आईतवार, असोज ५, २०७६
    स्कुल-कलेज

    एसईईको प्रश्नपत्र 'लिक' : ४ सदस्यीय छानबिन समिति गठन

    बिहिवार, १४ चैत्र २०७५, आहाखबर

    काठमाडौं, १४ चैत 

    राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा एसईई विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको घटना छानबिन गर्न समिति गठन गरेको छ । 

    बिहीबारका लागि तयार भएको विज्ञान विषयको प्रश्नपत्र बुधबार नै सार्वजनिक भएको खुलासा भएपछि बोर्डले परीक्षा रद्ध गर्ने निर्णय गरेको हो । 

    बिहीबार रद्ध भएको प्रदेश २ को विज्ञान विषयको परीक्षा चैत २२ गते गर्ने निर्णय भएको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए । 

    बिहीबार बसेको बोर्ड बैठकले परीक्षा बोर्डकी सदस्य प्राध्यापक अमुदा श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा रमाकान्त शर्मा, रमेश मैनाली र रमेश अधिकारी रहेका छन् । 

    छानबिन समितिका सदस्य शर्मा  शिक्षा विकास तथा समन्वय निर्देशनालय प्रदेश २ का निर्देशक हुन् भने मैनाली शिक्षा विज्ञान तथा प्रविध मन्त्रालयका उपसचिव हुन् । राष्ट्रिय परीक्षा बोर्डका शाखा अधिकृत अधिकारीलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ । 

    समितलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको परीक्षा नियन्त्रक (कक्षा १०) विष्णु अधिकारीले जानकारी दिए । बोर्ड बैठकले प्रदेश–२ मा बिहीबार सञ्चालन भएको एसईई परीक्षा रद्ध गरेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast