प्रहरीसँगको भिडन्तमा मारिएका 'विप्लव नेता' कुमार पौडेल को हुन् ? #आहा खबर# जापानमा ट्रम्प र पुृटिनबीच बहुप्रतिक्षित भेट हुँदै #आहा खबर# किन आउँछ बारम्बार अमिलो डकार ? यस्तो छ कारण #आहा खबर# विश्वकप क्रिकेट : डेभिड वार्नरको सानदार 'कमब्याक', विश्वकपमा कीर्तिमानी ब्याटिङ #आहा खबर# ४१ चेपाङ बालबालिकाको चितवनमा यसरी गरियो उद्धार #आहा खबर# सहकारी संस्था स्थापना गरी ठगी गर्ने जेल चलान #आहा खबर# अलपत्र परेको मेलम्चीको काम पुनःशुरु, ‘भेन्टिलेसन साफ्ट’को काम हुँदै #आहा खबर# न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा #आहा खबर# १० महिनामा ५५ अर्बको शेयर सूचीकृत, पुनरकर्जाको उपयोग बढ्यो, नेप्सेमा ६ अङ्कको बृद्धि #आहा खबर# विभिन्न शीर्षकमाथि विनियोजन विधेयकमा खर्च कटौतीका ५ प्रस्ताव #आहा खबर# इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि #आहा खबर# सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते #आहा खबर# संवेदनशील पारमाणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति नदिइने #आहा खबर# सर्लाहीमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए #आहा खबर# पल्सर स्पोर्टस अवार्डमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिए #आहा खबर#
    मुभी-थिएटर

    बिना चन्दा नै नायिका श्वेता खड्काले माझी बस्तीमा बनाइन् ५३ घर, हस्तान्तरणको तयारी

    आईतवार, २४ चैत्र २०७५, आहाखबर

    काठमाडौं, २४ चैत । 

    विभिन्न चर्चित नेपली चलचित्रकी नायिका श्वेता खड्काले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ भीमटार माझी बस्तीमा नमुना बस्ती बनाएकी छन् । बस्तीमा ५३ वटा चिटिक्क परेका घर ठडिएका छन् ।

    ०७२ वैशाख १२ गते गएको भूकम्पबाट पीडितका लागि श्वेताले बस्ती बसाएकी हुन् । बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नायिका श्वेताले बस्तीको दुई तीनवटा तस्बिर जुन ड्रोन क्यामेराले खिचेका हुन्, फेसबुकमा पोस्ट गरेकी छन् । नायीका श्वेता खड्काको समन्वयमा निर्माण सुरु गरिएको एकीकृत माझी बस्ती निर्माणमा ढिलाई भए पनि विभिन्न कठिनाईहरुलाई छिचौल्दै अघि बढिरहेको छ ।

    भीमटारको माझी बस्तीका स्थानीयलाई लक्षित गरी नायिका खड्काले श्वेता श्री फाउन्डेसनमार्फत ५३ घर निर्माण सुरु गरेकी थिइन् । ४६५ वर्ग फिटमा निर्माण हुने घरको लागत प्रति घर लगभग सात लाख रुपैयाँ पर्न आउँछ । 

    फाउन्डेसनले स्थानीयसँग घर निर्माणमा लाग्ने सात लाख आफैले व्यहोर्नुपर्ने र अन्य भौतिक पूर्वाधारको काम मात्रै फाउन्डेसनले गर्ने सहमतिमा काम सुरु गरेको थियो ।

    श्वेताले काम अन्तिम चरणमा पुगेको र अझै केही बाँकी रहेको बताएकी छन् । श्वेताले कसैसँग चन्दा नउठाइकन बस्ती निर्माण गरेकी हुन् । उनी लेख्छिन्, ‘सानो घर, हाम्रो रहर’ को सपना साँचेका मेरा प्रिय माझी बस्तीका दाजुभाइ तथा दिदिबहिनीहरुसँग हात्तेमालो गर्दै यहाँसम्म आइपुगियो । धेरै कष्ट सहियो, धेरै हण्डर खाइयो । कतिले गाली गरे अनि कतिले आँखा तरे । कोहीले आश देखाए भने कोहीले उपहास गरे । तर सहयोगीहरुको साथ र माझी बस्तीका युवाहरुको हातका कारण हामी, हाम्रो सपनालाई बिपनामा परिणत गर्ने तर्खरमा छौ । अझै केही काम बाँकी छन् । म एक्लैले, अपुरो कामलाई पूरा गर्न सम्भव छैन । आउनुस् अझै मौका छ । नमुना माझी बस्तीमा आ–आफ्नो योगदान गरौ ।’

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast