मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    मेलम्चीमा भ्रष्टाचार ? रञ्जु दर्शनाले दिइन् मन्त्री बिना मगरविरुद्ध उजुरी

    बुधबार, १३ चैत्र २०७५, आहाखबर

    काठमाडौ, १३ चैत्र । 

    खानेपानी मन्त्री बिना मगरविरुद्ध विवेकशील नेपाली दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ ।

    जनसरोकारको विषय रहेको मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै मंगलबार विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना सहितको टोलीले अख्तियारमा उजुरी दर्ता गराएको हो ।
    उजुरीमा सम्बन्धित मन्त्री, सचिव, कर्मचारीदेखि ठेकेदार कम्पनीमाथि छानबिनको माग गरिएको छ ।

     

    यस्तो छ ठहर 

    खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीको लापरवाहीका कारण मेलम्ची आयोजना पूरा नभएको विवेकशीलको ठहर छ । मेलम्ची प्रकरणमा विवादहरू आउन थालेपछि केही समयअघि मन्त्रि मगरले सचिव गजेन्द्र ठाकुरको सरुवा गरेकी थिइन् भने सोही विषयमा संसदको अर्थ समिति र संसदमा पनि उनीमाथि प्रश्न उठाइएको थियो ।

     

    मन्त्रालयबाट पुनरावेदन

    इटालिएन ठेकेदार कम्पनी सिएमसिले २०७५ साल पुस ५ गते आयोजनाबाट हात झिकेपछि मेलम्ची आयोजना नै अन्योलमा परेको छ ।

    सीएमसीका प्रतिनिधिले थप लागत र थप समयअवधिको लागि डिस्प्युट बोर्डमा १ अर्ब ६५ करोड दाबी गरेका थिए । त्यसमा मन्त्रालयले पुनरावेदन गरेको थियो । उक्त विषयमा बोर्डले ३६ करोड रुपैयाँ सीएमसीलाई दिनुपर्ने भनेर निर्णय गर्‍यो । तर उक्त रुकममाथि विवाद भएपछि ठेकेदार कम्पनीले आयोजना छोडेको हो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast