आईतवार, असोज ५, २०७६
    स्कुल-कलेज

    प्रदेश २ मा एसईई प्रश्नपत्र आउट गर्नेहरुलाई प्रहरीले सार्वजनिक गर्दै

    बिहिवार, २१ चैत्र २०७५, आहाखबर

    काठमाडौं, २१ चैत । 

    एसईई प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नहरुलाई प्रहरीले बुधबार सार्वजनिक गर्दैछ ।

    प्रदेश प्रहरी कार्यालय जनकपुर र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले एसइईको प्रश्नपत्रबाहिर ल्याउनेहरु चाँडै पत्ता लाग्ने दाबी गरेको थियो । 

    जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्न लागिएको हो ।

    यहाँ रहेको अनुसन्धान टोलीले सामाजिक सञ्जालमा पोस्ट गर्ने र मोबाइलबाट प्रश्नपत्र आदानप्रदान गर्ने कार्यमा संलग्नहरुसँग सोधपुछ गरिरहेको जनाउँदै दुई-तीन दिनमै पत्ता लाग्ने दाबी गरेको थियो । अनुसन्धानमा खटिनुभएका प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्काले भनेका थिए, “तीव्रताका साथ अनुसन्धान भइरहेको छ, प्रश्नपत्रबाहिर ल्याउने कार्यमा संलग्नहरुको अनुसन्धान गर्दै जाँदा २०औँ-२५औँ लेयरसम्म पनि पुग्नुपर्ने हुन्छ तर जति लेयर भए पनि पत्ता भने लाग्छ ।” 

    प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालको उपस्थितिमा दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने सप्तरीका डीएसपीले जानकारी दिए ।

    १४ र १५ चैतमा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast