समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर# सञ्जय दत्तकी छोरी त्रिशालाको फोटो इन्टरनेटमा भयो भाइरल ! #आहा खबर# खेलकूदको विकासका लागि विशेष पहल आवश्यक : राष्ट्रपति भण्डारी #आहा खबर#
    स्वाद/परिकार

    अण्डा खानु ठिक कि बेठिक ? हप्तामा कति खाने ?

    मंगलवार, १२ चैत्र २०७५, -बीबीसी .

    काठमाडौं, चैत्र ।

    अण्डा खानु स्वास्थ्यका लागि ठिक कि बेठिक भन्ने विषयमा विज्ञहरूले वर्षौँदेखि बहस गर्दै आएका छन्।

    यसको उत्तर हामी प्रत्येक हप्ता कति अण्डा खान्छौँ भन्नेमा भर पर्ने एउटा मेडिकल जर्नलमा प्रकाशित नयाँ अध्ययनले देखाएको छ।

    एउटा ठूलो अण्डामा झन्डै ‍१८५ मिलिग्राम कलेस्ट्रल हुन्छ। यो मात्रा विश्व स्वास्थ्य सङ्गठनले दैनिक अधिकतम खान हुने भनेको ३०० मिलिग्रामको आधाभन्दा धेरै हो।

    उक्त अध्ययनका अनुसार दिनमा जम्मा दुईवटा मात्रै अण्डा खाँदा पनि त्यसले मुटुलाई हानि पुर्‍याउन र उमेर नपुग्दै मृत्यु हुन सक्छ।

    अण्डाको पहेँलो भागमा धेरै मात्रामा कलेस्ट्रल हुने कारणले खतरा देखिएको हो।

    एउटा ठूलो अण्डामा झन्डै ‍१८५ मिलिग्राम कलेस्ट्रल हुन्छ। यो मात्रा विश्व स्वास्थ्य सङ्गठनले दैनिक अधिकतम खान हुने भनेको ३०० मिलिग्रामको आधाभन्दा धेरै हो।
     

    रोग लाग्ने खतरा कति ?
     

    उक्त अध्ययन १७ वर्षमा ३० हजारभन्दा बढी सहभागीहरूमा गरिएको छ वटा परीक्षणहरूको तथ्याङ्कमा आधारित छ।

    अनुसन्धानकर्ताहरूले प्रतिदिन ३०० मिलिग्राम कलेस्ट्रल खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा १७ प्रतिशतले र उमेर नपुग्दै ज्यान जाने खतरा १८ प्रतिशतले बढ्ने निष्कर्ष निकालेका छन्।

    उनीहरूले हप्तामा तीनदेखि चारवटा अण्डाहरू खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा छ प्रतिशतले र उमेर नपुग्दै मृत्यु हुने खतरा आठ प्रतिशत बढ्ने बताएका छन्।

    दिनको दुईवटा अण्डा खाँदा पनि त्यसले यी खतराहरू क्रमशस् २७ प्रतिशत र ३४ प्रतिशतले बढाउँछ।

    सो अध्ययन उमेर, शारीरिक क्षमता, सुर्तीसेवन वा उच्च रक्तचापसँग सम्बन्ध नहेरी गरिएको हो।

    ूहाम्रो अध्ययनले देखाएको भनेको यदि दुईजना मानिसले उस्तै आहारमा छन् र उनीहरूबीचको फरक भनेको उनीहरूले खाने अण्डा हो भने अण्डा खाने मानिसमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ भन्ने हो,ू शोधकी एक लेखिका तथा नर्थवेस्टर्न युनिभर्सिटीकी उपप्राध्यापक नोरिना एलेनले भनिन्।
     

    पहिलाका अध्ययनसँग विरोधाभास

    पुराना अध्ययनहरूले अण्डा खानु र मुटुरोगको सम्बन्ध नरहेको देखाएकोमा नयाँ अध्ययन विरोधाभासपूर्ण देखिएको छ।

    तर एलेनका अनुसार पहिलाका अध्ययनहरूको नमूना सानो, समयावधि छोटो र विविधता कम रहेका थिए।

    यद्यपि अनुसन्धानकर्ताहरूले आफ्नो विश्लेषणमा केही त्रुटिहरू हुनसक्ने बताएका छन्।
    सहभागीले गएको महिना वा वर्षहरूमा अण्डा खाएकोबारे प्रश्नोत्तरमार्फत् जानकारी दिनुपर्ने भएकाले सो अध्ययनको निष्कर्ष अपूर्ण हुनसक्ने देखिएको छ।

    अण्डासम्बन्धी अन्तर्राष्ट्रिय निकाय इन्टर्न्याश्नल एग कमिशनको सन् २०१५ को तथ्याङ्कले अमेरिकीहरू विश्वमा धेरै अण्डा खानेमा पाँचौ देशमा पर्छन्। अमेरिकामा प्रत्येक वर्ष प्रतिव्यक्ति २५२ वटा अण्डा उपभोग हुन्छ।

    अन्य विज्ञहरूले यो अध्ययनले अण्डाको आहार र मुटुरोग बीचको सम्बन्ध देखाए पनि मुटुसम्बन्धी रोगको कारणकै रूपमा अण्डाको आहारलाई स्थापित गर्न नसकेको बताएका छन्।

    ूयो अध्ययनको बलियो पक्ष भनेको यसले अमेरिकी जनसङ्ख्याको जातीय विविधता र सामान्य अमेरिकीहरूले लिने आहारको प्रतिनिधित्व गरेको छ,ू लन्डनको किङ्ग्स कलेजका पोषण तथा खानपिनसम्बन्धी प्राध्यापक टम स्यान्डर्सले भने।
    'यसको सीमितता भनेको यो आहार लिने एउटै आकलन विधिमा मात्रै निर्भर छ।'

     

    कति खाने त अण्डा ?

    त्यसो भए हामीले कतिवटा अण्डा खानुपर्छ त ?

    अध्ययनकर्ता एलेन हप्तामा तीनवटा भन्दा बढी खान नहुने सुझाउँछिन्।

    उनी अण्डा खान मन पराउनेहरूलाई दिने सुझाव चाहिँ अण्डाको सेतो भाग मात्रै खानु भन्ने हो।

    प्रतिवर्ष प्रतिव्यक्ति ३२८ वटा अण्डा खाने जापानमा भने मृत्यु हुनेमध्ये ११ प्रतिशत मात्रै मुटुसम्बन्धी रोगका कारण मर्छन्।

    'मैले मानिसहरूलाई आफ्नो खानेकुराबाट अण्डालाई पूर्ण रूपमा हटाउन भनिरहेकी छैन,' उनले भनिन्।

    'म केवल मानिसहरूलाई ठिक्क मात्रामा खान भनिरहेको छु।'

    टम स्यान्डर्सले भने यो अध्ययन अमेरिकी नागरिकहरूमा मात्रै केन्द्रित भएको ठान्छन्।
    'औसतमा अमेरिकीहरूले दैनिक खाने कलेस्ट्रल झन्डै ६०० मिलिग्रामसम्म हुनसक्छ जुन ब्रिटेनले प्रतिदिन लिने २२५ मिलिग्रामभन्दा धेरै बढी हो,' स्यान्डर्स भन्छन्।

    अण्डासम्बन्धी अन्तर्राष्ट्रिय निकाय इन्टर्न्याश्नल एग कमिशनको सन् २०१५ को तथ्याङ्कले अमेरिकीहरू विश्वमा धेरै अण्डा खानेमा पाँचौ देशमा पर्छन्। अमेरिकामा प्रत्येक वर्ष प्रतिव्यक्ति २५२ वटा अण्डा उपभोग हुन्छ।

    तर त्यहाँ २० प्रतिशत मृत्युको कारण मुटुरोग हो।

    प्रतिवर्ष प्रतिव्यक्ति ३२८ वटा अण्डा खाने जापानमा भने मृत्यु हुनेमध्ये ११ प्रतिशत मात्रै मुटुसम्बन्धी रोगका कारण मर्छन्।

    'हप्तामा तीनदेखि चारवटा अण्डा खानु ठिकै हुन्छ' ब्रिटिश विज्ञले थपे।

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      अण्डा खानु ठिक कि बेठिक ? हप्तामा कति खाने ?
      च्याउ खाँदा स्मरणशक्ति र मस्तिष्क-क्षय जोखिम कम हुने
      स्थानीय खानाका परिकारले होटल व्यवसाय फस्टाउँदो
      अमेरिकामा 'फेमस' हुँदै नेपाली लप्सी, यस्ता परिकार निर्यात गरिँदै
      मिठो र स्वादिलो आलु चप यसरी बनाउनुहोस (भिडियोसहित)
      स्वादिलो च्याउको परिकार बनाउने तरिका !
      यसरी पकाउनुहोस खसीको मासुका परिकार ?
      आयको ५४ प्रतिशत रकम खाद्य पदार्थको जोहोमा खर्च
      मासको दाल स्वादिष्ट बनाउनको लागि हाल्नुहोस् यी कुराहरु :
      पर्यटकीय नगरी सौराहामा फुड फेष्टिवल शुरु
      औंला चाट्न बाध्य बनाउने नेवारी परिकारहरुप्रति आकर्षण बढ्दै ...
      अधिकांशको रोजाइमा च्याउका परिकार, स्वास्थ्यका लागि कति फाइदाजनक ?
      स्वाद र स्वास्थ्यलाई ध्यानमा राख्दै घरमै परौठा बनाउने सजिलो तरिका (विधि सहित)
      माघेसङ्क्रान्ति पर्वको चहलपहल बढ्दै, यसरी घरमै बनाउनुहोस् चाकु !
      चिया एक : स्वाद अनेक, इलाममा २५ प्रकारको प्रशोधन, मुल्य प्रतिकिलो ३५ हजारसम्म !!
      बुद्धजन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव हुँदै ...
      माछा परिकार : यसरी बनाउनुहोस् ‘फ्राइड फिस वीथ स्पीनाच’, खानै पर्ने ६ कारण
      धुलो धुवाँ बाट बच्न यसरी घरमै बनाउनुस् मुखै रसाउने पानीपुरी !
      ढोरपाटनमा विश्वका साहसिक सिकारीले गरे १० नाउर र ६ झारलको सिकार, १ करोड ८५ लाख राजश्व सङ्कलन
      स्वास्थ्यका लागि हानिकारक ठहर्याउँदै बागलुङ नगरपालिकामा पानीपुरी र चटपट निषेध
      च्याउको अचार मन पर्छ ? यसरी बनाउनुहोस् च्याउको स्वादिलो चट्नी (विधि सहित)
      साकिनी कुखुराका परिकार बिक्रीबाट थारु र बोटे समुदायको जीवनस्तरमा सुधार
      तिहार विशेष परिकार : घरमै सजिलैसंग अनारसा बनाउने तरिका
      ‘असला माछा’को स्वादका लागि परिचित मोदी खोलामा हराउंदै माछा, यस्तो छ कारण
      दरमखोलाको असला माछा विदेशमा कोशेली, स्वाद र बनावट दुवै कारणले उत्कृष्ट
      दशैं विशेष : घरैमा बनाउनुहोस् स्वस्थ र स्वादिलो मासुको यस्ता परिकार (विधिसहित)
      पर्यटक लोभ्याउन अर्गानिक खाना, स्वाद चाख्नकै लागि होमस्टेमा बस्नेको लहर
      रेष्टुरेन्टमा निकै प्रचलित गोलभेडा र पनिरको अचार घरमै यसरी बनाउनुहोस् ...
      हत्या, हिंसा निषेध गरिएको यस गाउँ जहाँको भान्सामा लसुन र प्याससमेत प्रयोग हुँदैन
      खानासम्बन्धी प्रदर्शनी आगामी असोज १३ देखि १५ गतेसम्म भृकुटीमण्डपमा हुँदै
      Weather Forecast