मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    विप्लप समूहका ३ कार्यकर्ता पक्राउ, प्रभावशाली नेताले दिए राजीनामा !

    मंगलवार, १२ चैत्र २०७५, आहाखबर

    दमौली, १२ चैत 

    नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, व्यास–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा छन् । 

    पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँका अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी लमजुङ जिल्लाका अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन् । सुनार र कुमाललाई तिनकै घरबाट र बुढालाई बन्दीपुर गाउँपालिका–५ याम्पाबाट सोमबार राति पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिनुभयो । 

    पक्राउ परेकाहरूलाई आजै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराई अनुसन्धान थालिएको छ । उनीहरूका साथबाट चन्दा रसिद पनि बरामद गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले गत फागुन २८ गते चन्द समूहका जिल्ला सदस्य प्रेम शाहीलाई बन्दीपुर गाउँपालिका–१ बाट पक्राउ गरेको थियो । 

     

    पक्राउ पर्ने डरले राजीनामा

    चितवन – विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका चार जनाले सामुहिक राजीनामा दिएका छन् । चार जना कार्यकर्ताहरुले मंगलबार विज्ञप्ती जारी गर्दै सामूहीक राजीनामा दिएका हुन् ।

    भरतपुर महानगरपालिका १० का ईन्चार्ज मधु क्षेत्री, नगर सदस्यहरु रामप्यारी श्रेष्ठ, राजकुमार बिक र श्रमनाथ पण्डितले संयुक्त विज्ञप्ती जारी गर्दै विप्लव नेकपाको कुनै पनि तहमा नरहने गरि राजीनामा दिएको जनाएका छन् ।

    विप्लव समूहका कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि उनीहरुले राजीनामा दिएका हुन् ।

    काभ्रेबाट पक्राउ परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जनाको समूहमा पूर्वसांसद् उमा भुजेलका श्रीमान् विजय श्रेष्ठ पक्राउ परेका थिए ।

    ओली, श्रेष्ठ लगायतविरुद्ध प्रहरीले विष्फोटक पदार्थ, हतियार तथा खरखजना, राज्यविरुद्धको कसुर लगायतको मुद्दामा ८ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्ने खानेपानी मन्त्री विना मगरको पूर्वपति शंकर अधिकारी पनि छन् । हाल उनी विप्लव समूहको रौतहट इन्चार्ज छन् ।

    सरकारले विप्लव समूहमाथि गत फागुन २८ गते प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । पछिल्लो समय विप्लव समूहका कार्यकर्ता पक्राउ पर्नेक्रम जारी । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast