शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    यस्तो छ काठमाडौं महानगरले ल्याएको नयाँ ब्रुमर, यी रूटमा संचालन हुँदै

    मंगलवार, १२ चैत्र २०७५, आहाखबर

    काठमाडौँ, १२ चैत 

    काठमाडौंको सडक धूलोमुक्त बनाउन मंगलबारदेखि काठमाडौं महानगरपालिकाले पाँच वटा ब्रुमर सञ्चालनमा ल्याएको छ।

    धुलो र धुवामुक्त सहर बनाउनका लागि ल्याएका ब्रुमरलाई महानगरले सभागृहमा मंगलबार एक कार्यक्रम गरेर औपचारिक शुभारम्भ गरेको हो । 

    युरो ४ एमिसन स्ट्याण्डर्डका डुलेभो ६००० मोडेर र एफपिटी इन्डिस्ट्रियलका यी ब्रुमरको इन्जिन क्षमता १०७ किलोवाट छ । डिजेलबाट चल्ने यी ब्रुमरका अगाडि एक, छेउमा दुई र बीचमा एक गरेर चार वटा ब्रस छन् ।

    ब्रुमरमा पाँच सय लिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण क्षमता छ । यसको अधिकतम सफाइ क्षमता २५ हजार स्क्वायर मिटर प्रतिघण्टा रहेको छ । ब्रसले न्युनतम् २६ सय मिलिमिटर र अधिकतम् ३६ सय मिलिमिटर चौडाइमा सफाई गर्न सक्छ ।

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी काठमाडौंको सडक धूलोमुक्त बनाउन इटालीबाट खरिद गरिएको नयाँ प्रविधिको ५ वटा ब्रुमर सञ्चालन कार्यको शुभारम्भ गरेका हुन् ।

     

    टेकुबाट ब्रुमर सञ्चालन हुने रूटहरू :

    रूट नम्बर १ : टेकुबाट सुरू हुँदै सोल्टीमोड, टेकु, त्रिपुरेश्वर, सुन्धरा, नयाँ सडक, महांकाल, जमल, लाजिम्पाट, शितल निवास, शिक्षण अस्पताल, महाराजगञ्ज हुँदै जमल, घण्टाघर भद्रकाली हुँदै 
    सुन्धारास

    रूट नम्बर २ : टेकुबाट सिंहदरबार, पुतलीसडक, कमलादी, बालुवाटारलगायतका स्थानमा 

    रूट नम्बर ३ : टेकुबाट कमल पोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, गोशाला, एयरपोर्ट, सिनामंगल, चाबहिल

    रूट नम्बर ४ : गौशला, बत्तिसपुतली, पुरानो बानेश्वर, मैतीदेवीलगायतका स्थानमा

    रूट नम्बर ५ : टेकुबाट कलंकी, सितापाइला, बालाजु, ठमेललगायतका स्थानमा

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast