मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    विप्लवलाई फेरी अर्को झट्का : समातिए भेरी–कर्णालीका इन्चार्ज

    सोमबार, ११ चैत्र २०७५, आहाखबर

    काठमाडौं, ११ चैत

    नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा भेरी–कर्णाली बुद्विजीवी परिषद्का इन्चार्ज धनराज शाही पक्राउ परेका छन् । 

    विप्लव नेतृत्वका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ परेको १२ घण्टा नबित्दै शाहीलाई कालिकोटबाट प्रहरीले पक्राउ गरेको हो । 

    जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माका अनुसार विप्लव समूहका कालिकोटका जनसरकार प्रमुख समेत रहेका शाहीलाई मोल्पा भन्ने ठाउँबाट पक्राउ गरिएको हो । 

    पक्राउ परेका शाहीलाई जिप्रका लगिएको र अनुसन्धान भइरहेको डीएसपी शर्माले बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast