स्कुलबाट उनले आफ्नो माध्यमिक शिक्षा पूरा गरे । १० कक्षा पास भएपछि उनले छिमेकी गाउँ मोकामामा रहेको आरआर सिंह कलेजमा विज्ञान संकायमा भर्ना भए । त्यहाँ प्रमाणपत्र तहको अध्ययनपछि स्नातक पढ्न पटना गए । २००७ मा कलेज अफ कमर्सबाट उनले भूगोलमा स्नातकतकोत्तर अध्ययन पूरा गरे ।

    अन्तमा उनी पीएचडीका लागि जवाहरलाल नेहरु युनिभर्सिटीमा भर्ना भएँ । त्यहाँ अध्ययन गर्ने क्रममा नै उनको जीवनले नयाँ मोड लियो र उनी देशब्यापी चर्चित बने ।

    आमाले कन्हैयालाई प्रोफेसर बनाउन चाहन्थिन् । तर, कलेजका दिनहरुमा कन्हैया राजनीतितर्फ आकृष्ट भए । उनी सन् २००२ मा कम्युनिष्ट पार्टी अफ इन्डिया (सीपीआई) को विद्यार्थी संगठन एआईएफसीको सदस्य बनेका थिए । पछि उनी इतिहास बदल्दै जेएनयूको विद्यार्थी संगठनको अध्यक्ष भए । एआईएफसीले जेएनयू स्टुडेन्ट यूनियनमा अध्यक्ष जितेको त्यो पहिलोचोटि थियो ।

    भएको थियो जेएनयूमा ?

    जेएनयूमा पढ्दै गर्दा सन् २०१६ को फेबु्रअरीमा कन्हैयार्लाइ प्रहरीले केही साथीहरुसहित पक्राउ गर्‍यो । उनीहरुविरुद्ध क्याम्पसभित्र अराजक गतिविधि गरेको आरोप लगाइएको थियो ।

    भारतीय संसदमा भएको आक्रमणका आरोपी अफजल गुरुलाई फाँसी दिने निर्णयको विरोध गर्दै कन्हैयाको नेतृत्वमा क्याम्पसमा प्रदर्शन गरिएको र काश्मिरलाई समेत जोडेर राष्ट्रविरोधी नारा लगाइएको भन्दै भाजपाका एक नेताले प्रहरीमा उजुरी गरेका थिए । क्याम्पस प्रशासनले समेत उनलाई १० हजार भारु जरिवाना गराएको थियो । तर, कन्हैयाले राष्ट्रविरोधि नारा लगाएको आरोप अस्वीकार गरेका थिए । पछि अदालतले क्याम्पसको निर्णयलाई अवैध र अविवेकी ठहर गरेको थियो ।

    कन्हैया कुमारको गिरफ्तारी

    कन्हैया कुमारको गिरफ्तारीको विपक्षी पार्टी, विद्यार्थी तथा बुद्धिजिवीहरुले कडा विरोध गरे । जेएनयूका विद्यार्थीहरुले लामो समय हड्ताल गरे । पटियाला हाउस कोर्टमा कन्हैयालाई उपस्थित गराइँदा त्यहाँ पुगेका जेएनयूका प्रोफेसर विद्यार्थीका साथै पत्रकारमाथि आक्रमण भएको थियो । आक्रमणमा भाजपाका सांसद समेत संलग्न थिए ।

    सन् २०१६ को मार्च २ मा दिल्ली उच्च अदालतले कन्हैयालाई ६ महिनाका लागि १० हजार भारुको अन्तरिम धरौटी दियो । न्यायाधिस प्रतिभा रानीले कन्हैयाले राष्ट्रविरोधि नारावाजी गरेको कुनै प्रमाण नभेटिएको बताइन् ।

    कन्हैयाको त्यो भाषण

    रिहा भएको भोलीपल्ट कन्हैयाले जेएनयू क्याम्पसको भरिभराउ अडिटरियममा भाषण दिए । जसमा उनले भारतबाट स्वतन्त्रता खोजेको नभएर भारतभित्र स्वतन्त्रता खोजेको बताएका थिए । भाजपा समर्थित राष्ट्रिय स्वयम्सेवक संघले भारतलाई सम्प्रदायका आधारमा विभाजन गर्न खोजेको उनले आरोप लगाएका थिए । उनले आजादी ­(स्वतन्त्रता) को नारा लगाएर भाजपाइतर सम्पूर्ण शक्तिहरुलाई आफूतर्फ ध्यानाकर्षण गराउन सफल भए ।

    ज्यान मार्ने धम्की

    अदालतबाट धरौटीमा छुटपछि कन्हैयालाई ज्यान मार्ने धम्कीहरु आउन थाले । भाजपाको युवा संगठनका एक नेताले त उनको जिभ्रो काट्नेलाई ५ लाख रुपैयाँ दिने घोषणा नै गरे । साथै उनलाई गोली हान्नेलाई ११ लाख दिने भनेर नयाँ दिल्लीमा पोस्टरहरु टाँसिएका थिए ।

    ८ मार्च २०१६ मा अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रममा सम्वोधन गर्दै कन्हैयाले काश्मिरी महिलाको बलत्कारमा भारतीय सेना संलग्न भएको आरोप लगाएका थिए ।

    भाजपासँग टक्कर

    बगुसराय परम्परागतरुपमा कम्युनिष्ट पार्टीको गढ हो । तर, पछिल्लो समयमा भने भारतीय जनता पार्टीले यो गढ भत्काएर आफ्नो पकडमा लिएको छ । यसपालि भाजपाका भेट्रान उम्मेदवार गिरिराज सिंहसँग कन्हैयाको भिडन्त हुने छ । गिरिराज पूर्वमन्त्रीसमेत हुन् । त्यसो त त्यसो त आरजेडीका तनवइीर हसन पनि प्रतिस्पर्धामा धेरै पछाडि छैनन् ।

    भूमिहार समुदायको हुनु कन्हैयाको प्लस प्वाइन्ट हो । यस क्षेत्रमा भूमिहारको जनसंख्या साढे ४ लाख छ । सीपीआईले उनलाई ‘सन अफ सोयल’ (भूमिपुत्र) भनेर प्रोजेक्ट गरिरहेको छ ।

    अर्को उनको बलियो पक्ष हो राष्ट्रिय छवि । उनी देशले नै आशा गरेका युवा नेता हुन् । खासगरी अल्पसंख्यक र सिमान्तकृत जनताको समुहले उनलाई भरोसा गरिरहेको छ । मुस्लिम समुदायले समेत कन्हैयाप्रति सहानुभूति राख्छन् । तर, आरजेडीले मुस्लिम उम्मेदवार उठाएकाले उनलाई घाटा लाग्नेछ ।

    कन्हैयाको जित कति सम्भव ?

    सीपीआई भने कन्हैयाको जितमा ढुक्क देखिएको छ । एक स्थानीय नेता भन्छन्, ‘यस क्षेत्रमा लामो समयपछि हाम्रो पक्षमा उभार आएको छ । हामीसँग प्रतिस्पर्धामा कोही पनि देखिएको छैन ।’

    आर्थिक रुपमा विपन्न भएकाले कन्हैयाले जनसहयोगबाट चुनावी अभियान सञ्चालन गरिरहेका छन् । उनका लागि निर्वाचन आयोगले तोकेको अधिकतम सिमा ७० लाख भारु जम्मा गर्ने अभियान चलिरहेको छ । अहिलेसम्म करिब ३५ लाख संकलन भएको कन्हैयाले इन्डिया टुडेलाई बताएका छन् ।

    भारतमा अतिवादी राजनीति गर्नेहरुले भने कन्हैया कुमारलाई देखि सहन्नन् । हालै हिन्दूवादी कट्टरपन्थी दल शिव सेनाका नेता सञ्जय राउतले एउटा लेख लेख्दै कन्हैयालाई कुनै पनि मूल्यमा हराउनुपर्ने उल्लेख गरेका छन् ।

    यदि कन्हैयाले जितेको खण्डमा भारतीय संविधानको हार हुने समेत राउतको तर्क छ । यतिसम्म कि उनले आवश्यक पर्‍यो भने इलेक्ट्रोनिक भोटिङ मेसिनमा गडबडी गरेर भए पनि हराउनुपर्ने बताएका छन् । यसबाट पनि थाहा हुन्छ कि कट्टरपन्थीहरुमा कन्हैयाको भय कति छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast