शुक्रबार, कार्तिक २९, २०७६
    कला-सौन्दर्य

    हास्य टेलिसिरियल भद्रगोलमा प्रदीप र जसिता आउँदै

    शुक्रबार, १५ चैत्र २०७५, आहाखबर

    काठमाडौं, १५ चैत । 

    नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्यटेलिश्रृंखला ‘भद्रगोल’को आगामी श्रृंखलामा नायक प्रदीप खड्का तथा नायिका जसिता गुरुङ देखिने भएका छन् । प्रदीप र जसिताले आफ्नो चलचित्र ‘लभ स्टेशन’को प्रचारको लागि चर्चित हास्यटेलिश्रृंखला ‘भद्रगोल’लाई रोजेका हुन् । टेलिश्रृंखलामा उनीहरुको बिशेष भुमिका रहने श्रृंखला निर्देशन दीपक आचार्यले जानकारी दिए ।

    प्रदिप र जसिता अभिनित एपिसोड चैत १५ गते शुक्रबार प्रसारण हुनेछ । ‘भद्रगोल’ टेलिश्रृंखला सबैभन्दा चर्चित कार्यक्रम भएकोले पनि चलचित्रका निर्माता–निर्देशकको रोजाइमा भद्रगोल पर्ने गर्छ । ‘भद्रगोल’मार्फत यसअघि पनि चलचित्र ‘लिलिबिली’, ‘छक्कापञ्जा ३’ लगायतका चलचित्रहरुको प्रचारप्रसार गरिसकिएको छ । उज्वल घिमिरेद्वार निर्देशित चलचित्र ‘लभ स्टेशन’ चैत २२ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast