शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    गोरखाली सैनिकमाथि हुँदै आएको विभेदविरुद्ध लडिरहने चेतावनी !

    सोमबार, ११ चैत्र २०७५, आहाखबर

    काठमाडौँ, ११ चैत 

    गोरखा भूतपूर्व सैनिक सङ्घले बेलायती सेना र गोरखा भूपू सैनिकबीच हुँदै आएको विभेद अन्त्य नभएसम्म आफूहरुको सङ्घर्ष अन्त्य नहुने जनाएको छ । 

    सङ्घले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सन् १९९७ जुलाई १ अघि सेवा निवृत्त गोरखा भूतपूर्वसैनिकमाथिको तलब, निवृत्तिभरण र अन्य सुविधा बेलायती सैनिकलाई सरह बराबरी नदिएको गुनासो गरेको हो । 

    सङ्घका अध्यक्ष कृष्णकुमार राईले हालै बेलायती रक्षा राज्यमन्त्रीको नेपाल भ्रमणपछि गोरखा भूपूसैनिकका लागि गरेको प्याकेज घोषणाबाट आफूहरु सन्तुष्ट नभएको बताउँदै सबैखालका सेवासुविधा बेलायती सैनिकसरह उपलब्ध हुनुपर्ने माग गर्नुभयो । उहाँले गोरा सेना र गोरखा सैनिकबीच पेन्सनमा मात्रै २९५ प्रतिशत विभेद रहेको बताउँदै यसको समस्या समाधानका लागि नेपाल सरकार र बेलायत सरकारले पहल गर्नुपर्ने बताउनुभयो । 

    सङ्घका उपसभापति मणि किराँत वान्तवाले पेन्सनको माग मात्र पूरा गरे पनि आफूहरुको मागको ९५ प्रतिशत माग सम्बोधन भएको ठहरिने बताउँदै बेलायत सरकारले विभेद नहटाएसम्म आफूहरुको आन्दोलन स्थगित नहने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य राजेन्द्र राईले गोरखा भूतपूर्वसैनिकको समस्या समाधानका लागि सहयोग गर्न सांसदले आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेको बताउनुभयो । 

    अवकाश प्राप्त पूर्वगोरखा सैनिक डा चन्द्र लक्सवाले गोरखा सैनिकबीचको सेवासुविधामा विभेदविरुद्ध आफूहरुले लामो समयदेखि आन्दोलन गर्दै आएको बताउँदै यसलाई सम्बोधन भएन भने आफूहरुले थप आन्दोलन गर्ने बताउनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast