रसुवागढी सुरुङ मार्गमा सुख्खा पहिरो, १५ कामदार थुनिए, आफैं बाहिर आउन सक्ने अवस्था छैन #आहा खबर# प्रहरीसँगको भिडन्तमा मारिएका 'विप्लव नेता' कुमार पौडेल को हुन् ? #आहा खबर# जापानमा ट्रम्प र पुृटिनबीच बहुप्रतिक्षित भेट हुँदै #आहा खबर# किन आउँछ बारम्बार अमिलो डकार ? यस्तो छ कारण #आहा खबर# विश्वकप क्रिकेट : डेभिड वार्नरको सानदार 'कमब्याक', विश्वकपमा कीर्तिमानी ब्याटिङ #आहा खबर# ४१ चेपाङ बालबालिकाको चितवनमा यसरी गरियो उद्धार #आहा खबर# सहकारी संस्था स्थापना गरी ठगी गर्ने जेल चलान #आहा खबर# अलपत्र परेको मेलम्चीको काम पुनःशुरु, ‘भेन्टिलेसन साफ्ट’को काम हुँदै #आहा खबर# न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा #आहा खबर# १० महिनामा ५५ अर्बको शेयर सूचीकृत, पुनरकर्जाको उपयोग बढ्यो, नेप्सेमा ६ अङ्कको बृद्धि #आहा खबर# विभिन्न शीर्षकमाथि विनियोजन विधेयकमा खर्च कटौतीका ५ प्रस्ताव #आहा खबर# इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि #आहा खबर# सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते #आहा खबर# संवेदनशील पारमाणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति नदिइने #आहा खबर# सर्लाहीमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए #आहा खबर#
    ब्राण्ड/संगठन

    सहकारीबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला

    आईतवार, २४ चैत्र २०७५, – ध्रुवसागर शर्मा .

    गलेश्वर, २४ चैत 

    म्याग्दीका अधिकांश महिला सहकारीका कारण आत्मनिर्भर बन्दै गएका छन् । गाउँगाउँमा खुलेका विभिन्न सहकारीबाट ऋण लिएर उनीहरुले आयआर्जनका काम गर्न थालेपछि उनीहरु आत्मनिर्भर बन्दै गएका हुन् ।

    सहकारीले दिने सानो रकमबाट विभिन्न किसिमका व्यवसाय गरेर म्याग्दीका महिला सक्षम बन्दै गएका जनचेतना महिला सहकारी संस्थाका अध्यक्ष देवीकुमारी घिमिरेले बताउनुभयो । विशेषगरी व्यावसायिक बाख्रापालन, तरकारी खेती, किराना पसल तथा अन्य आयआर्जनमूलक व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएको व्यवसायमा संलग्न महिलाले बताएका छन् ।

    विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले महिला स्वावलम्बन लक्षित विभिन्न कार्यक्रमहरु गाउँगाउँमा पुगेर गर्न थालेपछि विगत पाँच वर्षको तुलनामा अहिले महिलाको अवस्थामा निकै परिवर्तन आएको महारानी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडका अध्यक्ष भूमिनाथ सापकोटाले बताउनुभयो ।

    जिल्लाका ज्यामरुककोट, रत्नेचौर, वावियाचौर, अर्मन, हिस्तान, राम्चे, शिखलगायतका गाउँमा सहकारी र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा महिलाले उल्लेख्य प्रगति गर्न सफल भएका छन् । सिर्जनशील महिला समूहमा आबद्ध रोहोटेकी निर्मला शर्माले सहकारीबाट लिएको सानो रकमले गाउँमा तरकारी खेती र किराना पसल सञ्चालन गर्नुभएको छ । अहिले तरकारी खेतीबाट मासिक रु आठ हजार र किराना पसलबाट मासिक रु १२ हजारसम्म आम्दानी हुने गरेको बताउने शर्माले छ जनाको परिवार चलाउनुका साथै आफूले ल्याएको ऋण तिरेर विभिन्न बैंक तथा वित्तीय संस्थामा बचतसमेत गरेको बताउनुभयो ।

    त्यसैगरी अर्मनकी रेनु कँडेलले पनि स्थानीय महिला समूहबाट रु २२ हजार ऋण लिएर छ वर्षअघिदेखि बाख्रा र कुखुरापालनका साथै तरकारी खेती पनि गर्नुभएको छ । व्यवसायबाट आफू आर्थिकरूपमा बलियो बन्दै गएको कँडेलले बताउनुभयो । पहिला बिहानबेलुकाको गर्जो टार्न पनि मुस्किल पर्ने कँडेललाई अहिले भने जीवन सहज लाग्न थालेको छ । बाख्रा, कुखुरा र तरकारी बिक्री गरेर मासिक रु २० हजारको हाराहारीमा कमाइ गर्ने कँडेलले सोही रकमबाट गाउँमा जग्गासमेत जोडेको बताउनुभयो ।

    शर्मा र कँडेल त उदाहरण मात्रै हुन् । अहिले जिल्लामा सहकारी र विभिन्न संस्थाको सहयोगका कारण गाउँका महिला आत्मनिर्भर बन्दै गएका प्रशस्त उदाहरण देख्न सकिने जिल्ला सहकारी सङ्घ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले बताउनुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast