जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर# सञ्जय दत्तकी छोरी त्रिशालाको फोटो इन्टरनेटमा भयो भाइरल ! #आहा खबर# खेलकूदको विकासका लागि विशेष पहल आवश्यक : राष्ट्रपति भण्डारी #आहा खबर# भारतमा दोस्रो चरणको लोकसभा निर्वाचन : शान्तिपूर्णरूपमा ६१ % मत खस्यो #आहा खबर#
    कला-सौन्दर्य

    दिवगङ्त मन्त्री अधिकारीलाई सम्झिए गायक प्रमोद खरेलले

    आईतवार, २४ चैत्र २०७५, आहाखबर

    पोखरा, २४ चैत ।

    ‘मबिना कसै–कसैलाई मुस्किल छ पोखरामा ।’ शुक्रबार पोखरा सभागृहको स्टेजमा पछिल्लो पुस्ताका लोकप्रिय गायक प्रमोद खरेल उत्रिए । सङ्गीत पारखीहरुको बेजोड ताली र ‘हुटिङ’बाट उनको स्वागत भयो । गायक खरेलले गीतका सर्जक शीतल गिरीलाई पनि स्टेजमा बोलाए ‘शीतल पनि चिनिनु पर्छ’ भनेर चिनाए दर्शकलाई । गीतसङ्गीतमा जति धेरै आवाज र ताली सुनिन्छ, गायकलाई उतिनै ऊर्जा मिल्छ । आयोजकलाई पनि उत्साहित बनाउँछ । वातावरण त्यस्तै थियो । एकाएक प्रमोद खरेल केही भावुक भए । सबै आश्चर्यमा परे । उनले निकै भावपूर्ण तरिकाबाट दिवङ्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको नाम उच्चारण गरे । पोखरा उनको गृहनगर । अधिकारीको लोकप्रियताले उचाइ लिएको ठाउँ । गायक खरेलले उनै दिवङ्गत मन्त्रीमा समर्पित गर्दै एउटा गीत गाए ।

    “याद गर्न पनि त कोही न कोही त चाहिँदोरहेछ”, दर्शकदीर्घामा रहेकाहरु झनै भावुक बने जब पछाडिको इलेक्ट्रोनिक पर्दामा रवीन्द्रका मुस्कानसहितका तस्वीरहरु देखिए । गीतसँगै टोलाइरहेका थिए उनका समकालीन राजनीतिज्ञ नेकपा स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई । जो त्यही कार्यक्रमका लागि पोखरा आइपुगेका थिए । “यो गीतले राजनीतिको धेरै मोडहरुमा सँगसँगै हिँडेको, एकापसमा दुःख–सुख बाँडेका धेरै पलहरुलाई मानसपटलमा ल्याइदियो”, भट्टराईले सम्झिए “सम्झना–सम्झना नै हो ।” सँगै थिए अधिकारीका सहपाठी दिलीप श्रेष्ठ । “आँखा ओभाउँदै थियो, यो गीत र स्क्रिनमा देखिएको उनको तस्वीरले अनायासै आँखा रसायो फेरि” श्रेष्ठले भन्नुभयो “धेरै चोटि उनलाई सम्झेर रोएको छु, उनलाई गुमाएको डेढ महीना हुनलाग्यो । प्रमोदको गीतले फेरि रुवायो उनको यादले ।” अन्य दर्शक पनि त्यसरी नै भावुक बनेका थिए ।

    बार्दली मिडिया प्रालिले आयोजना गरेको ‘पोखरामा प्रमोद खरेल’ कार्यक्रममा खरेलले आफ्ना लोकप्रिय गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । उनलाई गायिका मीना निरौलाले साथ दिएकी थिइन् । चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको प्रस्तुतिबाट पनि दर्शकले साङ्गीतिक कार्यक्रममा फरक स्वाद लिन पाए । पोखरा सङ्गीत पारखीका लागि उर्वर मानिन्छ । सडक बालबालिकाको सहयोगार्थ आयोजित यस साङ्गीतिक कार्यक्रम भव्यरूपमा सफल भएको बार्दलीका प्रबन्ध निर्देशक मन क्षेत्रीले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका विशेष व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      भारतमा सलमानको वयस्क ‘लूक्स’ देखेर पेरिस हिल्टन भइन् ‘फिदा’
      बलिउड अभिनेत्री एमी ज्याक्शन ब्वाईफ्रेण्डसँग यस्तो अवस्थामा भेटिएपछि ...
      जब दिशा पटानीले प्रियंका चोपडालाई पनि पछि पारिन्
      एएसआईको यस्तो आदेश आएपछि सलमानको दबंग–३ संकटमा
      'मेकअप नगरी किन आएकाे' भन्ने निर्णायकले दिईन् यस्तो स्पष्टीकरण
      ‘डन ३’ शाहरुख खानले छोडे, यि हुन् सुपरहिट सिरिजको नयाँ हिरो
      दिवगङ्त मन्त्री अधिकारीलाई सम्झिए गायक प्रमोद खरेलले
      टुँडिखेलमा यसरी मनाईयो घोडे जात्रा [तस्विर सहित]
      आज घोडेजात्रा, उपत्यकामा बिदा, टुँडीखेलमा सैन्य कौशल प्रदर्शनी
      यस्तो छ कमेडियन कपिल शर्माको कुल सम्पत्ति विवरण
      हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ को टोली ‘को बन्छ करोडपती’ को सेटमा
      मिस नेपालका लागि प्रतिस्पर्धीको प्रशिक्षण सुरु, ८ शहरबाट २६ छनोट
      गायिका नेहा कक्कर २ दिनका लागि नेपाल आउँदै, यस्तो छ समयतालिका
      नायिका सम्राज्ञीले लिइन् एउटा चलचित्रको पारिश्रमिक १६ लाख
      बलिउड अभिनेता विक्की कौशलको ‘उरी’ले रच्यो इतिहास
      ‘बिहेको ३ महिनामै प्रियंका–निक डिभोर्सको तयारीमा’
      बलिउड अभिनेत्री अमिषालाई गम्भीर आरोप, प्रमाणित भए जेल !
      हास्य टेलिसिरियल भद्रगोलमा प्रदीप र जसिता आउँदै
      मलाइका अरोडा र अर्जुन कपुरको विवाह मिति तय !
      बृहत कला र सांस्कृतिक महोत्सव शुरु
      सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आलियाले जित्दा दीपिकाको यो हाल !
      फिल्मफेयर अवार्ड – २०१९ मा रणवीर र आलिया उत्कृष्ट
      ‘नेपाल लोकस्टार’ को बजार प्रवर्धन र वितरण ‘एड-प्याड’ ले गर्ने
      ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’
      नेपाली युवकसँग बिहे गर्दै बलिउड अभिनेत्री श्रद्धा कपूर
      बलिउडका यी अभिनेत्रीहरु : थाहापाउनुहोस् कसले कति पढेका छन् ?
      प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा
      विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता
      पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाइएपछि सोनु निगमको कडा प्रतिक्रिया
      भृकुटीमण्डपमा ‘फ्लोरा एक्स्पो–२०७५’, अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार !
      Weather Forecast