सोमबार, जेष्ठ १९, २०७७
    कृषि-उर्जा

    नेपाल विद्युत् प्राधिकरण : २ दिन उपत्यकाका यी स्थानमा बिजुली काटिने

    मंगलवार, १९ चैत्र २०७५, आहाखबर

    काठमाडौं, १९ चैत 

    नेपाल विद्युत् प्राधिकरणले मंगलबार र बुधबार उपत्यकाका केही स्थानमा विद्युत् लाइन काट्ने भएको छ ।

    प्राधिकरणका अनुसार पुलचोक वितरण केन्द्रअन्तर्गतको सैबु फिडरबाट वितरित ११ केभी लाइन भैसेपाटी रेडियो नेपाल टावर परिसरबाट खोकना दोबाटोसम्मको पोलहरू स्थानान्तरण गर्ने क्रममा निर्माण एवं मर्मत कार्य गर्नुपर्ने भएकाले मङ्गलवार र बुधवार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म भैसेपाटी जनता आवास एरिया, वाईवाई चोक, खोकना दोबाटो चोक एरिया, डिस होम एरियालगायत क्षेत्रमा विद्युत् सेवा बन्द हुनेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast