अफगानिस्तानलाई फेरि झड्का, बँग्लादेश ६२ रनले विजयी, शकिबको नयाँ रेकर्ड #आहा खबर# के गरिस मंगले, आफ्नै ढङ्गले ! आफ्नै कार्यशैलीका कारण सरकार ‘घेराबन्दी’मा #आहा खबर# पहिरामा थुनिएका ५१ जना सुरक्षित स्थानमा #आहा खबर# आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा #आहा खबर# विश्वकप क्रिकेट : वेष्ट इण्डिजलाई ठूलो धक्का, चोटका कारण आन्द्रे रसेल बाहिरिए #आहा खबर# विप्लव समूहमा संलग्न भएको आरोपमा फिल्म ‘मालिका’ का निर्माता नरबहादुर कार्की पक्राउ #आहा खबर# तल्लो मोदी जलविद्युत् आयोजना पुनः सञ्चालनमा #आहा खबर# दुधसँग भुलेर पनि नखानुहोस यी ८ चिजहरु #आहा खबर# 'क्लीन फिड' नीतिले हंगामा ! टेलिभिजन प्रशारण बन्द, व्यवसायीहरु भन्छन् - सरकारलाई दबाब दिएका हौं #आहा खबर# आठबीसकोट नगरपालिका बन्यो मदिरामुक्त नगरपालिका #आहा खबर# राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु #आहा खबर# भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन यस्तो 'मास्टर प्लान' #आहा खबर# अर्घाखाँचीमा 'खानेपानीको मुहान बचाऔं, प्राण बचाऔं' अभियान तीब्र #आहा खबर# क्रिकेट विश्वकप : बंगलादेशद्वारा अफगानिस्तानलाई २ सय ६३ रनको लक्ष्य #आहा खबर# नेकपा कास्कीका ७२ वडाका अध्यक्ष र सचिवको शपथ #आहा खबर#
    शेयर बजार

    यी हुन् शेयर खरिदका लागि ऋण लिन मिल्ने ३१ कम्पनी [सुचीसहित]

    आईतवार, १७ चैत्र २०७५, आहाखबर

    काठमाडौँ, १७ चैत  

    नेपाल स्टक एक्सचेञ्जले शेयर खरिदका लागि ऋण दिन मिल्ने कम्पनीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । स्टकले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा ‘मार्जिन कारोवार’ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सूची सार्वजनिक गरेको हो । 

    स्टकले ‘मार्जिन कारोवार सुविधासम्बन्धी कार्यविधि, २०७५’ लागू गरेको सन्दर्भमा केही शर्तसहित शेयर खरिदका लागि ऋण सुविधा दिने प्रक्रिया अगाडि बढाएको हो । स्टकले कम्तीमा १० हजार शेयरधनी भएको, कम्पनीको खूद सम्पत्ति चुक्ता पूँजीभन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तीमा ८० प्रतिशत कारोवार दिनमा शेयर कारोवार भएको तथा आर्थिक वर्षको प्रथम ६ महिनामा वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनीले मार्जिन कारोवार सुविधा योग्य धितोपत्रको रुपमा तयार हुने व्यवस्था गरेको छ । 

    मार्जिन कारोवार योग्य धितोपत्रको कारोवारका लागि दलाल व्यवसायी र लगानीकर्ता सूचीकृत सङ्गठित संस्थालाई आवश्यक जानकारीका लागि भन्दै स्टकले आज केही कम्पनीको सूची सार्वजनिक गरेको छ । स्टकले सार्वजनिक गरेको सूचीमा ११ वाणिज्य बैंक, ६ विकास बैंक, नौ लघुवित्त कम्पनी, तीन जलविद्युत् कम्पनी, एक होटल र अन्यमा नेपाल टेलिकम रहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast