अफगानिस्तानलाई फेरि झड्का, बँग्लादेश ६२ रनले विजयी, शकिबको नयाँ रेकर्ड #आहा खबर# के गरिस मंगले, आफ्नै ढङ्गले ! आफ्नै कार्यशैलीका कारण सरकार ‘घेराबन्दी’मा #आहा खबर# पहिरामा थुनिएका ५१ जना सुरक्षित स्थानमा #आहा खबर# आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा #आहा खबर# विश्वकप क्रिकेट : वेष्ट इण्डिजलाई ठूलो धक्का, चोटका कारण आन्द्रे रसेल बाहिरिए #आहा खबर# विप्लव समूहमा संलग्न भएको आरोपमा फिल्म ‘मालिका’ का निर्माता नरबहादुर कार्की पक्राउ #आहा खबर# तल्लो मोदी जलविद्युत् आयोजना पुनः सञ्चालनमा #आहा खबर# दुधसँग भुलेर पनि नखानुहोस यी ८ चिजहरु #आहा खबर# 'क्लीन फिड' नीतिले हंगामा ! टेलिभिजन प्रशारण बन्द, व्यवसायीहरु भन्छन् - सरकारलाई दबाब दिएका हौं #आहा खबर# आठबीसकोट नगरपालिका बन्यो मदिरामुक्त नगरपालिका #आहा खबर# राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु #आहा खबर# भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन यस्तो 'मास्टर प्लान' #आहा खबर# अर्घाखाँचीमा 'खानेपानीको मुहान बचाऔं, प्राण बचाऔं' अभियान तीब्र #आहा खबर# क्रिकेट विश्वकप : बंगलादेशद्वारा अफगानिस्तानलाई २ सय ६३ रनको लक्ष्य #आहा खबर# नेकपा कास्कीका ७२ वडाका अध्यक्ष र सचिवको शपथ #आहा खबर#
    प्रेरक प्रसँग

    गिट्टी कुटेर छोरीको फार्मेसी पढ्ने सपना पूरा गरेका यी पिता

    शुक्रबार, २२ चैत्र २०७५, सुशीला रेग्मी.
    (फाईल तस्बिर)
    बेझाड, २२ चैत
     
    रामपुर नगरपालिका–६ तिलकपुरका टोपनारायण ढकालले गिट्टी कुटेर छोरीको फार्मेसी पढ्ने सपना पूरा गर्नुभएको छ । 
     
    प्रयाप्त आयस्रोत नहुँदा छोराछोरीको पढ्ने चाहना हुँदाहँुदै पनि बीचमै पढाइ छोडाउन बाध्य हुने यहाँका अभिभावकका लागि गतिलो उदाहरण बनेका छन्, टोपनारायण ढकाल । उनले गिट्टी कुटेको आम्दानीबाट छोरीलाई बुटवल बजारमा राखेर फार्मेसी शिक्षा पढाउँदै आएको छ ।
     
    “सानैदेखि नै छोरीको पढाइ राम्रै थियो, एसएलसी दिएपछि उनले फार्मेसी पढ्ने इच्छा गरिन्, छोरीको सपना पूरा गर्न गिट्टी कुटेर फार्मेसी पढाउन थाले”, ढकालले भन्नुभयो । 
     
    उहाँले कालीगण्डकीबाट ढुङ्गा ल्याई घरको आँगनमा बसेर गिट्टी कुट्न थालेको चार वर्ष भयो भन्दै बिहान, दिउँसो  र साँझ निरन्तर रुपमा गिट्टी कुट्ने र त्यसबाट आर्जन गरेको रकम छोरीको पढाइमा लगानी गरिरहेको बताउनुभयो । 
     
    दैनिक १० बोराभन्दा बढी गिट्टी कुट्दै आउनुभएका ढकालले भन्नुभयो, “आफूले पढ्न नसक्दा जीवनभर दुःख पाउनु प¥यो, सन्ततीलाई उचित शिक्षा दियो भने उनीहरुको भविष्य राम्रो होला नि !”
     
    घरमै गिट्टी खरीद गर्न ग्राहक आउने हुँदा कुटेर राखे मात्र हुन्छ । ढकालले भन्नुभयो, “बिक्रीका लागि समस्या नहुँदा आय आर्जन गर्ने उपयुक्त माध्यम बनेको छ, गिट्टी कुट्ने पेसा ।”  रामपुर नगरपालिका क्षेत्रमा पछिल्लो समय ठूला ठूला घर भवन बन्न थालेपछि गिट्टी कुटेर आम्दानी गर्ने राम्रो अवसर मिलेको उहाँ बताउनुहुन्छ ।
     
    “गिट्टी कुटेर छोरीलाई फार्मेसी शिक्षा र छोरालाई होटल व्यवस्थापन शिक्षा पढाइरहेको छु, उनीहरुले भने बाबुको दुःख परिश्रमअनुसार नै मेहिनत गरेर पढिरहेका छन्” ढकालले भन्नुभयो ।
     
    “छोरी फार्मेसी शिक्षा सकेर अब जागिरको तयारीमा छ”, उहाँले भन्नुभयो, “हाम्रो गाउँघरमा अझै पनि छोरीलाई पढाउनु हुँदैन भन्ने पुरानो मान्यता यदाकदा छ, चाहना र ईच्छा भए कडा परिश्रम गरेर भए पनि छोरीलाई उच्च शिक्षा दिन सक्ने उदाहरण म आफैं बनेर देखाएको छु ।”
     
    ढकालले दुःख गरेर छोरीलाई फार्मेसी शिक्षामा लगानी गर्नुभएको देख्दा स्थानीवासी दङ्ग छन् । अहिले उहाँले आय स्रोत बलियो बनाउन घरमा किराना पसल, बाख्रापालन व्यवसाय पनि चलाउनुभएको छ । घरको आँगनमा बसेर गिट्टी कुट्ने, घरको हेरचाह गर्ने, पसल चलाउँदैमा दिन गएको उहाँलाई पत्तो छैन् ।
     
    ५० वर्षीय ढकालले आफूले सक्दासम्म निरन्तर रुपमा गिट्टी कुट्ने बताउनुहुन्छ । यस क्षेत्रमा करीब ५० घरभन्दा बढी गिट्टी कुट्ने व्यवसायमा आबद्ध छन् । घरबाटै प्रतिबोरा रु ५० मा धमाधम गिट्टी बिक्री हुन थालेपछि यस व्यवसायप्रति स्थानीयवासीको आकर्षण बढ्दो छ । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast