मंगलवार, मंसिर ३, २०७६
    कला-सौन्दर्य

    मिस नेपालका लागि प्रतिस्पर्धीको प्रशिक्षण सुरु, ८ शहरबाट २६ छनोट

    बुधबार, २० चैत्र २०७५, आहाखबर

    काठमाडौं २० चैत्र । 

    हिडन ट्रेजरले आगामी मिस नेपाल प्रतियोगिताका लागि २६ प्रतिस्पर्धी छनोट गरेर प्रशिक्षण सुरु गरेको छ । हिडन ट्रेजरले क्षेत्रीय अडिसनमार्फत् ८ शहरबाट यी प्रतिस्पर्धी छनोट गरेको हो । 

    चितवन, बिराटनगर, बिर्तामोड, भद्रपुर र दमौली प्रत्येकबाट एक प्रतिस्पर्धी छनोट गरेको छ भने पोखरा, भैरहवा, ललिलपुरबाट दुई प्रतिस्पर्धी, साथै काठमाण्डुबाट १२ प्रतिस्पर्धी छनोट गरेको छ । देशबाहिरका तीन नेपाली पनि २६ प्रतिस्पर्धीभित्र परेका छन् जसमध्ये एक जना अष्ट्रेलियाकी हुन् भने अमेरिकाबाट दुई प्रतिस्पर्धी छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast