प्रहरीसँगको भिडन्तमा मारिएका 'विप्लव नेता' कुमार पौडेल को हुन् ? #आहा खबर# जापानमा ट्रम्प र पुृटिनबीच बहुप्रतिक्षित भेट हुँदै #आहा खबर# किन आउँछ बारम्बार अमिलो डकार ? यस्तो छ कारण #आहा खबर# विश्वकप क्रिकेट : डेभिड वार्नरको सानदार 'कमब्याक', विश्वकपमा कीर्तिमानी ब्याटिङ #आहा खबर# ४१ चेपाङ बालबालिकाको चितवनमा यसरी गरियो उद्धार #आहा खबर# सहकारी संस्था स्थापना गरी ठगी गर्ने जेल चलान #आहा खबर# अलपत्र परेको मेलम्चीको काम पुनःशुरु, ‘भेन्टिलेसन साफ्ट’को काम हुँदै #आहा खबर# न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा #आहा खबर# १० महिनामा ५५ अर्बको शेयर सूचीकृत, पुनरकर्जाको उपयोग बढ्यो, नेप्सेमा ६ अङ्कको बृद्धि #आहा खबर# विभिन्न शीर्षकमाथि विनियोजन विधेयकमा खर्च कटौतीका ५ प्रस्ताव #आहा खबर# इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि #आहा खबर# सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते #आहा खबर# संवेदनशील पारमाणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति नदिइने #आहा खबर# सर्लाहीमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए #आहा खबर# पल्सर स्पोर्टस अवार्डमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिए #आहा खबर#
    प्रेरक प्रसँग

    दीपेन्द्र ओलीको आवाजले देश चिनाउने सपना

    सोमबार, १८ चैत्र २०७५, आहाखबर

    घोडाघोडी , १८ चैत 

    कैलालीका एक १८ वर्षे किशोर आफ्नो आवाजका कारण ‘गिनिज बुक अफअल रेकर्डमा’नाम लेखाउन मेहनत गरिरहेका छन् । घोडाघोडी नगरपालिका–१ जनकपुरका १८ वर्षे दीपेन्द्र ओली आफूले निकाल्नसक्ने विभिन्न ११५ भन्दा बढी आवाजका कारण विश्व सामु नेपाललाई चिनाउन चाहन्छन् । 

    दीपेन्द्रले करीब पाँचवर्ष पहिले स्थानीय रेडियोमा काम गर्दागर्दै हास्य टेलिशङ्ृखला भद्रगोलका अर्जुन घिमिरे ‘पाडे’को आवाज निकालेर विज्ञापनका लागि पाडेको आवाज चाहिएको थियो । उनले आवाज निकालेपछि सबैले उनलाई बधाई दिए उनमा अझै उत्साह बढेर गयो । त्यसपछि उनी युटब हेरेर बढी भन्दा बढी आवाज निकाल्न लागिरहेका थिए । अहिले दीपेन्द्र हास्यकलाकार शिवहरि पौडेलदेखि कुमार कट्टेल ‘जिग्री’कोसमेत आवाज दुरुस्तै निकाल्न सक्छन् । 

    विभिन्न बाजागाजा, जनाबरको पनि आवाज निकाल्नसक्ने भएकाले सबैको माया पाइरहेको उनी बताउँछन् । दीपेन्द्रले आवाज निकाल्न लाग्दा हौसला र ऊर्जा थप्ने मान्छे कोही नभएको तर केहीका मन पाएर बौलाइरहन्छ भन्दै अलोचना गर्ने मान्छेको भने कमि थिएन । अहिले उनलाई देशका विभिन्न ठाउँमा सञ्चालन हुने मेला महोत्सव तथा विदेशबाट समेत निम्तो आउने गरेको छ । 

    दीपेन्द्रले भने, “स्कुल पढ्दा क्यारिकेचर गरेर गीत गाउथ्ये’ तर पछि मलाई नेपालका अन्य सबै हास्य कलाकारको भन्दा फरक गर्न मन लाग्यो र मैले त्यसकै लागि धेरै मेहनत गरेँ ।” अहिले उनलाई मेला महोत्सवमा प्रस्तुति दिन जानुपर्ने भएकाले भ्याइनभ्याइनै छ । 

    घरका एक्ला छोरा दीपेन्द्रकी एक बहिनी छिन् । शुरु शुरुमा परिवारबाट साथ नपाए पनि अहिले भने हौसला मिलेको उनले बताए । उनले भने, “बाहिर कार्यक्रममा व्यस्त हुन थालेपछि परिवारको साथ पाएँ, अहिले उहाँहरुले पनि अगाडि बढ्न हौसला दिनुहुन्छ ।” उनले हास्यव्यग्य क्षेत्रमै केही गर्छु भनेर लागेको तीन वर्ष जतिभयो । 

    तीन वर्ष पहिले कैलालीको सुख्खडमा आयोजना भएको सांस्कृतिक कार्यक्रममा दीपेन्द्रले पहिलो पटक आफ्नो प्रतिभा देखाए र सबैले सकारात्मक प्रतिक्रिया दिएपछि आफूमा थप ऊर्जा थपिएको उनले बताए । चितवन, पोखरा, भैरहवा, कपिलवस्तु, बुटवल, धनगढीलगायत विभिन्न ठाउँ गरी नेपालका ४० जिल्लामा सहभागिता जनाइसकेको उनले बताए । उनले भने, “गिनिज बुकमा नाम लेखाउने सपना छ ।” नाकको प्वालबाट गितार, घाँटीबाट सनहीलगायतका विभिन्न किसिमका बाजाको आवाज निकाल्नसक्ने उनले भारतीय चर्चित कार्टुन मोटु पत्लुको आवाजको क्यारिकेचर गरेर बालबालिकालाई मनोरञ्जन दिने गर्छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast