पर्यटन विकासका लागि कालीगण्डकीमा राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा #आहा खबर# भागेर बिहे गरेका कारण १ घण्टा कुखुरा बनि भोग्नु पर्यो सजाय (भिडियो सहित) #आहा खबर# प्रदेश नं ३ मा लगानी भित्र्याउन चितवनमा बृहत् सम्मेलन #आहा खबर# याद राख्नुहोस्, बिहिवार भुलेर पनि यी काम गर्दा हुनसक्छ ठुलो दुर्घटना ! #आहा खबर# नेपाल भ्रमण वर्ष २०२० - सगरमाथाको चुचुरोमा झन्डा फहराउने लक्ष्य #आहा खबर# लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको आज ६९औं जन्मदिन #आहा खबर# समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर#
    बैंक-बीमा

    १० औं वर्ष प्रवेशको अवसरमा जनता बैंकको सामाजिक कार्य

    आईतवार, २४ चैत्र २०७५, आहाखबर

    काठमाडौँ, २४ चैत

    जनता बैंक नेपाल लिमिटेड शनिबारदेखि ९ वर्ष पुरा गरी १० औं वर्षमा प्रवेश गरेको छ । बैंकको हालसम्म १ सय २८ वटा शाखा कार्यालय, ९४ वटा एटिम, ५० शाखा रहित बैंकिङ्गबाट कारोबार गर्दै  ७०.९४ अर्ब निक्षेप संकलन र ६५.६९ अर्ब कर्जा लगानी गरेको छ । दशौं वर्ष प्रवेशको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको थियो ।

    प्रभातफेरि

    १० औं वर्ष प्रवेशको अवसरमा शनिबार विहान बैंकले प्रभातफेरि सम्पन्न गरेको थियो ।

    बैकिङ्ग साक्षरता सम्बन्धी चेतना मुलक ब्यानर र प्लेकार्ड सहित सम्पन्न भएको प्रभातफेरी कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष, संचालकहरु, र काठमाडौं उपत्यकाका शाखामा रहेका सबै कर्मचारीहरुको सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम उपत्यका बाहिर रहेका अन्य शाखाहरुमा पनि सम्पन्न गरिएको थियो ।

    निःशुल्क स्वास्थ्य शिविर

    देशको ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि जनता बैंकले ‘स्वस्थ्य नारी पहल’ अभियान संचालन गर्दै नारीहरुको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ ।  यसै लक्ष्यलाई अवलम्बन गर्दै १०औं बर्ष प्रवेशको अवसरमा शनिबार कुन्तावेशी शाखा, काभ्रेपाल्चोकमा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । 

    स्वास्थ्य शिविरमा १ सय ९६ जना महिलाहरुले स्त्री तथा प्रसुति रोग सम्बन्धि स्वास्थ्य परिक्षण गराएका थिए । आङ खस्ने सम्बन्धि समस्याको अप्रेशन गर्नुपर्ने बिरामीको निःशुल्क अपे्रशनको व्यवस्था मिलाइएको थियो ।

    शिविरमा २ सय ५० जनाले जनरल मेडिसिन चेकअपको सेवा लिएका थिए भने सबैलाई निःशुल्क औषधि वितरण गरिएको थियो । यसैगरी केन्द्रिय कार्यालय, सेन्ट्रल बिजनेस पार्क, थापाथलीमा निःशुल्क थायोराइट, सरभाईकल क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धित परिक्षण शिविर राखिएकोमा २ सय ६७ जनाले सेवा लिएका थिए । 

    साथै सुर्खेत शाखा,विरेन्द्रनगर सुर्खेतमा निःशुल्क दन्त परिक्षण शिविर राखिएकोमा २०० जनाले सेवा लिएका थिए, उनिहरुलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो । त्यस्तै रुपनी शाखा, सप्तरीमा गरिएको वृहत आँखा शिविरमा १ सय ३५ जनाको निःशुल्क मोतिविन्दुको अप्रेसन गरिनुका साथै निःशुल्क चस्मा पनि वितरण गरिएको थियो ।

    रक्तदान कार्यक्रम 

    रक्तदान कार्यक्रमलाई जनता बैंकले हरेक बार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिँदै आएको छ ।

    यसै अवसरमा चैत्र २३ गते बैंकको केन्द्रिय कार्यालय – थापाथली,सुर्खेत, घोराही, नारायणघाट, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका शाखाहरुमा पनि वृहत रक्तदान कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रमबाट १६० प्वाइन्ट रगत संकलन भएको छ । 

    सहयोग

    सोही अवसरमा महिला तथा वालवालिका संरक्षण घर, अत्तरीयामा शैक्षिक तथा सरसफाई साम्रगी हस्तान्तरण कार्यक्रम राखिएको थियो । त्यस्तै, मुर्गिया शाखाबाट निःसहाय तथा जेहनदार विधार्थीहरुलाई शैक्षिक साम्रगीहरु हस्तान्तरण गरिनुका साथै महेन्द्रनगर र नारायगढ शाखाको बृद्धाआश्रमहरुमा खाना खुवाउने व्यवस्था पनि मिलाईएको थियो।

    छात्रवृत्ति 

    जनता बैंक नेपाल लिमिटेडले देशको विभिन्न भागका सरकारी स्कूलमा अध्ययनरत वालवालिकाहरुलाई नियमित छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसै अवसरमा विभिन्न विद्यालयका २ जना विद्यार्थीलाई १० हजार नगद छात्रवृत्ति वितरण पनि गरेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, वृद्धभत्ता बढाइने
      १० औं वर्ष प्रवेशको अवसरमा जनता बैंकको सामाजिक कार्य
      ९ अर्बको ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक
      अब तुरुन्तै रकम पठाउन अष्ट्रेलियाबाट ‘मेगा रेमिट’ सेवा
      बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकले ३ अर्ब ८९ करोड लगानी गर्ने
      सिभिल बैंक र एन.बी.आई.बीच वित्तीय साक्षरताका लागि सम्झौता
      बैंक स्थापनाका लागि चेक हस्तान्तरण
      नेपाल लाइफको ‘घातक रोग सुविधा योजना’ सार्वजनिक, ५० लाखसम्मको जोखिम वहन
      कर्णालीमै पहिलो पटक खानेपानीको बीमा
      सेञ्चुरी बैंकको लाभांश : शेयर भन्दा नगद बढी
      मोरङ, सङ्खुवासभा, मुगु, डोल्पा र हुम्लामा स्वास्थ्य बीमा कार्यक्रम
      १३ स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम
      नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई सिक्का उपलब्ध गराउने
      सरकारी र निजी क्षेत्रको बैंक विस्तार समान रुपले हुनेछ : अर्थमन्त्री
      निकुञ्जमा आश्रित स्थानीयवासीको नगरपालिकाले बीमा गर्ने
      सञ्चालनमा रहेका २ ठूला विकास बैंक एकता प्रक्रियामा
      तिर्नुपर्ने १६ अर्ब, बैंकमा मौज्दात मात्रै १९ लाख
      स्वास्थ्यबीमा कार्यक्रम - गाउँगाउँमा बीमितको नाम दर्ता शुरु
      एनएमबी बैंकले ३ अर्बको ऋणपत्र बिक्री गर्ने
      स्वास्थ्य बिमा कार्यक्रम - चितवनमा सबैभन्दा बढी प्रभावकारी
      बाँकेमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन
      झन्डै १२ अर्बको ट्रेजरी बिल जारी गर्दै केन्द्रीय बैंक
      नेपाल राष्ट्र बैंक : ५ अर्बको रिपो बिक्री गरिँदै
      स्वास्थ्य बीमाअन्तर्गत सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत
      दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
      राष्ट्र बैंकको सहुलियत कर्जा कार्यक्रम, यसरी पाईन्छ अनुदानमा ऋण !
      कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा
      राष्ट्रपतिबाट छोरी शिक्षा बीमा मुद्दती खाताको शुभारम्भ
      सिभिल बैंकद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग
      सिभिल बैंकले शेयरधनीलाई ४ प्रतिशत नगद लाभांश दिंदै
      Weather Forecast