मंगलवार, मंसिर २४, २०७६
    स्कुल-कलेज

    प्रदेश २ को एसईई परीक्षा चैत २२ देखि २९ गतेसम्म हुने

    सोमबार, १८ चैत्र २०७५, आहाखबर

    काठमाडौँ, १८ चैत  

    प्रदेश २ को रद्द र स्थगित गरिएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा चैत २२ देखि २९ गतेसम्म सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ । बोर्डको सोमबार बिहान बसको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 

    हावाहुरीले कुनै परीक्षा केन्द्रमा क्षति पुगेको भए त्यसको व्यवस्थापन मिलाउन बोर्ड बैठकले जिल्ला परीक्षा समन्वय समितिलाई आग्रह गरेको छ ।

    यसैगरी चैत २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्रविधिक धारका विषयहरुको परीक्षा लिइने बोर्डले जनाएको छ ।

    बोर्डले २२ गते विज्ञान, २३ गते सामाजिक विषयको परीक्षा लिइने जनाएको छ । यी दुवै विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast