याद राख्नुहोस्, बिहिवार भुलेर पनि यी काम गर्दा हुनसक्छ ठुलो दुर्घटना ! #आहा खबर# नेपाल भ्रमण वर्ष २०२० - सगरमाथाको चुचुरोमा झन्डा फहराउने लक्ष्य #आहा खबर# लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको आज ६९औं जन्मदिन #आहा खबर# समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर#
    खेल संसार

    आइ.पि.एल.

    दिल्ली क्यापिटल्सको 'सान' नै 'सन्दीप' ! बिस्तारै खेलमा फर्किदै

    शुक्रबार, १५ चैत्र २०७५, आहाखबर 7.93K

    काठमाडौँ, १५ चैत

    विश्व चर्चित क्रिकेटको महाकुम्भ आइ.पि.एल.को १२ औँ सँस्करणको खेल जारी छ । दिल्ली क्यापिटल्सले आफ्नो दुई खेलहरु खेलिसकेको छ । यी दुवै खेलहरुमा सन्दिप लामिछानेलाई दिल्लीले खेलाएन जसको कारण धेरै नेपाली समर्थक निराश बन्न पुगेका थिए  । अहिले नेपालका लेग स्पिनर सन्दिप लामिछानेले दिल्ली क्यापिटल्सबाट प्लइेङ ११ मा स्थान बनाउलान् या नबनाउलान् भन्ने सबै नेपालीहरुको उत्सुकताको बिषय रहेको छ ।

    जारी १२ औं आइपीएलमा दिल्लीले दोश्रो खेल मंगलबार खेल्यो । दोश्रो खेलसम्म पनि सन्दिप लामिछाने प्लेएर ११ मा पर्न सकेनन् । आइपीएल सिजन ११ मा सन्दिप लामिछानेको पछिल्ला खेलबाट प्रभावित भएका धेरै दिल्लीका फ्यानहरुले यो पटक पनि सन्दिप लामिछानेलाई खेलाउन माग गरेका छन् ।

    आईपिल को नियम अनुसार टोलीले आफ्नो अन्तिम ११ मा ४ बिदेशी खेलाडी राख्न पाउँछन् । यसकारण पनि सन्दिपलाई अन्तिम ११ मा स्थान बनाउन अर्को चुनौती थपिएको छ। दिल्लीको टोलीमा सन्दिपसंगै कोलिन इन्ग्राम, कोलिन मुन्रो, क्रिस मोरिस, कागीसो रबाडा, ट्रेन्ट बोल्ट, शर्फ़ेन रुदर्फोर्ड र किमो पौल जस्ता बिदेशी खेलाडी रहेका छन्।

    पहिलो खेलमा जितेको दिल्लीले दोश्रो खेलमा चेन्नई सुपरकिंग्ससँग राम्रो खेल्न नसकेपछी अर्को खेलमा दिल्लीले सन्दिपलाई बिकल्पमा उतार्न सक्ने सम्भावना रहेको छ । सन्दिपले खेल्ने सम्भावनाका कारणहरु यसप्रकार रहेका छन् : 

    कमजोर फिल्डीङ

    यस सिजन दिल्लीको फिल्डीङ कमजोर देखिएको छ । कमजोर फिल्डीङमा नेपाली खेलाडी सन्दिप लामिछाने विकल्प रहेको विभिन्न जानकारहरु बताउंछन् ।

    दोस्रो खेलमा चेन्नई सुपरकिंग्सले धमाकेदार ब्याटिङ गर्दा दिल्लीको फिल्डीङ कमजोर देखियो । यस क्रममा दिल्लीका पुर्व कप्तान समेत रहेका कमेन्टर गौतम गम्भीर र अर्का एक कमेन्टरले दिल्लीको बिकल्पमा सन्दिप लामिछाने रहेको बताएका थिए ।

    अनुभव

    सन्दीपले विदेशी भूमिमा धेरै टि–ट्वान्टी लिग खेलेको अनुभवको कारण उनलाई खेलाउन सक्ने बलियो सम्भावना पनि देखिएको छ । अमित मिश्राले दोस्रो खेलमा राम्रो प्रदर्शन गरेपछि सन्दिपले पनि चान्स पाउने देखिएको छ । प्लइेङ ११ मा स्थान बनाएमा सन्दीपलाई आफ्नो जादु देखाउन सजिलो हुने अनुमान लगाउन सकिन्छ । त्यसकारण उनलाई अवसरसंगै चुनौती पनि थपिन सक्छ । 

    आफु सहभागी बनेका हरेक टि-२० लिगहरुको सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा सन्दिप अटाउँदै आएका छन्। आइपिएल यता सन्दिपले क्यारेबियन प्रिमियर लिगमा ७ विकेट ( ५ खेल मात्र ), ग्लोबल टि-२० लिगमा ८ विकेट ( ५ खेल ), अफगानिस्तान प्रिमियर लिगमा २ विकेट ( १ खेल मात्र ), बिग ब्यास लिगमा ११ विकेट ( ८ खेल मात्र ), बंगलादेश सुपर लिगमा ४ विकेट ( ६ खेल ), पाकिस्तान सुपर लिगमा ११ विकेट ( ७ खेल मात्र ) र टि-१० लिगमा ६ विकेट ( ६ खेल ) हात पारेका छन्।

    स्पिन डिपार्टमेन्टको मेरुदण्ड सन्दीप

    भएका दुई खेलहरुमा दिल्लीको स्पिन खासै चल्न सकेको छैन । यस सिजन ल्याईएका अक्षर पटेल खासै चल्न सकेका छैनन् ।

    विदेशी  खेलाडीहरु ट्रेँन्टवोल्ट र कंगिसो रवडा दुवै जना तीब्र गतिका वलरमध्ये एकजनालाई मैदान उत्राएमा स्पिनरको रुपमा सन्दीपलाई दिल्लीले मैदानमा उत्रार्ने सक्ने छ र अन्य तीब्र गतिका भारतीय बलर खेलाउन सक्ने सम्भावना पनि रहेको छ ।

    गत सिजनको प्रदर्शन

    अन्तिम सिजन प्रतियोगिताको अन्तिम ३ खेल खेल्दै ५ विकेट चट्काएका थिए ।यस सिजन भने दिल्लीले स्पिन बलिंगबात खासै विकेट निकालेको छैन । अब दिल्लीको अन्तिम आश नै सन्दीप रहेका छन् । 

    अबका खेलहरुमा भने उनलाई थप मौका दिने आशा गरिएको छ। अघिल्लो सिजनको आइपिएल यता विश्वभरका टि-२० लिगमा सहभागी हुँदै आएका सन्दिपले भारतमा समेत धेरै क्रिकेट विश्लेषक र समर्थकको ध्यान तानेका छन्।

    गत सिजन सन्दीपले आई पी एलमा निकै राम्रो बलिङ्ग गरेर सम्पूर्ण राष्ट्रकै शिर उँचो पारेका थिए । डेल्ली डेएर डेभिल्समा २० लाख भारतीय रुपैँयामा अनुबन्धित भएका युवा खेलाडी सन्दीपले आफुले खेलेका ३ खेलमा ५ विकेट लिँदै आफ्नो क्षेमताको प्रदर्शन गरेका थिए । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरका शुरुआती ब्याट्स् म्यान पार्थिव पटेललाई आउट गरेका सन्दीपले दोस्रो खेलमा चेन्नई सुपर किङ्गस्का सुरेश रैनाको विकेट लिएका थिए ।

    तेस्रो खेलमा त मुम्बाई ईण्डियन्सका सुर्यकुमार यादव, करिन पोलार्ड र क्रुनाल पाण्डेको विकेट लिएरको विकेट लिएर अन्तराष्ट्रिय स्तरमा राम्रो छाप छोड्न सफल भएका छन् । सन्दीपले चेन्नई विरुद्धको दोस्रो खेलमा स्टाईलिस प्लेएर अफ दि म्याचको उपाधि प्राप्त गरेका थिए ।

    क्रिकेट पण्डितहरुको पहिलो रोजाई

    पूर्व अष्ट्रेलियन क्रिकेटर तथा वर्तमान क्रिकेट विश्लेषक ब्र्याड हजले सन्दिप लामिछानेलाई दिल्ली क्यापिटल्सको एक्स-फ्याक्टर खेलाडीको रूपमा औल्याएका छन्।

    क्रिकेट साइट, इएसपिएन क्रिकिन्फोसँगको कुरा गर्दै हजले सन्दीपको तारिफ गर्दै यो सिजन दिल्लीका लागि सन्दीपले राम्रो नतिजा निकाल्न महत्वपूर्ण योगदान दिनसक्ने समेत बताए। दोस्रो खेलमा सन्दीप नखेलेपछि क्रिकेट एक्सपर्टहरु आश्चर्यमा परेका थिए । उक्त खेल दिल्लीको होम ग्राउन्डमा भएको थियो, जहाँको पिच स्पिनरका लागि सुहाउँदो थियो । यदि सन्दीपलाई खेलाएको भए म्याचको नतिजा अर्कै आउन सक्ने क्रिकेट विश्लेषकहरुले बताएका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      नेपालको टी-ट्वान्टी विश्वकप क्रिकेटमा छनोट हुने सम्भावना कति ?
      दिल्ली क्यापिटल्स मुम्बइसँग भिड्दै, सन्दीपको खेल्ने सम्भावना कति ?
      आठौँ राष्ट्रिय खेलकुद : औपचारिक उद्घाटन आज, दुलहीजस्तै नेपालगञ्ज
      नेपालको विश्वकप खेल्ने सपना अधुरै, १ रनले बनायो पर्खाल
      कुवेतले दियो १५८ रनको लक्ष्य, नेपाल जवाफी व्याटिंगमा
      नेपालको यु-१९ विश्वकप भविष्य ओमानको हातमा !
      एसीसी यु–१६ क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा
      यी चर्चित ५ नाम जो भारतीय विश्वकप टोलीमा अटाएनन्
      बार्सिलोनाले टुङ्ग्यायो म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिग यात्रा
      यू–१९ विश्वकप छनौट : नेपालले ओमानलाई १ सय ५० रनले हरायो
      यू–१९ विश्वकप छनौट : नेपालले ओमानलाई २३० रनको लक्ष्य दियो
      यी चर्चित ५ नाम जो अष्ट्रेलियन विश्वकप टोलीमा अटाएनन्
      आठौँ राष्ट्रिय खेलकूद : साइक्लिङमा आर्मीलाई स्वर्ण !
      नेपाल विजयी : मलेसियामाथि ८ विकेटको फराकिलो जीत
      दिल्लीद्वारा हैदरावाद ३९ रनले पराजित, जितसंगै दिल्ली दोस्रो स्थानमा
      आठौँ राष्ट्रिय खेलकूद : आइतबारदेखि ब्याडमिन्टन खेल शुरु
      आईपीएल : बैंग्लोरको पहिलो जित, पन्जाब ८ विकेटले पराजित
      बर्षा बाधक बनेपछि नेपालकाे पहिलाे हार, युएई १ रनले विजयी
      वुमन्स च्याम्पियन्स टि ट्वान्टी लिगको टोली र मार्की खेलाडी घोषणा
      एभर्टनसँग १-० ले पराजित भएसँगै आर्सनलले गुमायो सुनौलो मौका
      कोहलीको आरसीबीलाई दिल्लीले हरायो, टी-२० मा सन्दीपको ५० विकेट पूरा
      खराब मौसमका कारण स्थगित भएको मातृभूमि कप अर्को शनिबार
      आइपीएल: मुम्बईद्वारा हैदराबाद पराजित, अल्जारी जोसेफले लिए ६ विकेट
      महिला फुटबल ओलम्पिक छनोट : भारत बन्यो नेपालको तँगारो !
      बिजयी भवः ! आईसीसी यू-१९ विश्वकप छनौट खेल्न नेपाली टोली मलेसियातर्फ
      आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता : निर्माण कार्य तीव्र
      दिल्ली क्यापिटल्स ५ विकेटले पराजित, सन्दीपले लिए १ विकेट
      फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत्
      आइपीएलमा रोकियो चेन्नाईको विजयरथ, मुम्बईले ३७ रनले हरायो
      ओलम्पिक छनोट : नेपाल ​म्यान्मारसँग पराजित
      Weather Forecast